अन्ततः पुष्पाः २ ले तोडयो बाहुबलीः२ को रेकर्ड
मुम्बइ । अल्लु अर्जुनको फिल्म ‘पुष्पा २’ रिलिज भएको १४ दिन पुगेको छ र केही दिनमै फिल्मले भारतीय फिल्म उद्योगको बक्स अफिसका लगभग सबै रेकर्ड तोडेको छ ।
तमिल, तेलुगु, कन्नड, मलयालम र हिन्दीमा गत डिसेम्बर ५ मा रिलिज भएको पुष्पाः २ ले आफ्नो रिलिजको ११ औं दिनमा केजीएफः २ को ८५९.७ करोडलाई उछिनेर भारतको सबैभन्दा धेरै कमाउने फिल्महरूको सूचीमा दोस्रो स्थानमा पुगेको थियो ।
पुष्पाः २ ले रिलिजको एक दिन अघि अर्थात ४ डिसेम्बरमा १०.६५ करोड कमाएको थियो । पुष्पाः २ अहिले दोस्रो सातावाट अघि बढेको छ । जसका कारण चलचित्रको दैनिक कमाई घटेपनि चलचित्रले दैनिक २० करोडभन्दा बढी कमाई गरिरहेको छ । पुष्पा २ ले बक्स अफिसका सबै कीर्तिमान तोडेको भएपनि २०१७ मा एसएस राजामौलीको फिल्म बाहुबलीले बनाएको फिल्मको अगाडि पहाडजस्तै रेकर्ड भने कायम छ ।
सैकनिल्कको अनुसार प्रभासको फिल्म बाहुबलीः २ ले भारतमा १०३०.४२ करोडको लाइफटाइम कलेक्सन गरेको थियो। पुष्पाः २ बक्स अफिसमा जुन गतिमा चलिरहेको छ, त्यो हेर्दा यो कीर्तिमान पनि छिट्टै तोड्ने देखिन्छ ।
समग्र कमाईको मामिलामा पुष्पाः २ बाहुबली २ भन्दा पछाडि भएपनि फिल्मले हिन्दीमा कलेक्शनको हिसाबले प्रभासको फिल्मको कीर्तिमान तोडेको छ । बाहुबलीः २ ले हिन्दीमा ५१०.९९ करोड कमाएको थियो भने पुष्पा २ ले अहिलेसम्म हिन्दीमा ५९१.१ करोड कमाइसकेको छ ।
पुष्पाः २ ले शाहरुख खानको हिन्दीमा सबैभन्दा धेरै कमाउने फिल्म जवानको कीर्तिमान पनि तोडेको छ । जवानले ५८२.३१ करोड कमाएको थियो । जुन अहिले पुष्पाः २ भन्दा पछाडि छ ।
पुष्पा २ सन् २०२१ मा रिलिज हुने फिल्म पुष्पा द राइजको अर्को पार्ट हो। यी दुवै फिल्मलाई सुकुमार र अल्लु अर्जुनले निर्देशन गरेका हुन्, दुवै फिल्ममा रश्मिका मन्डन्ना र फहद फासिल महत्वपूर्ण भूमिकामा छन्। चलचित्रको कथा चन्दन तस्करी गर्ने र यस क्षेत्रको सबैभन्दा शक्तिशाली माफिया बन्ने पात्रको कथा हो ।
सम्बन्धित समाचार
‘तुना फुकेछ’ सार्वजनिक, ‘निःशब्द’ चलचित्रको गीतले दर्शकको ध्यान तान्दै
जुनु प्रसाईको ‘झगडा पर्यो पोइसित’ सार्वजनिक, प्रकाश सपुतसँगै देखिइन् भिडियोमा
एक लाखको फिल्मले पायो अप्रत्याशित सफलता,कमाइ २ अर्ब नजिक
रेखा थापाको ‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक, भदौ २६ मा प्रदर्शन
‘स्पाइडर म्यान’लाई पछि पार्दै तमिल चलचित्र तीन दिनमै मच्चायो तहल्का
महानायक राजेश हमाल बने प्रेसिडेन्ट, सुपर कमेडी लिगको औपचारिक घोषणा
ट्रेन्डिङ
२०८३ असोज ८ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु
एजेन्सी दर्तासम्बन्धी नियम व्यवसायमैत्री बनाउन नाइमाको आग्रह
२०८३ असोज ११ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

