‘क्यान्सर खोप’ अर्को बर्षवाट लगाइने, रूसले भन्यो, ‘शताब्दीकै सबैभन्दा ठुलो खोज’
मस्को । रूसले क्यान्सर बिरूद्दको खोप सन २०२५ मा संसारभर उपलब्ध गराउने भएको छ । रुसको स्वास्थ्य मन्त्रालयले मंगलबार मात्रै क्यान्सरको खोप बनाउन रूस सफल भएको औपचारिक घोषणा गरेको थियो । यो जानकारी रूसी स्वास्थ्य मन्त्रालयको रेडियोलोजी मेडिकल रिसर्च सेन्टरका निर्देशक आन्द्रेई काप्रिनले रेडियोमार्फत दिएका हुन्।
रुसी समाचार एजेन्सी टासका अनुसार यो खोप अर्को वर्षदेखि रुसी नागरिकलाई निः शुल्क दिइनेछ । निर्देशक आन्द्रेईले रुसले क्यान्सर विरुद्धको आफ्नै एमआरएन खोप विकास गरेको बताए । रुसको यो खोजलाई शताब्दीकै सबैभन्दा ठूलो खोज मानिएको छ । खोपको क्लिनिकल परीक्षणहरूले देखाएको छ कि यसले ट्युमरको वृद्धि रोक्न मद्दत गर्दछ।
यस वर्षको सुरुमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रुस क्यान्सरको भ्याक्सिन बनाउनको नजिक पुगेको बताएका थिए । एमआरएन वा मेसेन्जर आरएनए मानव आनुवंशिक कोडको सानो भाग हो, जसले हाम्रो कोशिकाहरूमा प्रोटिन बनाउँछ। यो पनि सरल भाषामा बुझ्न सकिन्छ कि जब कुनै भाइरस वा ब्याक्टेरियाले हाम्रो शरीरमा आक्रमण गर्छ, एमआरएनए प्रविधिले हाम्रो कोशिकाहरूलाई त्यो भाइरस वा ब्याक्टेरियासँग लड्न प्रोटिन बनाउन सन्देश पठाउँछ।
यसबाट हाम्रो प्रतिरक्षा प्रणालीलाई आवश्यक प्रोटिन प्राप्त हुन्छ र हाम्रो शरीरमा एन्टिबडीहरू बन्छन्। यसको सबैभन्दा ठूलो फाइदा यो हो कि यसले परम्परागत खोप भन्दा छिटो खोप बनाउन सक्छ।
यसका साथै शरीरको रोग प्रतिरोधात्मक क्षमता पनि मजबुत हुन्छ । एमआरएनए प्रविधिमा आधारित यो पहिलो क्यान्सर खोप हो।
सम्बन्धित समाचार
भारतले राख्याे नेपालका बाढी पीडितलाई उच्च प्राथमिकतामा, थप सहयोग पठाउने
नेपाललाई आपतकालीन सहयोग दिने चीनको निर्णय
सेतो चिनीले साँच्चै बढाउँछ त डाइबिटिज ? जान्नुहोस वास्तविकता
डिओमान्डे बने इतिहासकै सबैभन्दा महँगा अफ्रिकी फुटबल खेलाडी
विश्वकप फाइनलमा विवादमा परेका अजेन्टिनाका ३ खेलाडीलाई पिफाको कारबाही
नेपाल इको प्यानलद्धारा कर्मचारी तथा परिवारका सदस्यको वार्षिक स्वास्थ्य र आँखा परीक्षण
ट्रेन्डिङ
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १६ गते मंगलबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि

