Jankari Kendra
१० भाद्र २०८३, बुधबार
Worldlink

काठमाडौंका केही स्थानमा आज विद्युत् सेवा अवरुद्ध हुने

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८१, पुष, ५
काठमाडौंका केही स्थानमा आज विद्युत् सेवा अवरुद्ध हुने

काठमाडौं । काठमाडौंका विभिन्न स्थानमा आज बिहान केही समयका लागि विद्युत् कटौति हुने भएको छ। नेपाल विद्युत् प्राधिकरणका अनुसार काठमाडौंका विभिन्न स्थानमा आज बिहान साढे १० बजेदेखि दिउँसो १२ बजेसम्म बिजुली कटौती हुने भएको हो।

बलम्बु सबस्टेशनको  थानकोट फिडरअन्तर्गत पर्ने नैकाप, बलम्बु, चुनदेवी, खहरे, दहचोकलगायत क्षेत्रमा प्राविधिक जडान कार्यका लागि बिजुली कटौती हुने  प्राधिकरणले जनाएको छ।

काम निर्धारित समयअघि नै सकिएमा तोकिएको अवधिभन्दा पहिल्यै बिजुली आउने  प्राधिकरणले जारी गरेको सूचनामा उल्लेख छ।

Top Changing Nepal

युट्युब सट्स