बालकोट हत्या प्रकरण स : आत्मसमर्पण गरेका मिलनले स्वीकारे आफ्नो अपराध
काठमाडौँ । भक्तपुरको बालकोटमा सोमबार बिहान मृत भेटिएका खोटाङका कूलप्रसाद आचार्य र कान्छा छोरा प्रविण आचार्यको हत्या उनकै जेठा छोरा मिलन आचार्यले गरेको खुलेको छ ।
हत्या लगत्तै फरार रहेका मिलनले मंगलबार प्रहरीसमक्ष आत्मसमपर्ण गरेका छन् । उनले प्रहरी वृत्त महाराजगञ्ज पुगेर बाबु र भाइको हत्या गरेको स्वीकार गरेका छन् । मिलनले मंगलबार बिहान १० बजेतिर प्रहरी वृत्त महाराजगञ्ज पुगेर आत्मसमर्पण गरेका हुन्।
उनले डम्बेल र सिलौटोले हानेर बाबु र भाइको हत्या गरेको प्रहरीसामु स्वीकार गरेका हुन् । प्रेमिकासँगको तनावले मन अस्थिर हुँदा आवेशमा आएर घटना घटाएको उनले प्रहरीलाई बताएका छन् ।
उनीसँग थप सोधपुछ गर्ने काम भइरहेको प्रहरीले जनाएको छ । मिलन सम्पर्कमा आएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सोधपुछ गरिरहेको छ ।
खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका वडा नम्बर १ स्थायी घर भएका उनीहरू बालकोटस्थित फिकाधारा डेरामा बस्दै आएका थिए ।
मिलन र उनका भाइ प्रवीण डेरामा बस्ने भए पनि हालै उनका बाबु कुलप्रसाद आचार्य पनि सोही डेरामा आएका थिए । कुलप्रसाद जिल्ला हुलाक कार्यालय खोटाङ दिक्तेलका निमित्त प्रमुखसमेत थिए । उनी काम र छोराहरू भेट्न भक्तपुर आएका थिए ।
शनिबार खाना खाएर सुतेका उनीहरूको कोठा आइतबार बिहानै बाहिरबाट ताला लागेको थियो । कोठामा बाहिर ताला लागेकाले उक्त फ्ल्याटमा बस्ने अन्य व्यक्तिहरूले कतै गए होला भन्ने आशंका गरेका थिए । तर आइतबार दिनभर, राति र सोमबार बिहानसम्म पनि केही चालचुल नभएपछि उनीहरूले प्रहरीलाई खबर गरेका थिए ।
त्यसपछि प्रहरी घटनास्थल पुगेर ढोकाको ताला फोडेर हेर्दा बाबुछोरा छुट्टाछुट्टै कोठामा मृत अवस्थामा भेटिएका थिए ।
मिलन फरार भएपछि प्रहरीले उनको खोजी सुरु गरेको थियो । सो क्रममा आइतबार राति ३ बजेतिर मिलन उक्त कोठाबाट बाहिरिएको देखिएको थियो । उनी स्कुटर लिएर कोठाबाट बाहिरिएका थिए । सीसीटीभी फुटेजमा उक्त स्कुटर सातदोबाटोसम्म पुगेको प्रहरीले पहिचान गरेको थियो ।
त्यसपछि स्कुटर कता गयो भन्ने प्रहरीले पत्ता लगाउन सकेको थिएन । मोबाइल समेत अफ गरेर उनी सम्पर्कविहीन भएका थिए । मंगलबार भने महाराजगञ्जमा उनी भेटिएको प्रहरीले जनाएको छ । पक्राउ परेका मिलनलाई जिल्ला प्रहरी परिसर भक्तपुर पठाइने एसएसपी भट्टराईले बताए ।
सम्बन्धित समाचार
ला लिगामा भएको आइतबारको खेलमा बार्सिलोनाविरुद्ध रियल म्याड्रिड २–१ ले विजयी
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
दसैँमा यात्रुलाई सहज बनाउन काठमाडौं उपत्यकामा प्रहरीको निःशुल्क बस सेवा
