मुस्लिम देशमा जन्मिएका थिए इसाई धर्मका सान्टा क्लज, रोचक कुरा जानौं
काठमाडौं । विश्वभर २५ डिसेम्बर अर्थात क्रिसमस पर्व हर्षोल्लासका साथ मनाइने गरिन्छ । यस पर्वमा क्रिस्चियन धर्मावलम्बी मात्र नभएर विश्वका अन्य धर्मका मानिस पनि सहभागी हुने गर्दछन् । विद्यालयमा विशेष कार्यक्रमको आयोजना गरी बालबालिकालाई पनि विशेष गरी यो पर्वमा बिदा दिइन्छ । सार्वजनिक र निजी प्रतिष्ठानहरूमा पनि बिदा दिइने गरिएको छ ।
क्रिसमसको दिन सान्ता क्लज आएर मानिसको मनोकामना पूरा गर्ने जनविश्वास छ । तर के तपाईलाई थाहा छ सान्ता क्लज को थिए र उनको मृत्यु पछि उनको शवलाई कहाँ गाडियो र अहिले उनको चिहान कहाँ छ ? सान्ताको चिहान आयरल्यान्डमा रहेको विश्वास गरिन्छ तर यसमा कति सत्यता छ, आउनुहोस् जानौँ ।
संसारभर सान्ता क्लज भनेर चिनिने व्यक्तिको वास्तविक नाम सेन्ट निकोलस थियो। उनी आधुनिक टर्कीको दक्षिण– पश्चिममा अवस्थित पुरातन लिसियाको सहर माइरामा जन्मिएका थिए । हाल यो टर्कीको अन्टाल्या प्रान्तको हिस्साको रुपमा रहेको छ ।
उनी तुर्कमेनिस्तान (आधुनिक टर्की) को मायरा सहरमा २८० ईस्वीमा जन्मेका थिए । सेन्ट निकोलसको जन्म प्रभु येशूको मृत्युपछि भएको मानिन्छ। उनको मृत्यु ६ डिसेम्बर ३४३ मा माइरा शहरमा भयो। तर, अझै पनि यो धार्मिक विश्वास छ कि सान्ता क्लॉज जीवित छने। सन्तालाई मान्नेहरुको मनमा उनी सदैव जीवित छन । यद्यपि, यो माइराका सेन्ट निकोलस थिए जो सान्ता क्लॉजको ऐतिहासिक चरित्रको लागि प्रेरणा बने।
यो विश्वास गरिन्छ कि सान्ता क्लज, क्रिस क्रिंगल, फादर क्रिसमस र सेन्ट निक जस्ता नामहरू एउटै व्यक्तिबाट आएको हो, जसले उपहार दिन्थ्यो। यो पनि भनिन्छ कि सेन्ट निकोलस र फादर क्रिसमस फरक थिए र समय सँगै दुबैको क्यारेक्टर मिल्यो र सेन्ट निकोलसलाई आधुनिक सान्ता क्लज भनेर चिनिन थालियो ।
जहाँसम्म सेन्ट निकोलसको चिहानको सम्बन्ध छ, विद्वानहरूले यो कहाँ छ भन्ने रहस्य सुल्झाउन दावी गर्न सकेका छैनन्। सान्ता क्लजको चिहानबारे विभिन्न विज्ञहरूको फरक फरक धारणा छ। यो अक्सर भनिन्छ कि उनको चिहान आयरल्याण्डमा छ। कतिपयले उनको चिहान टर्कीको एन्टाल्यास्थित सेन्ट निकोलस चर्च भित्र रहेको बताएका छन् । कतिपयले उनको शव चोरेर पछि इटालीमा गाडिएको दाबी गर्छन्।
ओुकोनेल जोरपोइन्ट पार्क १२ औं शताब्दीको मध्ययुगीन शहर किल्केनी, आयरल्याण्डको २० किलोमिटर दक्षिणमा अवस्थित छ। यहाँ सेन्ट निकोलस चर्चको टावरको भग्नावशेषहरू १२० एकडमा फैलिएको छ । माइभ र जो कोनेल परिवारको घरमा उनको कब्रस्तान रहेको दाबी गरिएको छ। १३ औं शताब्दीको यो भग्नावशेषमा एउटा चिहान पनि रहेको बीबीसीको रिपोर्टमा उल्लेख छ । स्थानीयवासीका अनुसार माइराका सेन्ट निकोलसलाई पनि यही चिहानमा गाडिएको छ । सेन्ट निकोलसको शव इटालीको बासिलिका डि सान निकोला चर्चको तहखानेमा गाडिएको आयरिश इतिहासकारहरूले बताएका छन्।
सम्बन्धित समाचार
जुम्ल्याहा दिदीबहिनीसँग जुम्ल्याहा दाजुभाइको विवाह, विवाह गराउने पादरी पनि जुम्ल्याहा नै
खेर जाने दालबाट सजिलै तरिकाले बनाउनुहाेस् घरमा मिठाे पराठा
कति छ बलिउड अभिनेता धर्मेन्द्रको सम्पत्ति, सुनेर छक्कै पर्नुहुनेछ
विश्वको सबैभन्दा महंगो कफी, जुन बन्छ हात्तिको गोबरमार्फत
संसारको यस्तो गाउँ, जहाँ भाइबहिनी हुन्छ बिबाह तर देखियाे समस्या
पुटिनका १० बर्षीय छोराका पहिलो पटक तस्विर सार्बजनिक, जान्नुहोस् पुटिन परिवारका बारेमा
ट्रेन्डिङ
सुनको मूल्यमा सामान्य गिरावट, चाँदी भने बढ्यो
स्पेनले मोरोक्को फर्कायो झन्डै ७० हजार आप्रवासी, ८३ जनाको मृत्यु
दक्षिण कोरियामा शताब्दीको सबैभन्दा बढी तापक्रम रेकर्ड, पुग्यो ४२.५ डिग्रि सेल्सियस
नेप्से परिसूचकमा सामान्य अंकको गिरावट, ४ अर्ब ५४ करोडभन्दा बढीको कारोबार
मिड-भ्यालीको ‘बिल्ड नेपाल ह्याकाथन २०२६’मा बाँदर आतंकको समाधान खोज्ने ‘इनोभिजन समूह’ विजेता

