चीनले बनाउँदैछ विश्वको सबैभन्दा ठुलो बाँध, थ्रि गर्जेज भन्दा तीन गुणा ठुलो
बेइजिङ । उत्तरी छिमेकी चीनले विश्वको सबैभन्दा ठूलो जलविद्युत बाँध निर्माण गर्न स्वीकृत गरेको छ ।
चीनले तिब्बती पठारको पूर्वी भागमा आफ्नो महत्वाकांक्षी परियोजना सुरु गर्न लागेको हो।
पावर कन्स्ट्रक्सन कर्पोरेशन अफ चाइनाले दिएको जानकारी अनुसार यार्लुङ जाङ्बो नदीको तल्लो तहमा निर्माण भइरहेको यो बाँधले वार्षिक ३०० अर्ब केडब्ल्यूएच बिजुली उत्पादन गर्ने क्षमताको हुनेछ । हाल मध्य चीनमा बनेको विश्वको सबैभन्दा ठूलो थ्री गर्जेस बाँधको क्षमता ८८.२ बिलियन केडब्ल्यूएच छ, अर्थात् चीनको नयाँ बाँधको क्षमता यो भन्दा ३ गुणा बढी हुनेछ।
सिन्ह्वा समाचार एजेन्सीका अनुसार यो परियोजनाले चीनको प्रमुख उद्देश्यहरू हासिल गर्न महत्त्वपूर्ण भूमिका खेल्नेछ। चीनको कार्बन पिकिङ र कार्बन तटस्थता लक्ष्यहरू पूरा गर्न साथै इन्जिनियरिङ जस्ता उद्योगहरूलाई प्रोत्साहन गर्न र र यो परियोजनाले तिब्बतमा रोजगारीका अवसरहरू सिर्जना गर्न मद्दत गर्नेछ।
यार्लुङ जाङ्बोको एउटा खण्ड ५० किलोमिटर (३१ माइल) को छोटो दुरीमा २,००० मिटर (६,५६१ फीट) को उचाइमा अवस्थित छ, जसले ठूलो जलविद्युत क्षमताका साथै कठिन इन्जिनियरिङ चुनौतीहरू प्रदान गरिरहेको छ ।
यो बाँध निर्माण गर्न ३४ अर्ब ८३ करोड डलर लाग्ने अनुमान गरिएको छ, जसमा बाँधका कारण विस्थापित भएका १४ लाख जनताको पुनर्स्थापना पनि समावेश छ । तर, तिब्बतमा यो परियोजनाबाट कति मानिस विस्थापित हुनेछन्, अधिकारीहरूले भने अझै खुलाएका छैनन् ।
सम्बन्धित समाचार
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
दसैँमा यात्रुलाई सहज बनाउन काठमाडौं उपत्यकामा प्रहरीको निःशुल्क बस सेवा
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
वीरगंजमा नयाँ शोरूम संचालनमा ल्याउँदै कजारिया रमेश टायल्सको बजार विस्तार
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
टिकटकको एआई कन्टेन्टमा कडाइ: ८ करोड ६० लाख नक्कली अकाउन्ट हटाइयो, ३ अर्ब भिडियोमा एआई लेबल
कोका–कोलाको ‘भरौँ खुसी’ अभियान, हवाई र बस टिकट जित्ने मौका
