सलमान खान भए ५९ बर्षका, भाञ्जीको पनि जन्मदिन, प्लेनमा मनाए सँगैसँगै
मुम्बइ । बलिउड सुपरस्टार सलमान खान ५९ औं जन्मदिन मनाएका छन । सो अवसरमा सलमान खानका भाइ तथा निर्माता–अभिनेता सोहेल खानले सोसल मिडियामा उनको पूरा परिवारसँगै रहेको देखाएका छन । जसमा विशेष युलिया वन्तुर पनि खान परिवारसँग विमानभित्र देखिएकी थिइन् ।
सोहेल खानले इन्स्टाग्राममा एक भिडियो पोस्ट गर्दै फ्यानहरूलाई जामनगरमा आफ्नो परिवार र साथीहरूको उडानको झलक देखाएका छन । सेयर गरिएको भिडियोसँगै सोहेलले क्याप्सनमा लेखेका छन्, ‘ह्याप्पी बर्थडे ब्रदर एण्ड आयत।’
आयत सलमान खानकी भान्जी र अर्पिता शर्मा–आयुष शर्माकी छोरीको नाम हो। सलमान खान र आयतको जन्मदिन एकैदिन हो । विमानभित्र परिवार र साथीभाइहरु च्याट गरिरहेको र बच्चाहरु गेम खेल्न व्यस्त देखिएका थिए ।
भिडियोमा घरका सबै मानिससँगै नजिकका साथीहरु पनि देखिएका छन् । जसमा रितेश देशमुख, जेनेलिया डिसुजा र युलिया वन्तुर थिए। भिडियोमा सलमानकी आमा सलमा खान र हेलेन अर्को छेउमा बसेको देखिन्छ । दिदीबहिनी अर्पिता शर्मा र अलविरा अग्निहोत्री पनि आफ्नो सम्पूर्ण परिवारसँग देखिएका थिए। यसका अलावा सोहेल खानका छोरा निर्वाण खान, अरबाज खानका छोरा अरहान खान पनि देखिएका थिए ।
खान परिवारले पनि २७ डिसेम्बरमा सलमानको ५९ औं जन्मदिन ठूलो धूमधामका साथ मनाइदिएका हुन । यसको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो, जसमा अभिनेता आफ्नी भान्जीसँग केक काटिरहेको देखिएका थिए ।
सलमान खानको आगामी फिल्म ‘सिकन्दर’ को टिजर २९ डिसेम्बरमा रिलिज हुँदैछ । फिल्म निर्माताहरूले भर्खरै फ्यानहरूसँग फिल्मको सलमान खानको फर्स्ट लुक पोस्टर साझा गरेका थिए । ‘सिकन्दर’ सन् २०२५ को इदमा रिलिज हुनेछ । फिल्ममा सलमान खानसँग अभिनेत्री रश्मिका मन्डन्ना मुख्य भूमिकामा छिन् । यसअघि यो टिजर भाइजानको जन्मदिनमा रिलिज हुने भनिएको थियो तर पूर्व प्रधानमन्त्री डा. मनमोहन सिंहको निधनका कारण दुई दिनका लागि स्थगित गरिएको थियो ।
सम्बन्धित समाचार
‘तुना फुकेछ’ सार्वजनिक, ‘निःशब्द’ चलचित्रको गीतले दर्शकको ध्यान तान्दै
जुनु प्रसाईको ‘झगडा पर्यो पोइसित’ सार्वजनिक, प्रकाश सपुतसँगै देखिइन् भिडियोमा
एक लाखको फिल्मले पायो अप्रत्याशित सफलता,कमाइ २ अर्ब नजिक
रेखा थापाको ‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक, भदौ २६ मा प्रदर्शन
‘स्पाइडर म्यान’लाई पछि पार्दै तमिल चलचित्र तीन दिनमै मच्चायो तहल्का
महानायक राजेश हमाल बने प्रेसिडेन्ट, सुपर कमेडी लिगको औपचारिक घोषणा
ट्रेन्डिङ
२०८३ असोज ८ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु
एजेन्सी दर्तासम्बन्धी नियम व्यवसायमैत्री बनाउन नाइमाको आग्रह
२०८३ असोज ११ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

