०७ फागुन २०८२, बिहीबार
  • समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य

रामचरणको फिल्मको एउटा गीतको सुटिङमा ७५ करोड खर्च

मुम्बई । पछिल्लो समय मेगा बजेट फिल्मको चलन बढेको छ । दृश्य, भिजुअल, गीत र एक्शनलाई प्रभावकारी बनाउन निर्माताहरूले बढी पैसा खर्च गरिरहेका छन् । तर धेरै पटक यो निर्माताका लागि सो लगानी सही साबित हुन सकेका छैनन र फिल्म नराम्रोसँग फ्लप भएका छन् ।

त्यस्ता फिल्म फ्लप हुँदा समीक्षक र विश्लेषकहरूले निर्मातालाई कथामा ध्यान दिन सुझाव दिएका छन् । त्यस्तै मेगा बजेटको एउटा फिल्म अर्को महिना रिलिज हुँदैछ । यो फिल्मका गीतमा मात्रै निर्माताले ७५ करोड रुपैयाँ खर्च गरेका छन् । हो, हामी साउथ मुभीका अभिनेता रामचरणको आगामी फिल्म ‘गेम चेन्जर’ को बारेमा कुरा गर्दैछौं।

यो फिल्मको कुल बजेट करिब २५० करोड भारु रहेको जनाइएको छ । फिल्ममा रामचरणको अपोजिटमा कियारा आडवाणी छिन् । डेक्कन क्रोनिकलको रिपोर्ट अनुसार हालै फिल्मको प्रि रिलिज कार्यक्रम अमेरिकाको डलासमा आयोजना गरिएको थियो । यसको गीतमा निर्माताले ७५ करोड रुपैयाँ खर्च गरेका त्यहीवाट खुलेकाे हाे ।

‘गेम चेन्जर’का यी गीतका लागि विलासी र ठूला सेट जडान गरिएको थियो । फिल्म रिलिज हुन १२ दिन बाँकी छ, यो जनवरी १०, २०२५ मा मकर संक्रान्तिको अवसरमा विश्वभरका धेरै भाषाहरूमा रिलिज हुनेछ। फिल्मका हालसम्म ४ वटा गीत रिलिज भइसकेका छन् । यद्यपि ट्रेलर र पाँचौं गीत आउन बाँकी छ । पाँचौं गीतलाई दर्शकले सिनेमाघरमा मात्रै हेरोस् भन्ने निर्माताको चाहना रहेको जनाइएको छ ।

‘गेम चेन्जर’ को ‘जरगण्डी’ गीत ७० फिट अग्लो पहाडी गाउँको सेटमा खिचिएको हो । यसको सुटिङ गर्न १३ दिनभन्दा बढी समय लागेको थियो । यसमा ६ सय नर्तक छन्, जसले ८ दिनमा सुटिङ पुरा गरेका थिए । जसको कोरियोग्राफी प्रभु देवाले गरेका हुन् । जम्पनरा जुटबाट बनेको यस गीतमा इकोफ्रेण्डली लुगा प्रयोग गरिएको थियो ।

उता,  ‘रा माचा माचा’  गीतमा १ हजारभन्दा बढी नर्तक राखिएको छ । ‘रा माचा माचा’  गीतको छायांकन देशका विभिन्न स्थानमा गरिएको छ । यसले भारतीय लोक नृत्य र लोक कलाको झलक देखाउँछ। जसमा रामचरणसँग १ हजारभन्दा बढी नर्तकले प्रस्तुति दिएका छन् । योसँगै ‘नाना हयाना’ पहिलो भारतीय फिल्म गीत बनेको छ, जसलाई ‘इन्फ्रारेड क्यामेरा’बाट खिचिएको छ । यो गीतलाई रामचरण र कियारा आडवाणीले न्युजिल्यान्डको सुन्दर लोकेशनमा खिचेका हुन् । यो गीत छायांकन गर्न ६ दिन लागेको थियो ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
सन्तोष खत्री र निशा के.सी. को आवाजमा ‘ शिव भन्दा भन्दै’ सार्वजनिक
भ्यालेन्टाइन सप्ताह सुरु, आज ‘रोज डे’
इसेवाको ब्रान्ड गीत “सबै, सधैं, सँगै” सार्वजनिक

लोकप्रिय

कक्षा १२ को परीक्षा तालिका सार्वजनिक, परीक्षा वैशाख १४ गतेबाट २७ सम्म हुने

२०८२ फागुन ०३ गते आईतबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

२०८२ फागुन ०२ गते शनिबार, यस्तो छ तपाईको आजको राशिफल

२०८२ फागुन ०६ गते बुधबार, यस्तो छ तपाईको आजको राशिफल

२०८२ फागुन ०४ गते सोमबार, यस्तो छ तपाईको आजको राशिफल

ताजा

२०८२ फागुन ०८ गते शुक्रबार, यस्तो छ तपाईको आजको राशिफल

निर्वाचन सुरक्षामा कडाइ : सशस्त्रका १६ सय सुरक्षाकर्मी जिल्ला परिचालन

भरतपुर विमानस्थलमा इन्धन ‘रिफिलिङ’ सेवा सुरु

रास्वपाले गर्यो चुनावी वाचापत्र सार्वजनिक

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

Follow Us

Follow us on Facebook Subscribe us on Youtube Follow us on Instagram

Recent Posts

  • २०८२ फागुन ०८ गते शुक्रबार, यस्तो छ तपाईको आजको राशिफल
  • निर्वाचन सुरक्षामा कडाइ : सशस्त्रका १६ सय सुरक्षाकर्मी जिल्ला परिचालन
  • भरतपुर विमानस्थलमा इन्धन ‘रिफिलिङ’ सेवा सुरु
  • रास्वपाले गर्यो चुनावी वाचापत्र सार्वजनिक
  • मनांग, ढोरपाटन र तीनजुरेमा स्कोडा कायलाकको सफल परीक्षण

हाम्रो टिम

भिडियो सम्पादक : सुमन तिवारी
संवाददाता : माधव  प्रसाद भट्टराई
संवाददाता : शिवु धिताल

क्यामरा : सुनिल सिहं
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.