०७ फागुन २०८२, बिहीबार
  • समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य

डिएसपीका मावलीमा कुखुरा खोर बनाउँदै प्रहरी-अाजको पत्रिका बाट

सशस्त्र प्रहरी बलको काम के हो ? सीमा सुरक्षा गर्ने, दंगा नियन्त्रण गर्ने र तस्करी रोक्ने । तर, इलाममा सशस्त्र प्रहरीको जिम्मेवारी फरक छ । त्यहा हाकिमका मावलीको घरमा कुखुराको खोर बनाउने जिम्मा पनि सशस्त्र प्रहरीलाई छ ।
उनीहरू इलामको श्रीअन्तु गुल्मका गुल्मपति डिएसपी लकेश तुम्बाहाम्फेका मामाको घरमा कुखुराको खोर बनाउँदै छन् । स्थानीय दीपराज आङदेम्बेलाई कुखुरा पाल्न मन लाग्यो ।

तर, खोर बनाउने कसले ? समस्याको समाधान सशस्त्र प्रहरीका हाकिमले गरिदिए । उनका भान्जाभाइ तुम्बाहाम्फे प्रहरीका डिएसपी भएकाले जवानहरू खोर बनाउन खटिए ।

आइतबार दिनभरि श्रीअन्तु गुल्मका वरिष्ठ प्रहरी हवल्दार दुर्गासिंह नेम्वाङ, वरिष्ठ प्रहरी हवल्दार दानबहादुर राई र सहायक हवल्दार गंगा खवास कुखुराको खोर बनाउन खटिएका थिए । सुरुमा उनीहरूले अरूको काम गर्न जान अस्वीकार गरेपछि डिएसपी तुम्बाहाम्फेले थर्काएर पठाएको गुल्म स्रोत बताउँछ ।

सहयोग गर्न प्रहरी गएका हुन् डिएसपी तुम्बाहाम्फेले सशस्त्र प्रहरीका जुनियर अधिकारीहरू मामाको घरमा गएको स्विकार्दै उनीहरूले सामान्य सहयोग गरेको बताए । ‘म मावलीमा गएको हो, म जाँदा खोर बनाउने काम भइरहेको रहेछ, मौका परेकाले

स्रोतका अनुसार दुई दिनदेखि डिएसपी तुम्बाहाम्फेले प्रहरीका जुनियर अधिकारीलाई आफ्ना मामाको घरमा काममै खटाएका थिए । तीनजना प्रहरी बिहानदेखि बेलुकासम्म टहरो बनाउन खटिएका छन् ।

सशस्त्र प्रहरीका प्रवक्ता डिआइजी शैलेन्द्र खनालले घटनाबारे छानबिन हुने बताए । ‘व्यक्तिगत काममा त्यसरी सुरक्षाकर्मी खटाउन पाइन्न, खटाइएको रहेछ भने कारबाही हुन्छ,’ खनालले भने ।
नयाँपत्रिकाबाट

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
देशभर पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव : वर्षा र हिमपातको सम्भावना
भरतपुर विमानस्थलमा इन्धन ‘रिफिलिङ’ सेवा सुरु
आउटस्ट्यान्डिङ क्याम्ब्रिज लर्नर अवार्डमा ४७ नेपाली विद्यार्थीको उत्कृष्ट नतिजा

लोकप्रिय

२०८२ फागुन ०८ गते शुक्रबार, यस्तो छ तपाईको आजको राशिफल

यसकारण कम्तिमा ८ घन्टा सुत्न जरूरी छ, नत्र देखिने छन् यस्ता रोगहरू

कक्षा १२ को परीक्षा तालिका सार्वजनिक, परीक्षा वैशाख १४ गतेबाट २७ सम्म हुने

२०८२ फागुन ०३ गते आईतबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

२०८२ फागुन ०६ गते बुधबार, यस्तो छ तपाईको आजको राशिफल

ताजा

एमालेको झण्डा जलाउनेलाई कारबाही नभए रास्वपा विरुद्ध प्रतिवादमा उत्रिने नेसनल भोलिन्टियर फोर्सको चेतावनी

अस्वस्थताका कारण बालेन काठमाडौँ फिर्ता,दाङको कार्यक्रम स्थगीत

यसकारण कम्तिमा ८ घन्टा सुत्न जरूरी छ, नत्र देखिने छन् यस्ता रोगहरू

कति छन् यसपटकको निर्वाचनमा देशभर मतदानस्थल ?

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

Follow Us

Follow us on Facebook Subscribe us on Youtube Follow us on Instagram

Recent Posts

  • एमालेको झण्डा जलाउनेलाई कारबाही नभए रास्वपा विरुद्ध प्रतिवादमा उत्रिने नेसनल भोलिन्टियर फोर्सको चेतावनी
  • अस्वस्थताका कारण बालेन काठमाडौँ फिर्ता,दाङको कार्यक्रम स्थगीत
  • यसकारण कम्तिमा ८ घन्टा सुत्न जरूरी छ, नत्र देखिने छन् यस्ता रोगहरू
  • कति छन् यसपटकको निर्वाचनमा देशभर मतदानस्थल ?
  • नेपाली कांग्रेसको प्रतिज्ञापत्र सार्वजनिक,यस्ता छन् १० भिजन

हाम्रो टिम

भिडियो सम्पादक : सुमन तिवारी
संवाददाता : माधव  प्रसाद भट्टराई
संवाददाता : शिवु धिताल

क्यामरा : सुनिल सिहं
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.