Jankari Kendra
२५ भाद्र २०८३, बिहीबार
Worldlink

वैदेशिक रोजगारीबाट फर्किएर उद्यम गर्दै आएकालाई पुरस्कृत गरिने

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८१, पुष, १६
वैदेशिक रोजगारीबाट फर्किएर उद्यम गर्दै आएकालाई पुरस्कृत गरिने

काठमाडौँ । सरकारले वैदेशिक रोजगारीबाट फर्किएर स्वदेशमा उद्यम गर्दै आएका उद्यमीलाई राष्ट्रिय सम्मान तथा पुरस्कृत गर्न आवेदन मागेको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले उनीहरुको योगदानको कदर र प्रोत्साहनका लागि सम्मानित गर्न आवेदन आह्वान गरेको हो । उनीहरूको योगदानको कदर र प्रोत्साहनका लागि ‘विदेशमा काम गरी फर्केका उद्यमी राष्ट्रिय सम्मान तथा पुरस्कार कार्यविधि, २०७६’ अनुसार पुरस्कृत गर्न लागिएकाले २१ दिनभित्र आवेदन दिन मन्त्रालयले प्रकाशित गरेको सूचनामा उल्लेख छ ।

कार्यभिसामा विदेश गई कम्तीमा एक वर्ष काम गरी फर्किएका, वैदेशिक रोजगारीबाट नेपाल फर्की व्यवसाय गरेको एक वर्ष पूरा भएको र पाँच वर्षभित्र यस प्रकारको पुरस्कार प्राप्त नगरेका पुरस्कारका लागि योग्य हुनेछन् ।

तर, विगत वर्षमा यस प्रकारको पुरस्कारका लागि आवेदन पेस गरेको तर पुरस्कारका लागि छनोटमा नपरेका उद्यमीले आवेदन दिन सक्नेछन् ।

Top Changing Nepal

युट्युब सट्स