Jankari Kendra
९ श्रावण २०८३, शनिबार

हेटौंडा ह्वील्स र हुन्डाईको ह्यापी मुभको सहकार्यमा ‘सीएसआर’ कार्यक्रम सम्पन्न

जानकारी केन्द्र Logo
जानकारी केन्द्र
२०८१, पुष, १९
हेटौंडा ह्वील्स र हुन्डाईको ह्यापी मुभको सहकार्यमा ‘सीएसआर’ कार्यक्रम सम्पन्न

काठमाडौं। हेटौंडा ह्विल्सको सहकार्यमा हुन्डाईको ह्याप्पी मुभको साथ, सहयोग गर्न कर्पोरेट सामाजिक उत्तरदायित्व सिएसआर पहल सुरु गरेको बताइएको छ।

हेटौंडाको सिर्जना पथमा रहेको धन्य बाल गृहमा बालबालिकाको शिक्षा, नयाँ बच्चाहरूको सिकाइ प्रक्रियालाई सहयोग गर्न डेस्कटप कम्प्युटर प्रदान गरिएको जनाइएको छ ।

बालबालिकालाई राम्रो शैक्षिक स्रोत र प्रविधिको पहुँच उपलब्ध गराई उनीहरुको डिजिटल साक्षरता बढाउन र आधुनिक विश्वसँग जोडिन मद्दत पुर्‍याउने लक्ष्य राखेको हुन्डाई नेपालले बताएको छ ।

स्थानीय समुदायलाई सहयोग गर्ने र सामाजिक विकासमा योगदान दिने हेटौंडा ह्विल्सको प्रतिबद्धताको यो एक अंश भएको हेटौंडा ह्विल्सले जनाएको छ ।

शिक्षा भविष्यलाई आकार दिनको लागि एक शक्तिशाली आधार भएकोले  प्रत्येक बच्चाको दृढ विश्वासको साथ उनीहरूलाई सफल हुन मद्दत गर्ने  विश्वास रहेको बताइएको छ ।

युट्युब सट्स