०७ फागुन २०८२, बिहीबार
  • समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य

सलमानको ‘सिकिन्दर’ भन्दा रामचरणको ‘गेमचेन्जर’मा तीन गुणा दर्शक

मुम्बइ । दक्षिण भारतमा फिल्म रिलिज होस् वा बलिउड सबैको नजर थिएटरमा फिल्मको कमाइमा केन्द्रित हुन्छ। लामो समयदेखि बलिउडमा सुपरस्टार सलमान खानको फिल्म ‘सिकन्दर’ को हल्ला चलिरहेको थियो, योसँगै रामचरणको गेम चेन्जरलाई लिएर दक्षिण भारतमा निकै उत्साह देखिएको छ ।

यो फरक कुरा हो कि गेम चेन्जर जनवरी १० मा रिलिज हुँदैछ र सलमानको ‘सिकन्दर’ रिलिज हुन अझै केही समय बाँकी रहेको छ । हालै ‘सिकन्दर’ को टिजर रिलिज भएको छ, जसले २४ घण्टामा करोडौं भ्युज प्राप्त गरी कैयौं ठूला बलिउड फिल्मको रेकर्ड तोडेको थियो ।

तर, उनको रेकर्ड भने केही समय पनि टिकेन किन भने  रामचरणको गेम चेन्जरको ट्रेलरले ‘सिकन्दर’को रेकर्डलाई धेरै पछाडि छाडिदिएको छ। सलमान खानको फिल्म ‘सिकन्दर’ को लागि उत्सुकतापूर्वक प्रतिक्षा गरिएको थियो । फिल्मको ट्रेलर आउन अझै समय बाँकी छ तर निर्माताले सलमानको जन्मदिनको अवसर पारेर ‘सिकन्दर’ को टिजर सार्वजनिक गरेका थिए । १ मिनेट ४२ सेकेन्डको टिजरलाई दर्शकले यति रुचाएका थिए कि २४ घण्टामै ५ करोड मानिसले हेरेर नयाँ रेकर्ड कायम मात्रै भएन, पहिलो दिनमा नै  ‘सिकन्दर’ को टिजर युट्युबमा ट्रेन्डिङ नम्बर १ मा सुरु भयो ।

तर, यसैबिच रामचरणको फिल्म ‘गेम चेन्जर’ को ट्रेलर रिलिज भयो र २४ घण्टामै यसले ‘सिकन्दर’को भ्युजलाइ २४ घन्टाको बिचमा नै रेकर्ड तोडिदिएको छ ।
साउथ फिल्म ‘गेम चेन्जर’ लामो समयदेखि चर्चामा छ । यस्तो अवस्थामा फिल्मको ट्रेलर रिलिज भएपछि दर्शकको भीड लागेको थियो ।

गेम चेन्जरको ट्रेलरले इतिहास रच्यो र २४ घण्टाभित्र १८ करोड भ्युज अर्थात १८ करोड दर्शकले हेरेका छन । चलचित्रको ट्रेलरले दर्शकको अत्याधिक माया पाइरहेको छ । सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले रामचरणको फिल्मलाई लिएर लगातार कमेन्ट र उत्साह व्यक्त गरिरहेका छन्। एक प्रयोगकर्ताले लेखेका पनि छन कि, ‘गेम चेन्जर’ भनेको आगो हो ।’

भारतीय इतिहासमा यति छाेटाे समयमा यति धेरै पटक ट्रेलर हेरिएकाे याे पहिलाे पटक हाे ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
सन्तोष खत्री र निशा के.सी. को आवाजमा ‘ शिव भन्दा भन्दै’ सार्वजनिक
भ्यालेन्टाइन सप्ताह सुरु, आज ‘रोज डे’
इसेवाको ब्रान्ड गीत “सबै, सधैं, सँगै” सार्वजनिक

लोकप्रिय

कक्षा १२ को परीक्षा तालिका सार्वजनिक, परीक्षा वैशाख १४ गतेबाट २७ सम्म हुने

२०८२ फागुन ०३ गते आईतबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

२०८२ फागुन ०२ गते शनिबार, यस्तो छ तपाईको आजको राशिफल

२०८२ फागुन ०६ गते बुधबार, यस्तो छ तपाईको आजको राशिफल

२०८२ फागुन ०४ गते सोमबार, यस्तो छ तपाईको आजको राशिफल

ताजा

२०८२ फागुन ०८ गते शुक्रबार, यस्तो छ तपाईको आजको राशिफल

निर्वाचन सुरक्षामा कडाइ : सशस्त्रका १६ सय सुरक्षाकर्मी जिल्ला परिचालन

भरतपुर विमानस्थलमा इन्धन ‘रिफिलिङ’ सेवा सुरु

रास्वपाले गर्यो चुनावी वाचापत्र सार्वजनिक

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

Follow Us

Follow us on Facebook Subscribe us on Youtube Follow us on Instagram

Recent Posts

  • २०८२ फागुन ०८ गते शुक्रबार, यस्तो छ तपाईको आजको राशिफल
  • निर्वाचन सुरक्षामा कडाइ : सशस्त्रका १६ सय सुरक्षाकर्मी जिल्ला परिचालन
  • भरतपुर विमानस्थलमा इन्धन ‘रिफिलिङ’ सेवा सुरु
  • रास्वपाले गर्यो चुनावी वाचापत्र सार्वजनिक
  • मनांग, ढोरपाटन र तीनजुरेमा स्कोडा कायलाकको सफल परीक्षण

हाम्रो टिम

भिडियो सम्पादक : सुमन तिवारी
संवाददाता : माधव  प्रसाद भट्टराई
संवाददाता : शिवु धिताल

क्यामरा : सुनिल सिहं
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.