सलमान खानको बढाइयो सुरक्षा, अब सधै ११ सुरक्षाकर्मीका साथ २ गाडी स्कर्टिङमा
मुम्बई। बलिउड अभिनेता सलमान खानको सुरक्षा थप बढाइएको छ।
यसै सिलसिलामा आइतबार देखी बान्द्रास्थित सलमानको ग्यालेक्सी अपार्टमेन्टको बालकोनीमा मर्मतको काम भइरहेको छ । रिपोर्टका अनुसार उनको र उनको परिवारको सुरक्षालाई ध्यानमा राखेर यो कदम चालिएको हो ।
वास्तवमा केही समयदेखि सलमान खानलाई लरेन्स ग्याङबाट ज्यान मार्ने धम्की आइरहेको छ । पछिल्ला केही वर्षदेखि सलमान खानलाई जेलमा रहेका ग्याङ्स्टर लरेन्स बिश्नोईको नाममा लगातार धम्की आइरहेको हो । लरेन्सले एक टिभी अन्तर्वार्तामा सलमानलाई मार्ने धम्की दिए पछि अनेक हत्कण्डा सुरू भएका छन । सन १९९८ मा सलमानले कालो हरिण शिकार गरेको भन्ने घटनालाई लिएर बिश्नोई समुदाय उनीसँग आक्रोशित रहदैँ आएको छ ।
भारतीय सुरक्षा अधिकारीका अनुसार सलमान खान १० व्यक्तिको सूचीमा रहेका छन, जसलाई जेलमा रहेका ग्याङ्स्टर लरेन्सले मस्ट वान्टेड मानेर ज्यान मार्ने धम्की दिइरहेका छन ।
सोही बिचमा अप्रिल १४, २०२४ मा बिहान ५ बजे बान्द्रास्थित सलमान खानको ग्यालेक्सी अपार्टमेन्ट अगाडि गोलीबारीसमेत भएको थियो। मोटरसाइकलमा आएका दुईजना आक्रमणकारीले उनका घरतर्फ ४ राउण्ड फायर गरेका थिए । गोली चल्दा सलमान खान आफ्नै घरमा बसिरहेका थिए ।
खासमा, सन् २०२३ मा लरेन्स बिश्नोईबाट धम्की आएपछि मात्र सलमान खानको सुरक्षा बढाइएको थियो । उनले महाराष्ट्र सरकारबाट ‘वाई प्लस श्रेणी’ को सुरक्षा पाएका छन्। जसअनुसार यस सुरक्षा घेरामा सलमानसँग सधैं ११ सुरक्षाकर्मी साथमा रहने गरेका छन । जुन समुहमा एक वा दुई कमाण्डो र दुई पीएसओ पनि समावेश थपिएको छ । सलमानको गाडी अगाडी र पछाडि एस्कर्ट गर्नका लागि सधैं दुईवटा गाडी रहने ब्यवस्था गरिएको छ । साथै, सलमान खानको कार पनि पूर्ण रूपमा बुलेटप्रुफ राखिएको छ ।
उनै सलमानको आगामी फिल्म सिकिन्दर आउँदैछ, जसको ट्रिजर हालै रिलिज हुदाँ करोडौं दर्शकले मन पराएका छन ।
सम्बन्धित समाचार
टिकटकको एआई कन्टेन्टमा कडाइ: ८ करोड ६० लाख नक्कली अकाउन्ट हटाइयो, ३ अर्ब भिडियोमा एआई लेबल
रामाडा बाइ विन्डह्यामको गन्तव्य प्रवर्द्धन यात्रा, पूर्वी नेपाललाई पर्यटनको नयाँ केन्द्र बनाउने लक्ष्य
‘तुना फुकेछ’ सार्वजनिक, ‘निःशब्द’ चलचित्रको गीतले दर्शकको ध्यान तान्दै
जुनु प्रसाईको ‘झगडा पर्यो पोइसित’ सार्वजनिक, प्रकाश सपुतसँगै देखिइन् भिडियोमा
एक लाखको फिल्मले पायो अप्रत्याशित सफलता,कमाइ २ अर्ब नजिक
रेखा थापाको ‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक, भदौ २६ मा प्रदर्शन
ट्रेन्डिङ
चितवन राइनोजसँग ८ रनले पराजित भयो विराटनगर किंग्स
चालक नराखी गाडी चलाउने सरकारी अधिकारीले चालकको तलबसमेत पाउने
३ वर्षभित्र ८ शहरमा फ्लडलाइटसहितका क्रिकेट रंगशाला बनाउने सरकारको योजना
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
