• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        आइतबार, पुष १३, २०८२
आइतबार, पुष १३, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

२०८२ साल पौष १४ गते सोमबार, यस्तो छ तपाईको आजको राशिफल

नेप्से आज घट्यो कि बढ्यो ?

आईकार भी२३ को पहिलो ग्राहक बनिन् चर्चित मोडेल तथा इन्फ्लुएन्सर इभा गिरी

सुपर खुदी हाइड्रोपावरको आईपीओ पुस २१ देखि

यामाहा नेपालकै ठूलो पप-कल्चर फेस्टिभलमा सह-प्रायोजकको रूपमा सहभागीता

क्वालिटी काठमाडौं स्कुल्सको (क्यु के एस) पाँचौं एथलेटिक्स प्रतियोगिता सम्पन्न, खेलमा गणितको नवीन प्रयोग

सुनको मूल्यमा नयाँ रेकर्ड कायम, कतिमा हुँदैछ कारोबार ?

कोशी र गण्डकी प्रदेशमा वर्षासहित हिमपातको सम्भावना

रास्वपा–बालेनबीच एकता, बालेन प्रधानमन्त्रीको उम्मेदवार, ७ बुँदे सम्झौता सार्वजनिक

लोकप्रिय समाचार

  • १. २०८२ साल पौष १० गते बिहिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • २. २०८२ साल पौष १२ गते शनिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ३. २०८२ साल पौष ०८ गते मंगलबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ४. २०८२ साल पौष ०९ गते बुधबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ५. रोमाञ्चक फाइनल राउण्डसँगै यामाहाद्वारा प्रस्तुत एनआरआरसी २०२५ को सुखद समापन

  • ६. शरीरमा देखिने यी लक्षणले दिन्छन् ठूलो बिरामीको संकेत

  • ७. आज पनि बढ्यो सुनचाँदीको मूल्य, निरन्तर बनाउँदै नयाँ रेकर्ड

  • ८. पुष्प खेतीमा आधुनिकता : ग्लोबल आइएमई बैंकले दिने भयो ‘हरितगृह कर्जा’

  • ९. कुन बार जन्मिएका मानिसको स्वभाव कस्तो हुन्छ ?

  • १०. सुनचाँदीको मूल्यमा नयाँ ऐतिहासिक रेकर्ड, कतिमा हुँदैछ कारोबार ?

लागुऔषध नियन्त्रणमा झापा प्रहरीको कारबाही, हिरोइन र खागसहित भारतीय पक्राउ

झापा – जिल्ला प्रहरी कार्यालय झापाको लागुऔषध नियन्त्रण तथा कारबाही अभियान अन्तर्गत अर्का एक जना पक्राउ परेका छन्। झापा प्रहरीले बुधबार प्रतिबन्धित लागुऔषध खैरो हिरोइन र गैंडाको खागसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा भारत पश्चिम बंगाल उत्तर मेन्दाबारी बस्ने नारायण रामधाम रहेका छन्। उनलाई बुधबार इलाका जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय काँकडभिट्टाको टोलीले पक्राउ गरेको हो।

झापाका प्रहरी उपरीक्षक मिलन केसीले रामधामलाई मेचीनगर नगरपालिका वडा नम्बर ६ काँकडभिट्टास्थित हिमालय गेस्ट हाउसको १०२ नम्बर कोठाबाट पक्राउ गरिएको जानकारी दिए।

लागुऔषध तथा खाग तस्करी गर्ने क्रममा रामधान गेस्ट हाउसको कोठा भाडामा लिएर बसिरहेका थिए।

उक्त सूचना पाएपछि खटिएको टोलीले रामधानको साथबाट तीन ग्राम ७६० मिलिग्राम खैरो हिरोइन बरामद गरेको प्रहरी उपरीक्षक केसीले बताए।

यसका साथै रामधानको साथबाट २.८०० ग्राम पिइभोन स्पास प्लस लेखिएको १८ थान ट्याबलेट बरामद भएको उनले बताए।

‘होटल बुक गरेर बसेका रहेछन्, उनको साथबाट खैरो हिरोइनसहितको लागुऔषध बरामद भएको छ,’ प्रहरी उपरीक्षक केसीले भने, ‘उनले गैंडाको खागसमेत तस्करी गरेको खुलेको छ।’

रामधानलाई पक्राउ गर्दा उनको साथबाट १ किलो ७०० ग्राम भएको गैंडाको खाग बरामद गरिएको उनले बताए।

‘खैरो हिरोइन तौलने तराजु एक थानसमेत हाम्रो प्रहरी टोलीले बरामद गरेको छ,’ केसीले भने। रामधानले लागुऔषध र गैंडाको खाग कसका लागि कहाँबाट ल्याएका थिए भन्नेबारेमा अनुसन्धान भइरहेको छ।

‘पक्राउ परेका व्यक्तिलाई इलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखेर अनुसन्धान थालिएको छ,’ प्रहरी उपरीक्षक केसीले भने, ‘प्रारम्भिक अनुसन्धान भइरहेको छ, उनले कहाँबाट के कसरी र कसका लागि लागुऔषध ओसारपसार गरिरहेका थिए भन्नेबारेमा विवरण खोजिरहेका छौं।’

रामधानबाट बरामद भएको खाग परीक्षणमा छ। उनले खाग कहाँबाट कसरी प्राप्त गरे भन्ने विषयमा पनि अनुसन्धान जारी रहेको केसीले बताए।

झापा प्रहरी लागुऔषध कारोबार रोकथाम तथा नियन्त्रणमा आक्रामक कारबाही गरिरहेको प्रहरी युनिट हो। विशेषत: झापामा प्रहरी उपरीक्षकको रूपमा मिलन केसीले पदबहाली गरेपछि लागुऔषध, तस्करीजन्य अपराधमा प्रहरीले आक्रामक कारबाही गरिरहेको छ ।

‘झापामा तस्करी, लागुऔषध बेचबिखन तथा ओसारपसारलाई निमिट्यान्न पार्न प्रहरी सक्रिय छ,’ प्रहरी उपरीक्षक केसीले भने, ‘यस्ता गैरकानुनी कार्य नियन्त्रण गर्ने सन्दर्भमा आम नागरिकको सहयोग आवश्यक छ, मैले सबै झापाबासी नागरिकलाई गैरकानुनी कार्य नियन्त्रणमा प्रहरीलाई सहयोग गर्न अपिल गरेको छु।’

 

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नेप्से आज घट्यो कि बढ्यो ?
    सुपर खुदी हाइड्रोपावरको आईपीओ पुस २१ देखि
    क्वालिटी काठमाडौं स्कुल्सको (क्यु के एस) पाँचौं एथलेटिक्स प्रतियोगिता सम्पन्न, खेलमा गणितको नवीन प्रयोग

    लोकप्रिय

    २०८२ साल पौष १० गते बिहिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष १२ गते शनिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष ०८ गते मंगलबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष ०९ गते बुधबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    रोमाञ्चक फाइनल राउण्डसँगै यामाहाद्वारा प्रस्तुत एनआरआरसी २०२५ को सुखद समापन

    ताजा

    २०८२ साल पौष १४ गते सोमबार, यस्तो छ तपाईको आजको राशिफल

    नेप्से आज घट्यो कि बढ्यो ?

    आईकार भी२३ को पहिलो ग्राहक बनिन् चर्चित मोडेल तथा इन्फ्लुएन्सर इभा गिरी

    सुपर खुदी हाइड्रोपावरको आईपीओ पुस २१ देखि

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    हालैका पोस्टहरू

    • २०८२ साल पौष १४ गते सोमबार, यस्तो छ तपाईको आजको राशिफल
    • नेप्से आज घट्यो कि बढ्यो ?
    • आईकार भी२३ को पहिलो ग्राहक बनिन् चर्चित मोडेल तथा इन्फ्लुएन्सर इभा गिरी
    • सुपर खुदी हाइड्रोपावरको आईपीओ पुस २१ देखि
    • यामाहा नेपालकै ठूलो पप-कल्चर फेस्टिभलमा सह-प्रायोजकको रूपमा सहभागीता

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2025 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.