Jankari Kendra
१० भाद्र २०८३, बुधबार
Worldlink

मधेस प्रदेश लोकसेवा आयोगले माग्यो सहायकदेखि भेटेरिनरीसम्मका जनशक्ति

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८१, पुष, २५
मधेस प्रदेश लोकसेवा आयोगले माग्यो सहायकदेखि भेटेरिनरीसम्मका जनशक्ति

काठमाडौं । प्रदेश लोक सेवा आयोग, मधेस प्रदेशले प्राविधिक तथा अप्राविधिक पदहरूमा ३८ जनशक्ति माग गरेको छ । खुला तथा समावेशी प्रतियोगिताबाट स्थायी पदपूर्ति गर्ने गरी बिहीबार आयोगले प्रशासन सहायक, कृषि बाली विकास, कृषि माटो विज्ञान, कृषि मत्स्य र कृषि भेटेरिनरी पदमा जनशक्ति माग गरेको हो ।

प्रशासन सहायकमा सबैभन्दा धेरै ३१ जनशक्ति माग गरिएको छ । त्यस्तै, कृषि बाली विकासमा १, कृषि माटो विज्ञानमा २, कृषि मत्स्यमा १ र कृषि भेटेरिनरीमा ३ सिटमा आवेदन मागिएको छ । दरखास्त बिहीबारदेखि आगामी माघ १६ गतेसम्म दिन सकिनेछ । दोब्बर दस्तुर बुझाएर माघ २३ गतेसम्म आवेदन बुझाउन सकिने आयोगको सूचनामा उल्लेख छ ।

Top Changing Nepal

युट्युब सट्स