बन्दुकसहित प्रहरीका पूर्वअसई पक्राउ
जानकारी केन्द्र
२०८१, माघ, २
कञ्चनपुर । कञ्चनपुरको चुरे क्षेत्रबाट भरुवा बन्दुकसहित प्रहरीका पूर्वअसई पक्राउ परेका छन्। शुक्लाफाँटा नगरपालिका–८, उत्तरी चुरे वन क्षेत्रबाट सोमबार भरुवा बन्दुकसहित शुक्लाफाँटा नगरपालिका–६ का खडकबहादुर खड्का पक्राउ परेका हुन्।
खड्का नेपाल प्रहरीका पूर्वअसई भएको खुलेको छ। शुक्लाफाँटा सव–डिभिजन वन कार्यालयबाट खटिएका वन रक्षक खेम साउँद र वन स्काउट ईन्द्र बम नेतृत्वको टोलीले खड्कालाई नियन्त्रणमा लिएको हो।
चुरे राष्ट्रिय वनमा जडान गरेको क्यामेराहरूको निरीक्षणमा गएको वेला उनलाई पक्राउ गरिएको हो। चुरे क्षेत्रको गिठे भन्ने ठाउँबाट खड्कालाई बन्दुक लुकाइरहेको अवस्थामा देखेपछि पक्राउ गरिएको थियो। खड्का सिकार गर्नकै लागि चुरे वनमा गएको वनको टोलीले दाबी गरेको छ।
सम्बन्धित समाचार
एनएमबी बैँकका ग्राहकले अब विदेशमा सहजै रकम पठाउन सक्ने,भिसासँग नयाँ सम्झौता
पोखरामा कात्तिक १४ मा ‘पल्सर आरपीएम’ आयोजना हुँदै, स्टन्ट र स्ट्रीट कल्चर मुख्य आकर्षण
केन्टका आधुनिक इलेक्ट्रिक वाटर हिटरः प्रविधि, सुरक्षा र आरामदायी तातोपानीको उत्कृष्ट संयोजन
चक्रवात ‘अर्नब’को असर तीव्र बन्दै, भोलि भारी वर्षाको जोखिम
अब सात प्रदेशका नागरिकले काठमाडौँ उपत्यकाबाटै लिन सक्नेछन् नागरिकताको प्रतिलिपि
एलजी वाटर प्युरिफायरले नेपाली बजारमा बढाउँदै आफ्नो लोकप्रियता
ट्रेन्डिङ
चितवन राइनोजसँग ८ रनले पराजित भयो विराटनगर किंग्स
चालक नराखी गाडी चलाउने सरकारी अधिकारीले चालकको तलबसमेत पाउने
३ वर्षभित्र ८ शहरमा फ्लडलाइटसहितका क्रिकेट रंगशाला बनाउने सरकारको योजना
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
