नेपाली बजारमा सार्वजनिक भयो दीपल एस ०७ एल, मूल्यमा विशेष छुट
काठमाडौं । नेपाली बजारमा थप शक्तिशाली मोटर भएको र बढी रेन्ज दिने ‘दीपल एस ०७ एल’ भित्रिएको छ । नेपालका लागि चांगन मोटर्सको आधिकारिक बिक्रेता एमएडब्लू वृद्धिले आज एक कार्यक्रम बीच ‘दीपल एस ०७ एल’ सार्वजनिक गरेको हो ।
दीपल एमएडब्लूको सफल इलेक्ट्रक एसयूभी हो । फ्युचरिस्टिक डिजाइन र अत्याधुनिक प्रविधिका कारण निकै लोकप्रिय बनेको दीपल एस ०७ हालसम्म ७०० भन्दा बढी युनिट बिक्री भइसकेको कम्पनीले जानकारी दिएको छ ।
नयाँ एस ०७ एलले ईभीको पर्फर्मेन्स, रेन्ज ड्राइभिङ एक्साइटमेन्टलाई नयाँ उचाइमा पुर्याउने कम्पनीको दाबी रहको छ ।
दीपल एस ०७ एलमा १६० किलोवाटको रियर ह्वील ड्राइभ मोटर रहेको छ । यसमा ७९.९ किलोवाट आवरको ब्याट्रीप्याक दिइएको छ । यसको मोटर पहिलेको रेगुलर भर्सनभन्दा ६० किलोवाट धेरै हो ।
दीपल एस ०७ एलको ब्याट्रीप्याक समेत १३.१ किलोवाट आवरले ठूलो भएको छ । यो ईभीले सिंगल चार्जमा ४८५ किलोमिटर डब्लूएलटीपी रेन्ज दिन्छ । स्पीड इन्थुजियास्टका लागि डिजाइन गरिएको यो इलेक्ट्रीक एसयूभीको टप स्पीड १८० किलोमिटर प्रतिघण्टा रहेको छ भने ० देखि १०० किलोमिटर प्रतिघण्टाको रफ्तार मात्र ६.६ सेकेण्डमा हासिल गर्नेछ।
यो एसयूभीमा मोटर पावर तथा ब्याट्रीको क्षमता बाहेक सबै फिचर एस०७ को जस्तै रहेको छ । एस ०७ एलले पनि चर्चित दीपल एस ०७ ले जस्तै बोल्ड एक्सटेरियर, फ्रेमलेस डोर ठूला २० इन्चका टायरले सबैको ध्यान आकर्षित गर्नेछ ।
क्याबिनमा क्वालकम स्नेपड्रागान ८१५५ चिपजडित १५.६ इन्चको सनफ्लावर टचस्क्रीन हुनेछ । यसले इन्फोटेन्मेन्ट र भेहिकल कन्ट्रोललाई बेजोड बनाउँछ । यसबाहेक दीपल एस०७एलमा नेभिगेसन र ड्राइभर इन्फर्मेसनका लागि अग्मेन्टेड रियालिटी हेडअप डिस्प्ले, ह्यान्ड फ्री अप्रेसनका लागि जेस्चर कन्ट्रोल, वेलकम सिट, एन्डभान्स्ड् सेफ्टी ड्राइभिङ, एसाय २.५ जस्ता फिचरहरू रहेको छ ।
सुरक्षाका लागि यसमा एआइसीसी एडाप्टिभ क्र्युज कन्ट्रोल, एक्टिभ इमर्जेन्सी ब्रेकिङ, ब्लाइण्ड स्पट मनिटरिङ, ट्रान्सपेरेन्ट च्यासिस सहितको ३६० डिग्री पानोरामिक क्यामेरा आदि रहेको छ ।
कम्पनीले दीपलको एस ०७ एलको मूल्य ८४ लाख ९९ हजार रुपैयाँ तोकेको छ । तर, आगामी १५ दिन भित्र खरिद गर्नेले भने ८१ लाख ९९ हजार रुपैयाँमै पाउने कम्पनीले जनाएको छ ।
सम्बन्धित समाचार
२३ औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड भदौ १८ गते हुने, गोल्छा ग्रुपसँग सम्झौता नवीकरण
इ.मास ५ सार्वजनिकसँगै देशभर चार नयाँ सोरुम तथा सर्भिस सेन्टर विस्तार
सीजी मोटर्सद्धारा पोखरामा नयाँ मल्टि–ब्राण्ड आउटलेट सञ्चालनमा
नेपालमा प्रोटोन इ.मास ५ सार्वजनिक, सुरुवाती मूल्य रू. २९.९९ लाख
लक्ष्मी कमर्सियल भेहिकल्सद्वारा सुर्खेतमा ग्राहक भेटघाट सम्पन्न, नयाँ स्कुल बस ‘हिरोई’ सार्बजनिक
घट्यो बजाजको ईएमआईः अब मासिक किस्ता–मूल्य झनै कम
ट्रेन्डिङ
आइसिसी इमर्जिङ एसिया बैंकिङ अवार्डमा नबिल बैंकलाई ‘ बेस्ट कमर्सियल बैंक,(नेपाल)’ सम्मान
२०८३ साउन ९ गते शनिवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
अफ्रिकन वुमेन्स फुटबल भोलिदेखि, १६ राष्ट्र सहभागी हुदैँ
राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
गर्मीमा छाला डढ्ने समस्यावाट बच्न अपनाउनुहोस् यी पाँच उपाय