के हो ब्ल्याक होल ?
काठमाडौँ । अन्तरिक्षमा भएको कालो क्षेत्र नै ब्ल्याक होल हो । त्यहाँ अत्याधिक गुरुत्वआकर्षणका कारण प्रकाश पनि बाहिर आउन सक्दैन । सामान्य सापेक्षताको सिद्धान्त अनुसार अन्तरिक्षमा रहेको उच्च घनत्व भएको पिण्डबाट ब्ल्याक होलको निर्माण हुन्छ ।
ब्ल्याक होलको वरिपरी गणितीय तथ्यहरूको आधारमा परिभाषित गरिएको काल्पनिक सतह हुन्छ जसलाई क्षितिज भनिन्छ । यो क्षेत्रमा पुगेको कुनैपनि वस्तु बाहिर आउन सक्दैन त्यसैले यो क्षेत्रलाई अन्तरिक्ष वैज्ञानिकहरूले प्वाइन्ट अफ नो रिटर्नको संज्ञा दिएका छन् ।
कुनै पनि ब्ल्याक होलको क्षितिजको आकार त्यसको पूर्व आकारमा भर पर्छ । ब्ल्याक होल नजिक भएको ताराहरु अन्य क्षेत्रको ताराहरु भन्दा फरक तरिकाले काम गर्ने गर्छन् ।
ब्ल्याक होलको आकार
ब्ल्याक होल विभिन्न आकारका हुने गर्छन् । सानो आकारका होलहरु एक परमाणु बराबरको हुन्छ । तर यसको द्रव्यमान पहाड जस्तो विशाल हुने गर्छ । द्रव्यमान भनेको वस्तुको परिमाण हो । अर्को प्रकारको ब्ल्याक होललाई “स्टेलर” भनिन्छ । यस प्रकारको ब्ल्याक होलको आकार सूर्य भन्दा २० गुणा बढी हुने गर्छ । पृथ्वी आकाशगंगामा स्टेलर जस्ता होलहरु धेरै मात्रमा हुन्छन् । पृथ्वी आकाशगंगालाई मिल्की वे ग्यालक्सी भनिन्छ । सबैभन्दा ठूलो ब्ल्याक होलहरू “सुपरम्यासिभ” भनिन्छ । ठूला आकाशगंगाले यसको केन्द्रमा एक सुपरम्यासिभ ब्ल्याक होल समावेश गर्ने गर्छ । मिल्की वे ग्यालक्सीको मध्य भागमा रहेको सुपरमासिभ ब्ल्याक होललाई धनु ए भनिन्छ । यो लगभग चार लाख सूर्यको बराबर हो ।
यसको निर्माणः
बैज्ञानिकका अनुसार सानो ब्ल्याक होलको उत्पत्ति ब्रह्माण्डको उत्पत्तिसँगै भएको हो । स्टेलरको उत्पत्ति ठुलो ताराहरु स्टेलर माथि झेरको कारण भएको हो । यस प्रक्रियालाई सुपर नोवा भनिन्छ । सुपर नोवा ब्रह्माण्डमा रहेको ताराहरु बिस्फोट भएको कारण उत्पात्ति हुने तत्व हो ।
के यसले पृथ्वी नष्ट गर्छ ?
ब्ल्याक होलले आफै घुमेर ताराहरु, चन्द्रमा र ग्रहहरुलाई तान्दैन । यो स्थिर हुने गर्छ । यो होल सौर्य मण्डलको नजिकै नभएको कारण यसले पृथ्वीलाई तान्न सक्दैन । ब्ल्याक होलको र सूर्यको गुरुत्वाकर्षण बराबर हुन्छ । जसरी पृथ्वी वा अन्य ग्रह सूर्यको वारी परि घुम्ने गर्छ, त्यसैैगरी सूर्यको ठाउँमा ब्ल्याक होल स्थापित भयो भने प्रक्रिया सूर्यको जस्तै हुन्छ
सम्बन्धित समाचार
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
दसैँमा यात्रुलाई सहज बनाउन काठमाडौं उपत्यकामा प्रहरीको निःशुल्क बस सेवा
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
टिकटकको एआई कन्टेन्टमा कडाइ: ८ करोड ६० लाख नक्कली अकाउन्ट हटाइयो, ३ अर्ब भिडियोमा एआई लेबल
वीरगंजमा नयाँ शोरूम संचालनमा ल्याउँदै कजारिया रमेश टायल्सको बजार विस्तार
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
बिटुमिन र असफाल्टबाट सडक निर्माणमा रोक लगाउने सरकारको निर्णय
अन्तिम मतदाता नामावली सार्वजनिक, देशभर १ करोड ९० लाखभन्दा बढी मतदाता
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
