चीनमा ‘लाइभ स्ट्रिम’बाट आमा भन्दै २ वर्षमा १ कराेड बढी ठगी, १० बर्ष जेल
बेइजिङ । आजभोली मानिसहरू ठगी गर्नका लागि जुनसुकै हदसम्म जान तयार छन् । भावनासँग खेलवाड गर्ने होस् वा सम्बन्धको महत्त्वलाई नष्ट गर्ने होस्, पैसाको लोभमा केही मानिसले सबै कुरा दाउमा लगाउँछन् । चीनबाट एउटा अचम्मको घटना बाहिर आएको छ । यहाँ लाइभ स्ट्रिम गर्ने एक व्यक्तिले पहिले महिलालाई आमा बनाएर अनौठो तरिकाले ठगी गरेको खुलेको छ ।
चीनको सांघाईकी एक ७० वर्षीया महिला अनौठो ठगीको सिकार भएकी छन् । ती महिला अविवाहित थिइन् र उनको आफ्नै कोही थिएन। सन् २०२२ मा उनकी भान्जीलाई थाहा भयो कि उनी लगातार अपरिचित व्यक्तिलाई पैसा हस्तान्तरण गरिरहेकी छिन्। उनले यसबारे सोध्दा निकै चकित पार्ने जानकारी बाहिर आयो ।
उत्तरपश्चिमी चीनको शान्सी प्रान्तका एक पुरुष झि लु वाङले ती महिलालाई आफूले मानिसहरूको समस्या समाधान गर्न, किसानहरूलाई सुस्त बिक्री हुने उत्पादनहरू बेच्न र हराएको मानिसहरूलाई आफ्नो घर फेला पार्न मद्दत गरेको बताए। उनको दयाले गर्दा उनीप्रति आकर्षित भएको महिलाले बताइन् । यी दुई बीच पहिलो पटक सन् २०२१ मा लाइभ स्ट्रिममार्फत कुराकानी सुरु भएको थियो र पछि फोनमा कुरा गर्न थालिएको थियो ।
ठगी गर्ने व्यक्तिले ती बृद्दालाई फोन गरेर महिलाको विश्वास जित्न थाले र आफ्नो छोरा भएको बहाना गरी दिनहुँ कुरा गर्ने गर्दथे । बिस्तारै उसले ऋणमा पैसा लिन थाल्यो र पेटको क्यान्सर भएको बहाना बनायो । प्रेमिकालाई गर्भपतन आवश्यक छ र उनको बुबा गम्भीर बिरामी छन भनी भनी निरन्तर पैसा मागिरहयो। ती महिला उनको पासोमा फसिन र निरन्तर पैसा पठाउन थालिन्। यति मात्र होइन, ती महिलाले पुरुषलाई सहयोग गर्न अरुसँग पैसा पनि लिएकी थिइन् ।
लामो समय पछि ती पुरुषमाथि शंका लागेपछि महिलाले प्रहरीमा उजुरी गरिन् । अनुसन्धानमा धेरै चकित पार्ने जानकारी बाहिर आएको छ । उक्त व्यक्तिले सामाजिक सञ्जालमा ४ वटा अकाउन्ट चलाउने र त्यसबाट मानिसलाई ठगी गर्ने गरेको पाइएको छ । प्रहरीले अभियुक्तलाई पक्राउ गरी दुई वर्षमा महिलालाई झण्डै १ करोड ५ लाख नेपाली रुपैयाँबराबर ठगी गरेको पुष्टी हुन आएको थियो ।
त्यसपछि उक्त व्यक्तिलाई साढे दश वर्षको जेल सजाय र एक लाख युआन जरिवाना गराइएको थियो।
सम्बन्धित समाचार
डिओमान्डे बने इतिहासकै सबैभन्दा महँगा अफ्रिकी फुटबल खेलाडी
विश्वकप फाइनलमा विवादमा परेका अजेन्टिनाका ३ खेलाडीलाई पिफाको कारबाही
एक लाखको फिल्मले पायो अप्रत्याशित सफलता,कमाइ २ अर्ब नजिक
जापानमा ५ हजार खेलाडीलाई खेल अवधिभर पानीजहाजमै राखिने
फिफा बिजेता स्पेनिस कप्तान रोड्री ६.८४ करोड डलरमा बार्सिलोनामा
चीनले विकास गर्यो धुलोभन्दा सानो चिप्स,पानीमुनी रहेका जहाज (पनडुब्बी) पत्ता लगाउन सक्ने दाबी
ट्रेन्डिङ
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नेपाल बैंकको आकर्षक अटो लोन अफर : नाडा अटो शोमा आधार दरमा ०.४९ प्रतिशत प्रिमियममै कर्जा

