एमएडब्लू वृद्धिले ल्यायो माउन्टेन ईभी र टीएमवान प्रशंसकहरूका लागि आकर्षक योजना
काठमाडौं । एमएडब्लू वृद्धिले माउन्टेन ईभी र टीएमवान उत्साहीहरूका लागि नवप्रवर्तन र एडभेन्चरका नियमहरू नै बदल्ने एक विशेष योजना ल्याएको बताइएको छ। यो अभियानले उन्नतप्रविधि र अतुलनीय फाइदाहरूको नौलो मिश्रणको साथमा ड्राइभिङ र स्वामित्व अनुभवहरूलाई बलियो बनाउने जनाइएको छ।
यस नयाँ योजना अन्तर्गत ग्राहकहरूले विद्युतीय गतिशीलतामा स्विच गर्नका लागि माउन्टेन ईभी र टीएमवान मोडेलहरूमा ८० % सम्मको फाइनान्सिङ सुविधा प्राप्त गर्नेछन्। यस योजनामा माउन्टेन ईभीको लागि ने.रू. ९.९९ लाख र टीएमवानको लागि ने.रू. ५.९९ लाखसम्मको डाउन पेमेन्ट पनि समावेश रहनुका साथै विद्युतीय सवारीसाधनको स्वामित्वलाई अझ पहुँचयोग्य र किफायती बनाउने बताइएको छ।
यसका साथै, ग्राहकहरूले आर्थिक वर्ष २०८१/८२ को लागि एकवर्षको निस्शुल्क बीमा र सडक करमा छुट सहितका विस्तृत सुविधाहरूको आनन्द लिन सक्नेछन्। घरमै सुविधाजनक रूपमा चार्जिङ गर्न उनीहरूले ७ किलोवाटको चार्जर पनि नि:शुल्क पाउनेछन्। यस माथि अझै मूल्य थप यो योजनाले नि:शुल्क सामानहरूका साथै ग्राहकहरूले आफ्नो लगानीबाट अधिकतम मूल्य प्राप्त गर्ने टप-अपबेस्ट भ्यालुएसन बोनस पनि समेट्ने कम्पनीले जनाएको छ।
यो व्यापक प्याकेजले विद्युतीय गतिशीलता प्रवर्द्धन गर्ने र आफ्ना ग्राहकहरूलाई असाधारण मूल्य प्रदान गर्ने एमएडब्लू वृद्धिको प्रतिबद्धतालाई प्रतिबिम्बित गर्दछ। कम्पनीले नेपाली बजारको लागि विद्युतीय सवारी साधनहरूलाई अझ पहुँचयोग्य र किफायती बनाउने लक्ष्य राखेको बताइएको छ। यो अफर सीमित-समयको लागि माघ १ गतेदेखि माघ ३० गतेसम्म उपलब्ध हुनेछ ।
फोटोन नेपाल र एमएडब्लू वृद्धि समूहको बारेमा
एमएडब्लू वृद्धि अन्तर्गत संचालित फोटोन नेपाल एमएडब्लू समूह र वृद्धि समूह बीचको साझेदारी हो ,जसले नेपालमा सन् २०१४ देखि अन्तर्राष्ट्रिय अटोमोटिभ ब्रान्डहरूको प्रतिनिधित्व गर्दै आएको बताइएको छ। व्यावसायिक र विद्युतीय सवारी साधनहरूमा विशेषज्ञता हासिल गर्दै एमएडब्लू वृद्धिले फोटोन, सोकोन, सेरेस, नामी र चांगान जस्ता ब्रान्डहरूको प्रतिनिधित्व गर्दै भरपर्दो स्टक, पाटपुर्जाको सहज उपलब्धता र गुणस्तरीय सेवा प्रदान गर्दै आएको कम्पनीले बताइएको छ।

सम्बन्धित समाचार
यामाहा ब्लु स्ट्रिक्सद्वारा ‘चङ्गा चेट’ दसैँ राइडको आयोजना, फैलाउँदै देशभर उत्सवको रौनक
ओमोडा जेइकू एनपीएल सिजन ३ को “पावर्ड बाइ” प्रायोजकमा आबद्ध
हाम्स ग्रुपद्वारा नेपालमा विश्वप्रसिद्ध क्यूजे मोटरका मोटरसाइकल तथा स्कुटरहरू सार्वजनिक
नयाँ प्रविधि र दमदार पावरसहित नेपालमा आयो भेस्पा १५० एफआई ओबीडी २ स्टेज बी
१६ सिट क्षमताको विद्युतीय मिनिबस म्याक्सस ईडेलिभर ५ नेपालमा सार्वजनिक, मूल्य ६९ लाख ५० हजार रुपैयाँ
भक्तपुरमा बीवाईडीको नयाँ सर्भिस सेन्टर सञ्चालनमा, डल्लुमा पनि सेवा विस्तारका लागि निर्माण सुरु
ट्रेन्डिङ
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
यस दशैं, एलिकासँग भान्सामा भित्र्याऔँ ताजगी र खुसी
