ब्राउसुगरसहित सिरहामा दुई जना पक्राउ
सिरहा । पछिल्लो समय सिरहामा प्रतिबन्धित लागुऔषधको अखडा नै बनेको पाइएको छ। करिब ४६ किलोमिटर खुला सीमा नाका रहेको सिरहामा प्रहरी प्रशासनको फितलो निगरानीका कारण लागुऔषध कारोबारीले सजिलै नेपालबाट भारतीय बजारसम्म प्रतिबन्धित लागुपदार्थ गाँजा पुर्याउने र उताबाट ब्राउन सुगर, कोरेक्स, ट्याबलेटलगायत नेपाल भित्र्याउने गरेको पाइएको हो।
बिहीआार मात्र प्रहरीले लागुऔषध ब्राउनसुगरसहित दुई जना युवकलाई नियन्त्रणमा लिएको छ। भारतीय बजारबाट नेपालतर्फ ल्याउँदै ब्राउनसुगरसहित दुई जनालाई प्रहरीले सिरहा नगरपालिका वडा १७ खैरटोका भन्सार गेटबाटै पक्राउ गरेको छ।
मोटरसाइकल चेकजाँचको क्रममा पाँच ग्राम दुई सय मिलिग्राम ब्राउन सुगरसहित गोलबजार-७ बस्ने २५ वर्षीय हृदय सिंह र सोही स्थानका २२ वर्षीय धर्मेन्द्र यादवलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
पक्राउ परेकालाई जिल्ला प्रहरी कार्यालयमा राखेर थप अनुसन्धान थालिएको छ। यता, प्रहरी प्रशासन र स्थानीय सरकारहरूले लागुऔषध विरुद्धको दिवस मनाएर मात्रै वर्षेनी लाखौ खर्चिने गर्छन्।
स्थानीय सरकारहरूले यसको नियमन, अनुगमन, नियन्त्रण र जरीवाना लगायतको कुनै ठोस निर्णय लिन नसकेकाले लागुऔषध तस्कर तथा प्रयोगकर्ताहरूले चुनौती दिइरहेका छन्।
सम्बन्धित समाचार
एक्सपेङको ‘सेलिब्रेसन अपग्रेड’, १२ लाखसम्मको विशेष छुट
पोखरामा सिएफमोटोको नयाँ ३एस आउटलेट उद्घाटन, बिक्रीसँगै सेवा र स्पेयर पार्ट्स सुविधा
शाओमी नेपालको चाडपर्व लक्षित योजना, दैनिक उपहारदेखि थाइल्यान्ड भ्रमणसम्मको अवसर
भेस्पा र अप्रिलियाको नयाँ शोरुम अब धनगढीमा
माइडियाको दसैँ विशेष योजना – रु. ३७,७०० सम्म क्यासब्याक र आकर्षक उपहार
इसेवाको प्रमुख कार्यकारी अधिकृतमा निरज शर्मा नियुक्त
ट्रेन्डिङ
२०८३ असोज ८ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु
एजेन्सी दर्तासम्बन्धी नियम व्यवसायमैत्री बनाउन नाइमाको आग्रह
२०८३ असोज ११ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

