कुम्भः करण अर्जुनकी हिरोइनले गरिन आफ्नै पीण्डदान, बनिन महामण्डेलश्वर
मुम्बइ । कुनै समय बलिउडकी चर्चित अभिनेत्री ममता कुलकर्णी अहिले किन्नर अखाडाकी महामंडलेश्वर बनेकी छिन् ।
उत्तर प्रदेशको प्रयागराजमा जारी महाकुम्भमा ममता कुलकर्णी शुक्रबार किन्नर अखाडाकी महामंडलेश्वर बनेकी हुन् । सो अघि उनले संगममा आफ्नो पिण्ड दान दिएकी थिइन् ।
त्यसपछि उनको पट्टाभिषेक सो अखाडामा नै भयो । ममताले लामो समयअघि नै चलचित्र क्षेत्रवाट अवकाश लिएकी थिइन् । उनी साध्वीको जीवन बिताउँदै आएकी थिइन् । हालै मात्र उनी २४ वर्षपछि भारत फर्किएकी थिइन । किन्नर अखाडाका महामंडलेश्वर बने पछि उनले नयाँ नाम पनि राखेकी छिन् । अब उनी ममता कुलकर्णीवाट ‘ममता नन्द गिरी’को नामले चिनिने भएकी छिन् ।
यो किन्नर अखाडा सन २०१५ मा स्थापित, एक हिन्दू धार्मिक संस्थाको हो, जसको मुख्य उद्देश्य ट्रान्सजेन्डर समुदायलाई आध्यात्मिक र सामाजिक क्षेत्रमा समानता र मान्यता प्रदान गर्नु हो। अहिले ममता कुलकर्णीलाई महामंडलेश्वरमा नियुक्त गरेर आखाडाले आफ्नो सन्देश र प्रभावलाई थप फैलाउन खोजिरहेको छ ।
सो क्रममा किन्नर अखाडाका आचार्य महामंडलेश्वर लक्ष्मी नारायणले ममता नन्द गिरीलाई स्वागत गरेका थिए । उनले किन्नर अखाडाले पूर्व बलिउड अभिनेत्री ममता कुलकर्णीलाई महामंडलेश्वर बनाएको जानकारी दिए । उनका अनुसार अब नाम ‘श्री यमाई ममता नन्द गिरी’ राखिएको छ । उनका अनुसार अभिनेत्री विगत डेढ वर्षदेखि किन्नर अखाडा र गुरूसँग सम्पर्कमा रहदै आएकी थिइन । ‘यदि उनी चाहन्छिन् भने, उनले कुनै पनि धार्मिक चरित्रका चरित्र अझै पनि खेल्न सक्छिन् किनभने हामी कसैलाई उनीहरूको कला प्रदर्शन गर्नबाट रोक्दैनौं,’ लक्ष्मीनारायणले भारतीय मिडियासँग भने ।
यसअघि ममता कुलकर्णीले महाकुंभमा आउनु र यहाँको भव्यता हेर्नु आफ्नो लागि निकै यादगार पल भएको बताएकी थिइन् । ममताले भनिन्, ‘यो मेरो सौभाग्य हुनेछ कि महाकुम्भको यो पवित्र अवधिमा म पनि साक्षी बनिरहेको छु, सन्तहरूको आशीर्वाद पाइरहेको छु।’
ममता कुलकर्णीको जन्म २० अप्रिल १९७२ मा मुम्बईमा भएको थियो । सन् १९९२ मा आएको फिल्म ‘तिरंगा’ बाट उनले हिन्दी सिनेमामा प्रवेश गरेकी हुन, यो फिल्ममा उनीसँगै नाना पाटेकर पनि थिए । त्यसपछि उनले आशिक,आवाराु, क्रांतिवीर, वक्त हमारा है, सबसे बडा खिलाडी र करण अर्जुनजस्ता धेरै हिट फिल्महरूमा काम गरेकी थिइन् ।
सम्बन्धित समाचार
नाइमा मोबिलिटी एक्स्पोमा अल्ट्राभायोलेट एक्स४७ क्रसओभर मोटरसाइकल सार्वजनिक, कतिपर्छ मुल्य ?
विशेष कार्यक्रमका बीच नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ को भव्य उद्घाटन, पहिलो दिन नै २९ हजारभन्दा बढीले गरे अवलोकन
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
माउन्ट एभरेष्ट पावरको ८६ लाख कित्ता शेयर नेप्सेमा सूचीकृत
कस्तो रहला आजको मौसम ?
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
ट्रेन्डिङ
माफी मागेकाले फिफा अध्यक्ष पदमा इन्फान्टिनो यथावत रहने
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
देशभर मनसुनी वायुको प्रभाव : यी प्रदेशमा भारी वर्षा हुने पूर्वानुमान
एनसेलको ‘मनसुन अफर’ सार्वजनिक, सिम र प्याक खरिदमा २० प्रतिशतसम्म क्यासब्याक
सुनको मूल्य एकैदिन प्रतितोला ८ हजार रुपैयाँले बढ्यो, कतिमा हुँदैछ कारोबार ?



