सीजी मोटर्स बन्यो जेटुर ब्राण्डका लागि नेपालको आधिकारिक वितरक
काठमाडाैं । सीजी मोटर्स प्रा.लि. प्रख्यात एसयूभी ब्राण्ड जेटुर(JETOUR)का लागि नेपालको आधिकारिक वितरक बनेको छ । चीनमा एक कार्यक्रमबीच दुवैतर्फका प्रतिनिधिहरुको सहभागितामा सम्झौता सम्पन्न भएको हो ।
जेटुर चेरी ग्रुपको छातामुनि रहेको प्रमुख ब्राण्ड यसको बलियो र टफ एसयूभीहरुका लागि प्रख्यात छ । सीजी मोटर्स प्रा.लि. र जेटुरबीच एउटा समझदारी भएको छ । सिजीले जेटुर ब्रान्डको इलेक्ट्रिक एसयूभीको अधिकृत वितरक बन्न आधिकारिक सम्झौतामा हस्ताक्षर गरेको जनाइएको छ । जेटुरका राइट ह्याण्ड ड्राइभ(RHD) उत्पादनहरु सीजी मोटर्सको नेटवर्कमार्फत नेपालमा भित्र्याइने बताइएको छ ।
जेटुर, चेरी ग्रुपको अग्रणी ब्रान्ड हो भने सो ब्रान्ड आफ्ना मजबूत र टफ एसयूभीहरूका लागि प्रख्यात रहेको बताइएको छ। यस सम्बन्धी समझदारीपत्रमा जेटुर इन्टरनेशनलका उपाध्यक्ष केभिन स्यू र सीजी मोटर्स प्रा.लि.का सीईओ निर्देशक हेमन्त अग्रवालले नेपालतर्फ प्रतिनिधित्व गर्दै हस्ताक्षर गरेको सीजी मोटर्सले जनाएको छ । सो अवसरमा जेटुर अटोका उपाध्यक्ष के चुआन्डेङ र हङकङ मेहुआ इन्टरनेशनल ट्रेड कम्पनी लिमीटेडका अध्यक्ष हुओमई झाउ लगायत विशिष्ट व्यक्तिहरुको उपस्थिति रहेको थियो ।
सीजी मोटर्सले नेपालमा नेटा, स्मार्ट, अवतार, एओन, रेडारा, एक्सपेङ, दायुन, किङलङ, केवाईसीलगायत ईभी बिक्री गर्दै आएको छ।

सम्बन्धित समाचार
विश्वसनीयतामा चेरीको लगातार दोस्रो जित, चिनियाँ अटो ब्रान्डमा पहिलो नम्बर
ओमोडा र जेइकुका गाडी कोरला नाकाबाट भित्रिँदै,देशभर डेलिभरीको तयारी
रसुवा बाढी प्रभावितका लागि नाइमाको रु. ५० लाख सहयोग
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि
कोरला नाकाबाट नेपाल भित्रिँदै लिपमोटर बी१०, डेलिभरीको तयारी तीव्र
ट्रेन्डिङ
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
कर्णाली प्रदेश अस्पतालमा भदौ २२ र २३ गते पनि सेवा सञ्चालन हुने
२०८३ भदौ २३ गते मङ्गलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनसेलले बाढी प्रभावित क्षेत्रमा स्याटलाइट प्रविधिमार्फत सञ्चार सेवा उपलब्ध गराउँदै

