बीवाइडीले गर्यो ९,२०० गाडी बोक्न सक्ने संसारकै ठुलो कार क्यारियर “बीवाइडी शेन्जेन” सार्वजनिक
काठमाडौं । चीनको नयाँ ऊर्जा गाडी एनइभी (एनइभी) निर्माण गर्ने कम्पनी बिवाइडी ले ‘बिवाइडी सेनजेन’ सार्वजनिक गरेको छ। यो संसारकै ठूलो रोल–अन/रोल–अफ कार क्यारियर रहेको कम्पनीको दाबी छ ।
उक्त जहाजले ९ हजार २०० गाडी बोक्न सक्ने क्षमता राख्छ र यो बिवाइडीको दिगो यातायात र अन्तर्राष्ट्रिय विस्तारतर्फको महत्त्वपूर्ण कदम भएको कम्पनीले जनाएको छ ।
चीनको जियाङ्सु प्रान्तको याङझाउमा निर्माण सम्पन्न भएर हालै पानीमा उतारिएको यो २१९ मिटर लामो र ३७.७ मिटर चौडा जहाज एलएनजी डुअल–फ्युल प्रविधि, बिवाइडीका अत्याधुनिक ब्याट्री प्याक, र शाफ्ट जेनेरेटरद्वारा संचालित छ। यी प्रविधिले “बीवाइडी शेन्जेन” लाई संसारकै सबैभन्दा वातावरणमैत्री र कुशल कार क्यारियर बनाएको कम्पनीको दाबी छ।
बिवाइडी सेनजेनले बिवाइडी को बढ्दो जहाजहरूको समूहमा स्थान पाएको बताइएको छ। यसअघि ‘बीवाईडी एक्स्प्लोरर नं. १’, ‘बीवाईडी हेईफेई’ र ‘बीवाईडी चान्जाओ’ जस्ता जहाजहरूले ७, ००० देखि ९,२०० गाडी बोक्ने क्षमता राख्दै अन्तर्राष्ट्रिय बजारमा एनईभी आपूर्ति गरेका थिए ।
बीवाईडीले सन् २०२६ सम्म आफ्नो जहाज संख्या ८ पुर्याउने योजना बनाएको कम्पनीले जनाएको छ । जसले बढ्दो विश्वव्यापी माग पूरा गर्न सहयोग पुर्याउने कम्पनीको विश्वास रहेको छ ।
सन् २०२४ मा बिवाइडी ले ४ लाख १७ हजारभन्दा धेरै विद्युतीय गाडी विदेश पठायो, जुन अघिल्लो वर्षभन्दा ७२ प्रतिशत बढी हो। कम्पनीका अनुसार विद्युतीय गाडीको माग बढ्दै जाँदा बिवाइडी नयाँ प्रविधि, दिगो समाधान र बलियो आपूर्ति प्रणालीसँग अगाडि बढिरहेको छ।
सम्बन्धित समाचार
पोखरामा कात्तिक १४ मा ‘पल्सर आरपीएम’ आयोजना हुँदै, स्टन्ट र स्ट्रीट कल्चर मुख्य आकर्षण
यामाहा ब्लु स्ट्रिक्सद्वारा ‘चङ्गा चेट’ दसैँ राइडको आयोजना, फैलाउँदै देशभर उत्सवको रौनक
ओमोडा जेइकू एनपीएल सिजन ३ को “पावर्ड बाइ” प्रायोजकमा आबद्ध
हाम्स ग्रुपद्वारा नेपालमा विश्वप्रसिद्ध क्यूजे मोटरका मोटरसाइकल तथा स्कुटरहरू सार्वजनिक
नयाँ प्रविधि र दमदार पावरसहित नेपालमा आयो भेस्पा १५० एफआई ओबीडी २ स्टेज बी
१६ सिट क्षमताको विद्युतीय मिनिबस म्याक्सस ईडेलिभर ५ नेपालमा सार्वजनिक, मूल्य ६९ लाख ५० हजार रुपैयाँ
ट्रेन्डिङ
चितवन राइनोजसँग ८ रनले पराजित भयो विराटनगर किंग्स
२०८३ कार्तिक १२ गते बिहीवार ,यस्तो रहेको छ तपाईको आजको राशिफल
चालक नराखी गाडी चलाउने सरकारी अधिकारीले चालकको तलबसमेत पाउने
३ वर्षभित्र ८ शहरमा फ्लडलाइटसहितका क्रिकेट रंगशाला बनाउने सरकारको योजना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
