खाता बन्द गरेको मुद्दामा फेसबुकले ट्रम्पलाइ २५ मिलियन डलर क्षतिपुर्ति दिने
वासिगटन डिसी। मार्क जुकरबर्गको कम्पनी मेटालाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको सबन्ध बिगार्ने कार्य निकै महँगो साबित भएको छ ।
अब मेटाले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई २०२१ मा दायर गरेको मुद्दा सुल्झाउन २५ मिलियन डलर तिर्नु पर्ने भएको । जसमा ट्रम्पले अमेरिकाको क्यापिटल दंगा पछि फेसबुक र इन्स्टाग्रामले आफूलाई गलत तरिकाले सेन्सर गरेको दाबी गरेका थिए ।
अमेरिकी अखबार वाल स्ट्रिट जर्नलले यस सम्झौताको बारेमा जानकारी दिएको छ, रिपोर्टमा यसलाई ट्रम्पको विजयको रूपमा देखाइएको छ। समझौतासँग परिचित व्यक्तिहरूका अनुसार भुक्तानीको २२ मिलियन डलर ट्रम्पको भावी राष्ट्रपति पुस्तकालयको लागि कोषमा जानेछ, जबकि बाँकी रकमले कानुनी शुल्क र मुद्दामा अन्य वादीहरूलाई भुक्तानीहरू कभर गर्नेछ।
जनवरी ६, २०२१ मा ट्रम्प समर्थकहरूले सिर्जना गरेको कोलाहल पछि उनको सोशल मिडिया खाता निलम्बित गरिएको थियो। जस पछि ट्रम्पले एकाउन्ट निलम्बन गरेको भन्दै सोसल मिडिया प्लेटफर्मको कडा आलोचना गरेका थिए तर हालै जुकरबर्ग र एक्सका मालिक एलोन मस्क लगायतका धेरै टेक दिग्गजहरुले ट्रम्पसँग हात मिलाइसकेका छन । मार्क जुकरबर्गले गत हप्ता वाशिंगटनमा ट्रम्पको राष्ट्रपतिको उद्घाटन समारोहमा भाग लिएका थिए।
अमेरिकामा राष्ट्रपति चुनावका क्रममा एलन मस्कसँगै मेटाका मालिक जुकरबर्गले पनि ट्रम्पलाई समर्थन गरेका थिए । ट्रम्पले आफ्नो कार्यकालमा अमेरिकी कम्पनीहरूलाई अगाडि बढाउन धेरै वाचा गरेका छन्। आफ्नो कार्यकालमा ट्रम्पले अमेरिकी कम्पनीहरूलाई अगाडि बढाउन धेरै वाचा गरेका थिए, त्यसपछि अधिकांश व्यवसायी ट्रम्पको समर्थनमा आएका थिए ।
मेटा ट्रम्पलाई भुक्तान गर्ने पहिलो कम्पनी भने होइन, गत डिसेम्बरमा एबीसी न्यूजले ट्रम्पद्वारा दायर गरेको मानहानि मुद्दालाई सुल्झाउन १५ मिलियन तिर्न सहमत भएको थियो। च्यानलका शीर्ष एन्करले ट्रम्पको बारेमा गरेको टिप्पणीलाई लिएर यो मुद्दा दायर गरिएको थियो ।
सम्बन्धित समाचार
अफ्रिकन वुमेन्स फुटबल भोलिदेखि, १६ राष्ट्र सहभागी हुदैँ
फ्रान्समा १५ वर्षमुनिका बालबालिकाका लागि सामाजिक सञ्जालमा प्रतिबन्ध
मुटुको धड्कन बन्द भएको ४० घण्टापछि चीनियाँ नागरिक जिबितै
मनसुनी बाढीका बेला गलत सूचना रोक्न टिकटकले नेपालमा सुरु गर्यो विशेष सर्च गाइड
रणवीर सिंहको ‘प्रलय’ मा प्रियदर्शनकी छोरी कल्याणी मुख्य अभिनेत्री
मनसुनमा लुगा सुकाउने झन्झट अन्त्य गर्दै सिजी मेरिडियाले ल्यायो अत्याधुनिक ‘वाशर ड्रायर’
ट्रेन्डिङ
आइसिसी इमर्जिङ एसिया बैंकिङ अवार्डमा नबिल बैंकलाई ‘ बेस्ट कमर्सियल बैंक,(नेपाल)’ सम्मान
२०८३ साउन ९ गते शनिवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
यस्तो छ आजको मौसम पुर्वानुमान
२३ औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड भदौ १८ गते हुने, गोल्छा ग्रुपसँग सम्झौता नवीकरण
आज हरिशयनी एकादशी : चतुर्मासा व्रत सुरु, बिष्णु र लक्ष्मीको आराधनाले मिल्नेछ शान्ति