यामाहा नेपालले डब्लू टी २० आइ त्रिकोणात्मक श्रृङ्खला २०२५ को टाइटल प्रायोजन गर्ने
काठमाडौं । प्रदर्शन, विश्वसनीयता र उत्कृष्टताको पर्याय ब्रान्ड यामाहा नेपालले माघ १७ देखि २५ गतेसम्म टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आयोजना हुने डब्लूटी २० आइ त्रिकोणात्मक शृङ्खला २०२५ को टाइटल प्रायोजनको घोषणा गरेको छ। तीन प्रतिस्पर्धी राष्ट्रहरू नेपाल, नेदरल्याण्ड्स र थाइल्याण्डबीच हुने यो प्रतियोगिताका खेलहरू दिउँसो १२:१५ बजे सुरु हुनेछन्।
जोश, शुद्धता र शक्तिलाई मूर्त रूप दिने ब्रान्ड यामाहा नेपालको क्रिकेटसँगको सम्बन्धले देशमा खेलकुद र युवा संलग्नतालाई सघाउने विश्वास गरिएको छ। नेपालमा लोकप्रिय खेलहरूमध्येको एक क्रिकेट यामाहा जस्तो गतिशील ब्रान्डसँग जोडिँदा युवा महिला खेलप्रेमीहरूलाई आत्मविश्वास र दृढ संकल्पका साथ आफ्ना सपनाहरू पछ्याउन प्रेरणा मिल्ने छ।
डब्लूटी २० आइ त्रिकोणात्मक शृङ्खलाको बारेमा एमएडब्लू राइड्सका कार्यकारी निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत दीपक कुमार अग्रवालले भने, “यामाहा सधैं खेलभावना, प्रदर्शन र क्षमता अबिवृद्धिमा विश्वास गर्दछ। हाम्रा यी मूल्यहरू यामाहा राइडर र क्रिकेट प्रशंसक दुवैसँग दृढतापूर्वक प्रतिध्वनित हुन्छन्। हामी डब्लूटी २० आइ त्रिकोणात्मक शृङ्खलाको टाइटल प्रायोजक हुन र नेपालमा क्रिकेटको विकासमा योगदान पुर्याउन पाउँदा उत्साहित छौं। यो साझेदारीले खेलकुदलाई सशक्त बनाउने र उत्कृष्टताको संस्कृतिलाई बढावा दिनेछ।”
डब्लूटी २० आइ त्रिकोणात्मक शृङ्खला २०२५ मा तीन अन्तर्राष्ट्रिय टोलीहरू बीचको तीव्र प्रतिस्पर्धाले नेपालमा विश्वस्तरीय क्रिकेटको रोमान्च भित्र्याउने निश्चित छ। यामाहा नेपालको संलग्नतासँगै यो शृंखलाले क्रिकेटप्रेमी, यामाहा प्रशंसक र खेलकुद प्रेमीहरू सबैलाई सहभागी गराई गति, शिल्प र खेलभावनाको रोमाञ्चक संयोजन सिर्जना गर्ने कम्पनीले जनाएको छ।
अत्याधुनिक प्रविधि, उत्कृष्ट प्रदर्शन र असाधारण विश्वसनीयताका लागि परिचित यामाहा एमएडब्लू राइड्स अन्तर्गतको नेपालको अग्रणी दुईपाङ्ग्रे ब्रान्ड हो। नवीनता र ग्राहक सन्तुष्टिप्रति बलियो प्रतिबद्धताका साथ यामाहा देशभरका सवारहरूको लागि मनपर्ने विकल्प बनेको छ।

सम्बन्धित समाचार
बीरगञ्जमा प्रोटोनको ११औँ सोरुम शुभारम्भसँगै ‘ द अल–न्यू प्रोटोन इ.मास ५’ सार्वजनिक
नेपाल बैंकको आकर्षक अटो लोन अफर : नाडा अटो शोमा आधार दरमा ०.४९ प्रतिशत प्रिमियममै कर्जा
‘नाडा अटो शो २०२६’ को स्टल निर्माण तिव्र बन्दैछन् २०० बढी स्टलहरु,हेर्नुहोस् फोटो फिचरमा
१८औं नाडा अटो शो भदौ ९ गतेदेखि भृकुटीमण्डपमा सुरु हुदैँ : जी १ ह्युमनोइड रोबोट र गो २ क्वाड्रुपेड रोबोट प्रमुख आकर्षण
१८औं नाडा अटो शोमा ५३ सवारी ब्राण्डसहित अटोमोबाइल उद्योगको भव्य प्रदर्शनी
जनकपुरमा प्रोटोनको १०औँ सोरुम, सोरुम शुभारम्भसँगै ‘द अल–न्यू प्रोटोन इ.मास ५’ सार्वजनिक
ट्रेन्डिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

