यस्तो छ आजको मौसम पूर्वानुमान
काठमाडौं । हाल देशमा पश्चिमी वायूको सामान्य प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश लगायत बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ । तराईका धेरै स्थानहरूमा हुस्सु र कुहिरो लागेको छ ।
दिउँसो सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश लगायत गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहनेछ। सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेश लगायत लुम्बिनी प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागमा हल्का वर्षाको संभावना रहेको छ। सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश लगायत गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू भागमा हल्का हिमपातको सम्भावना रहेको छ।
राती भने सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश लगायत गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहनेछ। सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेश लगायत गण्डकी प्रदेशको पहाडी भू-भागमा हल्का वर्षाको संभावना रहेको छ। सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश लगायत गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना रहेको छ।
बिहानको समयमा देशका तराई तथा उपत्यकाका केही स्थानहरूमा हुस्सुरकुहिरोको सम्भावना रहेकोले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, यातायात तथा हवाई उडानमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
सम्बन्धित समाचार
आज तराईका केही भूभागमा बिहानपख हुस्सु लाग्ने
आज तराईका अधिकांश क्षेत्रमा हुस्सुको प्रभाव, चिसो बढ्ने क्रम जारी
आज तराईका केही स्थानमा हुस्सु लाग्ने
यस्तो छ आजको मौसम पुर्वानुमान
कुलेखानी जलाशयको सतह १,५२५ मिटर नाघेपछि तल्लो तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह
अविरल वर्षापछि कृष्णभीरमा पहिरो, सडक आवागमन प्रभावित
ट्रेन्डिङ
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
ब्ल्याक+डेकरको ”दशैं विथ ब्ल्याक+डेकर” योजना सार्वजनिकः बम्परमा भियतनाम भ्रमणको अवसर
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
भृकुटीमण्डपमा बजाजको ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल सुरु
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
