• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        शनिबार, कार्तिक २३, २०८२
शनिबार, कार्तिक २३, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

२०८२ साल कार्तिक २३ गते आईतबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

हिरो व्राण्डको पारखीहरुका लागि खुशीको खबर : नेपालमा पहिलो पटक हिरो व्राण्डको सर्भिसका साथै एक्सचेन्ज महामेला २०८२

एनआईसी एशिया बैंकको नाफा १०.५३ प्रतिशतले बढ्यो

सीजी मोटर्सले थापाथलीमा संचालनमा ल्यायो नयाँ आयन र एक्स्पेङ ‘एक्स्पेरिएन्स सेन्टर’

कुमारी बैंकको नाफा २.०१ प्रतिशतले घट्यो

यूरो एनक्याप टेस्टमा एवोन भीलाई फाइभ स्टार सेफ्टी रेटिङ प्राप्त

नेपाल दक्षिण अफ्रिकासँग पराजित

लमजुङमा जिप दुर्घटना हुँदा दुईको मृत्यु

प्रभु बैंकको पनि नाफा प्रतिशत घट्यो

लोकप्रिय समाचार

  • १. २०८२ साल कार्तिक १८ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • २. २०८२ साल कार्तिक १९ गते बुधबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ३. २०८२ साल कार्तिक १७ गते सोमबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ४. नेपाल प्रिमियर लिगको दोस्रो सिजनका लागि विराटनगर किङ्समा पुन : मार्टिन गुप्टिल

  • ५. २०८२ साल कार्तिक २० गते बिहिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ६. २०८२ साल कार्तिक २१ गते शुक्रबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ७. कृषकका लागि सहज ऋण : कृषि विकास बैंकले ल्यायो ६.४९% ब्याजदरमा नयाँ योजना

  • ८. चार उद्योगले तिरे विद्युत् महसुलको बक्यौता

  • ९. रवि र छविको मुद्दामा जिल्लाको फाईल झिकाउन आदेश

  • १०. एनसेलका डेटा प्याक प्रयोगकर्ताहरुलाई मेटलाइफको बीमा सुरक्षा

उर्लाबारीका आइफोन रिटेलर कार्कीको पसलबाट तीन करोड बढीको मोबाइल चोरी

काठमाडौं । मोरङको उर्लाबारी नगरपालिका-५ मा रहेको ‘मोबाइल वर्ल्ड’ पसलमा चोरी भएको छ।

उर्लाबारी नगरपालिका-७ का योगराज कार्कीले सञ्चालन गर्दै आएको मोबाइल वर्ल्डमा सोमबार बिहान राति चोरी भएको हो।

सटरको ताला फुटाएर एक समूहले कार्कीको पसलबाट ठूलो परिमाणमा मोबाइल तथा नगद चोरी गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।

मोरङ प्रहरी प्रमुख प्रहरी उपरीक्षक नारायणप्रसाद चिमरियाका अनुसार सटरको ताला फुटाएर विभिन्न ब्रान्डका मोइबाल तथा नगद चोरी भएको हो।

‘बिहान राति १२ देखि १ बजेको समयमा चोरी भएको अनुमान गरिएको छ, के कति परिमाणमा मोबाइल तथा नगद चोरी भएको भन्नेबारे हाम्रो टोलीले घटनास्थल पुगेर अनुसन्धान सुरू गरेको छ,’ चिमरियाले भने, ‘चोरी गर्ने समूहको खोजीमा प्रहरी जुटेको छ।’

पसल खोल्न जाँदा चोरी भएको थाहा पाएपछि सञ्चालक कार्कीले इलाका प्रहरी कार्यालय उर्लाबारीमा सोमबार बिहान ९ बजे खबर गरेका थिए। त्यसपछि इलाका प्रहरी कार्यालय उर्लाबारी र जिल्ला प्रहरी कार्यालयको टोलीले अनुसन्धान थालेको छ।

सञ्चालक कार्कीका अनुसार पसलको गल्लाबाट ९ लाख रुपैयाँ नगद चोरी भएको छ। यसबाहेक विभिन्न ब्रान्डका साढे तीन सय थान मोबाइल चोरी भएको छ।

कार्की मुख्यतया पूर्वमा एप्पल कम्पनीको आइफोन मोबाइलका रिटेलर व्यवसायीको रुपमा परिचित छन्। उनले आइफोन नयाँ र पुराना (सेकेन्डह्यान्ड) मोबाइल बिक्री गर्दै आएका छन्।

यसबाहेक उनले सामसङ, रियलमी, रेडमी कम्पनीका मोबाइलहरू बिक्री गरिरहेका छन्।  ‘एप्पलका नयाँ र पुराना मात्रै गरेर एक करोड रुपैयाँको मोबाइल चोरी भएको छ,’ कार्कीले भने, ‘विभिन्न ब्रान्डका मोबाइल गरेर ३५० थान चोरी भएको छ।’

सबै विवरण मूल्यांकन गर्दा तीन करोड बढीको सामान चोरी भएको कार्कीले बताए। उनका अनुसार चोरी गर्ने समूहले उर्लाबारी चोकबाट दुई सय मिटर पश्चिममा बोरामा खोल फालेर मोबाइल तथा चार्जरहरू लगेको देखिएको बताए।

‘सञ्चालकले तीन-चार करोडको सामान हराएको भन्नुभएको छ, के कति चोरी भएको हो अनुसन्धान समूहले विस्तृत विवरणको लेखा-जोखा गरिरहेको छ,’ प्रहरी उपरीक्षक चिमरियाले भने।

सञ्चालक कार्कीले आफ्नो व्यवसायमा ठूलो नोक्सानी भएकाले चाँडो अनुसन्धान गरी चोरी गर्ने समूहलाई कानुनी दायरामा ल्याउन माग गरेका छन्। ‘मेरो सर्वस्व लुटिएको छ, चोरी गर्ने समूहको पहिचान चाँडै होस्, म न्यायको प्रतिक्षामा छु,’ कार्कीले भने।

कार्की विगत १८ वर्षदेखि उर्लाबारीमा मोबाइल पसल सञ्चालन गर्दै आएका छन्। यसअघि २०८० साल भदौमा समेत कार्कीको पसलबाट लाखौंको चोरी भएको थियो।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    एनआईसी एशिया बैंकको नाफा १०.५३ प्रतिशतले बढ्यो
    कुमारी बैंकको नाफा २.०१ प्रतिशतले घट्यो
    नेपाल दक्षिण अफ्रिकासँग पराजित

    लोकप्रिय

    २०८२ साल कार्तिक १८ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    २०८२ साल कार्तिक १९ गते बुधबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    २०८२ साल कार्तिक १७ गते सोमबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    नेपाल प्रिमियर लिगको दोस्रो सिजनका लागि विराटनगर किङ्समा पुन : मार्टिन गुप्टिल

    २०८२ साल कार्तिक २० गते बिहिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    ताजा

    २०८२ साल कार्तिक २३ गते आईतबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    हिरो व्राण्डको पारखीहरुका लागि खुशीको खबर : नेपालमा पहिलो पटक हिरो व्राण्डको सर्भिसका साथै एक्सचेन्ज महामेला २०८२

    एनआईसी एशिया बैंकको नाफा १०.५३ प्रतिशतले बढ्यो

    सीजी मोटर्सले थापाथलीमा संचालनमा ल्यायो नयाँ आयन र एक्स्पेङ ‘एक्स्पेरिएन्स सेन्टर’

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    Recent Posts

    • २०८२ साल कार्तिक २३ गते आईतबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल
    • हिरो व्राण्डको पारखीहरुका लागि खुशीको खबर : नेपालमा पहिलो पटक हिरो व्राण्डको सर्भिसका साथै एक्सचेन्ज महामेला २०८२
    • एनआईसी एशिया बैंकको नाफा १०.५३ प्रतिशतले बढ्यो
    • सीजी मोटर्सले थापाथलीमा संचालनमा ल्यायो नयाँ आयन र एक्स्पेङ ‘एक्स्पेरिएन्स सेन्टर’
    • कुमारी बैंकको नाफा २.०१ प्रतिशतले घट्यो

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2025 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.