• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
१७ जेठ २०८३, आइतबार
१७ जेठ २०८३, आइतबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

२०८३ जेठ १६ गतेदेखि २२ गतेसम्म कस्तो रहला त तपाईको भाग्य, हेर्नुहोस् साप्ताहिक राशिफल
  • १३ घण्टा 

के तपाई खरबुजा किन्दै हुनुहुन्छ ? जान्नुहोस् राम्रो र बिग्रिएको फल चिन्ने तरिका
  • १३ घण्टा 

एसियन स्मार्ट एग्रोको बृहत अन्तरक्रिया सम्पन्न :  निर्वाहमुखी कृषिलाई व्यावसायिक बनाइने
  • १५ घण्टा 

भुर्तेलको कीर्तिमानी शतकमा चीनमाथि नेपालको २२१ रनको शानदार जित
  • १६ घण्टा 

लिपुलेक समस्या समाधानका लागि संवाद भइरहेको छ :  प्रधानमन्त्री बालेन
  • १७ घण्टा 

साउनदेखि कुन कर्मचारीले कति तलब पाउँछन् ?
  • १७ घण्टा 

एसियन गेम्स छनोटमा कुशल भुर्तेलको ऐतिहासिक कीर्तिमान
  • १९ घण्टा 

भन्सार दर वृद्धि गरेसँगै ह्वात्तै बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
  • १९ घण्टा 

ट्रक दुर्घटना हुँदा चालकको निधन
  • २० घण्टा 

लोकप्रिय समाचार

  • १. आकर्षक डिजाइन र उत्कृष्ट पर्फमेन्ससहित शाओमीले सार्वजनकि गर्यो नयाँ ९.७ इन्चको ‘रेडमी प्याड २’

  • २. देशका विभिन्न भूभागमा बदली, वर्षा र हुरी चल्ने पूर्वानुमान

  • ३. कजारिया रमेश टायल्स र मिस नेपालको नयाँ ‘डाइन विथ द डिभाज’ अभियान सार्वजनिक, विजेताले डिभाजसँग डिनर गर्ने अवसर पाउने

  • ४. चेम्बर अध्यक्ष अग्रवाल र साउदी राजदूत मनिकरबीच द्विपक्षीय व्यापार तथा लगानीबारे छलफल

  • ५. प्रि ओपन सेसनमा घट्यो नेप्से परिसूचक

  • ६. आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

  • ७. कस्तो छ आजको मौसम पूर्वानुमान ?

  • ८. अर्थतन्त्रको आकार ६६ खर्ब, प्रतिव्यक्ति आय १ हजार ५ सय ३५ अमेरिकी डलर पुग्ने अनुमान

  • ९. ट्रक दुर्घटना हुँदा चालकको निधन

  • १०. २०८३ जेठ १२ गते मंगलबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

स्कोडा नेपालले ल्यायो ६.९९ प्रतिशत ब्याजदरमा ८० प्रतिशत फाइनान्सिङ बेजोड योजना

जानकारी केन्द्र २०८१, माघ, २८

काठमाडौं । स्कोडा नेपालले विलासी, सुरक्षित र प्रिमियम ड्राइभिङ अनुभवहरूलाई अझै बढी पहुँचयोग्य बनाउन एक नवीन फाइनान्सिङ योजना घोषणा गरेको जनाएको छ। स्कोडा नेपालले इन्टरनल कम्बसिबल इन्जिन (ICE) सवारी साधन खण्डमा पहिलो पटक वार्षिक ६.९९प्रतिशतको अविश्वसनीय एवम् आकर्षक ब्याजदरमा सवारी साधनलाई ८०प्रतिशतसम्म फाइनान्सिङ प्रदान गर्ने  बताइएको छ। यो पहलले अटोमोबाइल बजारमा किफायतीपनलाई पुन: परिभाषित गर्दै ग्राहकहरूलाई विद्युतीय सवारी साधन (EVs) को जस्तै स्वामित्व अनुभव प्रदान गर्ने लक्ष्य राखेको  बताइएको छ।

यो फाइनान्सिङ योजना प्रायः ग्राहकहरूलाई प्रिमियम सवारी साधनको स्वामित्व लिनबाट रोक्ने उच्च अग्रिम लागतहरूलाई सम्बोधन गर्न सुरु गरिएको जनाइएको छ । स्कोडा नेपालले अतुलनीय विलासिता, सुरक्षा र विश्वसनीयताको लागि परिचित स्कोडा सवारी साधनहरूको आनन्द लिनका लागि वित्तीय अवरोधहरू कम गरेर ठूलो सङ्ख्याका ग्राहकहरूलाई सशक्त बनाउन लागेको जनाएको छ। यो अफरले राजमार्गको आरामदायी यात्रा होस् वा ड्राइभिङको प्रिमियम अनुभव लिन खोज्ने हुन्, धेरै ग्राहकहरूको सपनालाई वास्तविकता बनाउने उद्देश्य राखेको कम्पनीले जनाएको छ।

यो विशेष फाइनान्सिङ योजना सीमित अवधिको लागि मात्र उपलब्ध हुनेछ। यस अफरको बारेमा थप जानकारीको लागि ग्राहकहरूले नेपालभरका स्कोडा शोरूमहरूमा गएर बुझ्न सक्नेछन्। सम्भावित ग्राहकहरूलाई अति अनुकूल हुने सर्तहरूमा स्कोडा गाडीको स्वामित्व लिन पाउने यो विशेष अवसरको छिटो फाइदा उठाउन समेत कम्पनीले आग्रह गरेको छ ।

नेपालमा ईभीहरूले निरन्तर रूपमा आकर्षण प्राप्त गरिरहँदा स्कोडा नेपालको यस फाइनान्सिङ योजनाले सबैका लागि समान अवसर निर्माण गर्ने निश्चित छ। ग्राहकहरूले अब स्कोडा आईसीई सवारी साधनहरूको अतुलनीय सुविधाहरू र ईभीसँग सम्बन्धित किफायतीपन दुवैको आनन्द लिन सक्छन्। यो पहल विकसित बजारमा मूल्य र नवीनता प्रदान गर्ने स्कोडाको प्रतिबद्धताको प्रमाण  भएको कम्पनीको भनाइ छ ।

स्कोडा नेपालका एक्जूटिव डायरेक्टर र सीईओ रौनक अग्रवालले भने, “हाम्रा ग्राहकहरू विलासिता, सुरक्षा र विश्वसनीयताको सन्दर्भमा उत्कृष्ट सवारी साधनको हकदार हुनुहुन्छ र हामी वहाँहरूलाई त्यसका लागि सजिलो बनाइरहेका छौं। यो योजनाले सवारी साधनहरू मात्र नभई समाधानहरू पनि अफर गर्ने हाम्रो समर्पणलाई प्रतिबिम्बित गर्दछ।”

स्कोडा विश्वव्यापी रूपमा मान्यता प्राप्त एक अटोमोटिभ ब्रान्ड हो जसमा नवीनता, इन्जिनियरिङ उत्कृष्टता र ग्राहक सन्तुष्टिको समृद्ध विरासत रहेको छ। प्रिमियम गुणस्तर, उत्कृष्ट प्रदर्शन र उन्नत सुरक्षा सुविधाहरूका लागि परिचित स्कोडाले निरन्तर रूपमा अटोमोटिभ संसारमा नयाँ बेन्चमार्कहरू स्थापित गरिराखेको छ। यस फाइनान्सिङ योजनाका साथ स्कोडा नेपालले नेपाली अटोमोटिभ बजारको एक अग्रणीको रूपमा आफ्नो स्थिति अझै बलियो बनाएको बताएको  छ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
वैद्य अर्गनाइजेशनले पायो अल्ट्राभोइलेटको आधिकारिक बिक्रेता, एक्स ४७ क्रसओभर ल्याउँदै
बाढी, पहिरो र सडक मर्मतले देशका प्रमुख राजमार्ग प्रभावित, कतै पूर्ण बन्द त कतै एकतर्फी सञ्चालन
२४ घण्टामा १,७७३ चालक कारबाहीमा, ट्राफिकबाट ६ लाखभन्दा बढी राजस्व सङ्कलन

ताजा

२०८३ जेठ १६ गतेदेखि २२ गतेसम्म कस्तो रहला त तपाईको भाग्य, हेर्नुहोस् साप्ताहिक राशिफल

के तपाई खरबुजा किन्दै हुनुहुन्छ ? जान्नुहोस् राम्रो र बिग्रिएको फल चिन्ने तरिका

एसियन स्मार्ट एग्रोको बृहत अन्तरक्रिया सम्पन्न :  निर्वाहमुखी कृषिलाई व्यावसायिक बनाइने

भुर्तेलको कीर्तिमानी शतकमा चीनमाथि नेपालको २२१ रनको शानदार जित

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.