ट्रम्प र पुटिन बिच टेलिफोन बार्ता, ट्रम्प भन्छन्- युक्रेनसँग युद्द रोक्न मस्को तयार
वासिंगटन डिसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रूसी राष्ट्रपति भ्लादिमिर पुटिन बिच टेलिफोन बार्ता भएको छ।राष्ट्रपतिमा निर्वाचित भएपछि पहिलो पटक पुटिनसँग ट्रम्पले टेलिफोन बार्ता गरेका हुन्। उनले राष्ट्रपति निर्वाचनको दौरानमा रूस-युक्रेन युद्द रोक्न पहल गर्ने प्रतिबद्दता जनाएका थिए, जसलाई कार्यान्वयनमा लैजान खोजिरहेका छन्।
बुधबार रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग “लामो” वार्ता भएको ट्रम्प स्वयंमले आफ्नो सोसियल मिडिया ट्रुथमार्फत जानकारी दिएका हुन् । उनका अनुसार जारी युक्रेनसँग युद्धको बारेमा कुरा गर्दै पुटिन “तुरुन्तै” वार्ता सुरु गर्न सहमतसमेत भएका छन्।
“हामी सँगै काम गर्न सहमत भयौं, एक अर्काको राष्ट्रहरूको भ्रमण सहित, धेरै नजिकबाट,” ट्रम्पले बुधवार ट्रुथ सोशलमा पोस्ट गरे, “हामीले हाम्रा सम्बन्धित टोलीहरूलाई तुरुन्तै वार्ताको पहल र वतावरण बनाउनका लागि प्रकिया सुरु गर्न निर्देशन दिन पनि सहमति जनाएका छौं र हामी युक्रेनका राष्ट्रपति जेलेन्स्कीलाई फोन गरेर उनलाई यो वार्तालापको बारेमा जानकारी गराउन छौं, जुन मैले अहिले गरिरहेको छु।`
उनले अगाडि भनेका छन, `मैले विदेश सचिव मार्को रुबियो, सीआईएका निर्देशक जोन रेटक्लिफ, राष्ट्रिय सुरक्षा सल्लाहकार माइकल वाल्ट्ज, र राजदूत, विशेष दूत, स्टीव, विट्भेट, विशेष प्रतिनिधिलाई सोधेको छु र यो प्रयास दृढतापूर्वक सफल हुनेछ।”
रुस र युक्रेनबीच फेब्रुअरी २०२२ देखि युद्ध जारी छ, रूसले आफ्नो छिमेकी राष्ट्रलाई पहिलो पटक आक्रमण गरिरहेको छ।
ट्म्पले चुनावी अभियानको क्रममा बारम्बार भनिरहेका थिए कि यदि उनी २०२१ मा राष्ट्रपति भएको भए युद्ध सुरु हुने नै थिएन र पुन: निर्वाचित भएमा युद्ध अन्त्य गर्ने वाचा पनि गरेका थिए।
ट्रम्पले आफ्नो ट्रुथ सोशल पोष्टमा अगाडि भनेका छन, `हामीले दोस्रो विश्वयुद्धको अन्त्यका लागि रूससँग मिलेर गरिएको सहयोग तथा अहिले दशकौं पछाडि जाँदै गरेको अमेरिका-रूस सम्बन्धको बारेमा छलफल गरेको छौं ।´
`खासमा हामी दुबैले हाम्रा राष्ट्रहरूको महान इतिहासलाई प्रतिबिम्बित गर्यौं र हामीले दोस्रो विश्वयुद्धमा सँगै लड्यौं भन्ने तथ्यलाई सम्झियौं, त्यो बेला रसियाले दशौं लाख मानिसहरू गुमायो र हामीले पनि धेरै गुमायौं,” ट्रम्पले पुटिनसँगको आफ्नो टेलिफोन बार्ता पछि ट्रुथमा पोस्टमा भने ।
सम्बन्धित समाचार
डिओमान्डे बने इतिहासकै सबैभन्दा महँगा अफ्रिकी फुटबल खेलाडी
विश्वकप फाइनलमा विवादमा परेका अजेन्टिनाका ३ खेलाडीलाई पिफाको कारबाही
एक लाखको फिल्मले पायो अप्रत्याशित सफलता,कमाइ २ अर्ब नजिक
जापानमा ५ हजार खेलाडीलाई खेल अवधिभर पानीजहाजमै राखिने
फिफा बिजेता स्पेनिस कप्तान रोड्री ६.८४ करोड डलरमा बार्सिलोनामा
चीनले विकास गर्यो धुलोभन्दा सानो चिप्स,पानीमुनी रहेका जहाज (पनडुब्बी) पत्ता लगाउन सक्ने दाबी
ट्रेन्डिङ
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नेपाल बैंकको आकर्षक अटो लोन अफर : नाडा अटो शोमा आधार दरमा ०.४९ प्रतिशत प्रिमियममै कर्जा

