‘डिभी’ कार्यक्रम अन्त्य गर्ने अमेरिकाको तयारी
काठमाडौँ । अमेरिकाको संसदमा ‘डाइभर्सिटी इमिग्रेन्ट भिसा प्रोग्राम’ अर्थात् (डिभी) अन्त्य गर्नेसम्बन्धी विधेयक पेश भएको छ । रिपब्लिकन प्रतिनिधि माइक कोलिन्सले अमेरिकाको सुरक्षा र निष्पक्षता सुधार्ने विधेयक २०२५ संसदमा प्रस्तुत गर्नु भएको हो ।
विधेयको मुख्य उद्देश्य जारी भिसा लट्री अन्त्य गर्नु रहेको अमेरिकी सञ्चारमाध्यम फक्स न्यूजले जनाएको छ । रिपब्लिकन सांसदहरूले डिभी लट्री कार्यक्रम अन्त्य गर्ने तयारीसहित विधेयक प्रस्तुत गरिएको हो ।
सांसदहरूले कम्प्युटर कोडका आधारमा भिसा वितरण गर्दा राष्ट्रिय सुरक्षालाई कमजोर पारिरहेको तर्क गरेका छन । अमेरिकी विदेश विभागले सञ्चालन गरिरहेको डिभी प्रोग्रामले वार्षिक झन्डै ५५ हजार जना आप्रवासीलाई ‘ग्रीन कार्ड’ दिने गरेको छ ।
आप्रवासी छनोट गर्दा योग्यतामा आधारित हुनुपर्नेमा कोडको आधारमा हुँदा राष्ट्रिय सुरक्षा चिन्ता बढाउने संसादहरूको भनाइ छ । भिसा लट्री समाप्त गर्ने विधेयकले अमेरिकाको बिग्रिएको अध्यागमन प्रणालीलाई सुधार गर्ने संसदमा पेश भएको विधेयकमा उल्लेख छ ।
अमेरिकामा यसअघि पनि डिभी भिसा कार्यक्रमलाई लिएर आलोचना हुने गरेको थियो । संसदमा रिपब्लिकनको बहुमत रहेको र सो पार्टीबाट राष्ट्रपति बनेका डोनाल्ड ट्रम्पले पनि आप्रवासी नीतिमा कडाइ गरिरहनुभएकोले विधेयक पारित भएर डिभी कार्यक्रम रोकिने सम्भावना रहेको फक्स न्यूजले उल्लेख गरेको छ ।
सम्बन्धित समाचार
गोदरेज एप्लायन्सेसले ल्यायो उत्सव योजना ‘मनैदेखि वाउ !’
यस्तो छ आजको विदेशी मुद्रा विनिमयदर
यामालले पूरा गरे ५०औँ गोल, हालान्डको रेकर्ड भने कायमै
भारतले राख्याे नेपालका बाढी पीडितलाई उच्च प्राथमिकतामा, थप सहयोग पठाउने
नेपाललाई आपतकालीन सहयोग दिने चीनको निर्णय
डिओमान्डे बने इतिहासकै सबैभन्दा महँगा अफ्रिकी फुटबल खेलाडी
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
वीरगंजमा नयाँ शोरूम संचालनमा ल्याउँदै कजारिया रमेश टायल्सको बजार विस्तार
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
टिकटकको एआई कन्टेन्टमा कडाइ: ८ करोड ६० लाख नक्कली अकाउन्ट हटाइयो, ३ अर्ब भिडियोमा एआई लेबल
कोका–कोलाको ‘भरौँ खुसी’ अभियान, हवाई र बस टिकट जित्ने मौका
