समुन्द्र तटमा देखियो ‘प्रलय माछा’, के पृथ्वीमा प्रलय हुन लागेको हो ?
बार्सिलोना । पृथ्वीमा कुनै प्रकोप हुन गइरहेको त छैन वा यो कुनै ठूलो प्रकोपको संकेत हो ? सामाजिक सञ्जालमा एउटा भिडियो व्यापक रूपमा सेयर भइरहेको छ र नेटिजेन्सले त्यसलाई लिएर चिन्ता व्यक्त गरिरहेका छन्।
वास्तवमा, भर्खरै यस्तो माछा एट्लान्टिक महासागरको क्यानरी टापुको छेउछाउको तटमा देखिएको थियो। जसलाई मानिसहरू दुर्लभ ‘डुम्सडे फिश’ अर्थात् ‘प्रलय माछा’ भनेर सम्बोधन गर्छन्। गहिरो पानीमा बस्ने यो माछा स्पेनको लास पालमासको किनारमा आए पछि थप पीडा परेर मरेको बताइएको छ । त्यस यता उक्त क्षेत्रमा कुनै ठुलो अप्रिय घटना हुनसक्ने आशंकाले मानिसहरु त्रासमा रहेका छन् ।
यहाँ उल्लेख गरिएको माछा ‘ओअरफिस’ हो। यो समुद्र बाहिर विरलै देखिन्छ किनभने यो समुद्रको निकै गहिराईमा बस्ने गर्छ । ओआरफिसलाई ‘डूम्सडे फिश’ जहाँ देखिन्छ, त्यहाँ केही नराम्रो अवश्य हुने जनविश्वास छ । यसअघि यो माछा समुन्द्र बाहिर देख्दा भूकम्पले ठूलो क्षति पु¥याउने दाबी गरिदै आएको छ ।
इनसाइड हिस्टरी इन्स्टाग्राम ह्यान्डलले साझा गरेको भिडियोमा एउटा ओअरफिस समुन्द्रको किनारमा तैरिरहेको देख्न सकिन्छ। अन्य माछाको तुलनामा अर्फिस आकारमा पूर्णतया फरक हुने गर्दछ । टाउकोमा सानो रातो हड्डी छ जबकि शरीर चम्किलो चाँदी झै देखिन्छ । यो ११ मिटर अर्थात् ३६ फिट लामो रहेको छ ।
भिडियोमा तपाईले देख्नु हुनेछ कि माछा किनारमा पुग्ने बित्तिकै मर्छ। यस क्रममा एक व्यक्तिले माछालाई पानीमा छाड्ने असफल प्रयाससमेत पनि गरि रहेका थिए ।
जापानी लोककथाका अनुसार गहिरो समुद्रको यो माछाले भूकम्प वा सुनामीको संकेत गर्ने सक्ने जनविश्वास रहि आएको छ । जापानीहरू ओराफिसलाई ‘विपत्तिको चिन्ह’ को रूपमा मान्छन्, यो माछा समुन्द्र बाहिर देखिएमा केही न केही प्रलय हुन्छ भन्ने जापानीहरूको विश्वास रहदैँ आएको छ ।
सन् २०११ मा फुकुसिमामा गएको शक्तिशाली भूकम्प अघि समुन्द्रको किनारमा ओर्फिस देखिएको बताइएको छ । गत वर्ष लस एन्जलसमा भूकम्प गएको बेला अमेरिकाको क्यालिफोर्नियामा पनि ओर्लफिस देखिएको थियो ।
यद्यपि वैज्ञानिकहरूले भनेका छन् कि ओआरफिशको राम्रो चिन्ह वा खराब चिन्हसँग कुनै सम्बन्ध छैन्। ओरिफिसहरू बिरामी हुँदा वा बाटो गुमाउँदा मात्र सतहमा आउँछन्। यस्तो अवस्थामा किनारमा पुग्दा मर्छ । यो दुर्लभ घटनाको रूपमा हेरिन्छ किनभने यो धेरै वर्षमा एक पटकमात्रै आरिफिसलाइ पृथ्वीको सतहमा देख्न सकिन्छ।
सम्बन्धित समाचार
अब सात प्रदेशका नागरिकले काठमाडौँ उपत्यकाबाटै लिन सक्नेछन् नागरिकताको प्रतिलिपि
एलजी वाटर प्युरिफायरले नेपाली बजारमा बढाउँदै आफ्नो लोकप्रियता
दशैं–तिहारको पारिवारिक भोजलाई अझ सहज बनाउँदै माइडियाको फ्री–स्ट्यान्डिङ कुकिङ रेन्ज
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
ट्रेन्डिङ
चितवन राइनोजसँग ८ रनले पराजित भयो विराटनगर किंग्स
चालक नराखी गाडी चलाउने सरकारी अधिकारीले चालकको तलबसमेत पाउने
३ वर्षभित्र ८ शहरमा फ्लडलाइटसहितका क्रिकेट रंगशाला बनाउने सरकारको योजना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
