परमाणु बम हमला भए पनि अब जोगिन सकिने, चिनियाँले गरे नयाँ खोज
बेइजिङ । विश्वका आधाभन्दा बढी देश प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा युद्धको चपेटामा परिरहेका छन् । तीमध्ये रुस र उत्तर कोरियाजस्ता आणविक धनी देशहरू पनि युद्दको अवस्थामा छन्। आणविकलाई सबैभन्दा खतरनाक रासायनिक हतियार मानिन्छ। १०० परमाणु बमको विस्फोटबाट सम्पूर्ण विश्व ध्वस्त हुने वैज्ञानिकहरुले जनाउँदै आएका छन्, जबकी विश्वमा १ हजारजति परमाणु बम रहेको अनुमान गरिएको छ।
यसैबीच चिनियाँ वैज्ञानिकहरूले आणविक आक्रमणबाट पीडित मानिसहरूलाई बचाउन सक्ने स्वास्थ्य सामाग्रीको विकास गरेको जनाएका छन्। साउथ चाइना मर्निङ पोस्टका अनुसार चिनियाँ वैज्ञानिकहरूले मुसामा अनुसन्धान गरेर उनीहरूले तयार पारेको उपचारले क्यान्सर र आणविक आक्रमणबाट बच्न सक्ने पत्ता लगाएका हुन ।
चाखलाग्दो कुरा के छ भने विश्वका अधिकांश देश युद्धमा फसेका बेला चीनले यो नयाँ खोज गरेको हो । गुआन्झाउ इन्स्टिच्युट अफ बायोमेडिसिन एण्ड हेल्थका एसोसिएट रिसर्च फेलो सन यिरोङको नेतृत्वमा गरिएको अनुसन्धान अनुसार ‘स्टिङ’ नामक प्रोटिन वा ‘इन्टरफेरोन जीन’ को ‘स्टिमुलेटर’ लाई शरीरबाट निकालियो भने शरीरले आणविक आक्रमणलाई समेत सामना गर्न सक्ने जनाइएको छ।
अनुसन्धान प्रतिवेदनमा भनिएको छ कि मुसामा गरिएको प्रयोगको क्रममा यसको बाँच्ने क्षमता ११ प्रतिशतबाट बढेर ६७ प्रतिशत पुगेको देखिएको थियो । यसको मतलब यो प्रयोग सफल भयो भने कुनै पनि ब्यक्तिले परमाणु हमलासमेत सहन सक्नेछ । वैज्ञानिकहरुका अनुसार शरीरमा रहेको ‘स्टिङ प्रोटिन’ का कारण मृत्यु कोशिकाहरु सक्रिय हुन्छन् । त्यसलाई हटाउने प्रावधान राखियो भने आणविक हमला कमजोर साबित हुन सक्छ ।
हालसम्म भएका धेरै अनुसन्धानहरूमा यो पत्ता लागेको छ कि आक्रमणबाट तुरुन्तै मृत्युका कारण ‘रेडियो एक्टिभ विकिरण’ लाइ मानिदै आएको छ । जापानको हिरोसिमा र नागासाकीमा अमेरिकाले गरेको परमाणु हमलामा ‘रेडियो एक्टिभ विकिरण’ मुख्य प्रभाव देखिएको थियो।
यही कारणले गर्दा वैज्ञानिकहरूले परमाणु बमलाई सबैभन्दा खतरनाक मान्ने गर्छ । तर, अब चीनको यो हालैको अनुसन्धानले विश्वमा नयाँ हलचल मच्चाउन सक्ने जनाइएको छ ।
सम्बन्धित समाचार
अफ्रिकन वुमेन्स फुटबल भोलिदेखि, १६ राष्ट्र सहभागी हुदैँ
फ्रान्समा १५ वर्षमुनिका बालबालिकाका लागि सामाजिक सञ्जालमा प्रतिबन्ध
मुटुको धड्कन बन्द भएको ४० घण्टापछि चीनियाँ नागरिक जिबितै
मनसुनी बाढीका बेला गलत सूचना रोक्न टिकटकले नेपालमा सुरु गर्यो विशेष सर्च गाइड
रणवीर सिंहको ‘प्रलय’ मा प्रियदर्शनकी छोरी कल्याणी मुख्य अभिनेत्री
मनसुनमा लुगा सुकाउने झन्झट अन्त्य गर्दै सिजी मेरिडियाले ल्यायो अत्याधुनिक ‘वाशर ड्रायर’
ट्रेन्डिङ
आइसिसी इमर्जिङ एसिया बैंकिङ अवार्डमा नबिल बैंकलाई ‘ बेस्ट कमर्सियल बैंक,(नेपाल)’ सम्मान
२०८३ साउन ९ गते शनिवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
यस्तो छ आजको मौसम पुर्वानुमान
२३ औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड भदौ १८ गते हुने, गोल्छा ग्रुपसँग सम्झौता नवीकरण
आज हरिशयनी एकादशी : चतुर्मासा व्रत सुरु, बिष्णु र लक्ष्मीको आराधनाले मिल्नेछ शान्ति