हमासले इजरायललाई पठायो नयाँ, शिरी बिबासको भएको दाबी
काठमाडौँ । हमासले शुक्रबार साँझ रेडक्रसलाई हस्तान्तरण गरिएको नयाँ शव इजरायली बन्धक शिरी बिबासको भएको दाबी गरेको छ । इजरायली चिकित्सा अधिकारीहरूले शवको अनुसन्धान गरिरहेको बताएका छन् ।
यसअघि हमासले बिहीबार इजरायललाई चार शव हस्तान्तरण गरेको थियो । तर, शवको फोरेन्सिक जाँच गरेपछि इजरायलले उक्त शव शिरी बिबासको नभई एक अपरिचित महिलाको भएको बताएको थियो ।
अब फेरि एक पटक हमासले इजरायललाई नयाँ शव हस्तान्तरण गरेको बिबिसीले उल्लेख गरेको छ ।
हमासले अक्टोबर ७, २०२३ मा ३३ वर्षीया शिरी बिबासलाई उनका दुई छोराछोरी, ४ वर्षीया एरियल र ९ वर्षीय काफिरसँगै बन्धक बनाएको थियो ।
इजरायलको सेना आइडिएफले गुप्तचर र फोरेन्सिक अनुसन्धान अनुसार, नोभेम्बर २०२३ मा आमासहित दुई बच्चालाई हमासले बर्बरतापूर्वक मारेको बताएको छ । यद्यपि, हमासले इजरायली बम विस्फोटमा बालबालिका र उनीहरूकी आमा दुवैको मृत्यु भएको बताएको थियो । यस सम्बन्धमा, इजरायलले हमासलाई युद्धविराम सम्झौताका सर्तहरू उल्लङ्घन गरेको आरोप लगाएको छ ।
सम्बन्धित समाचार
डिओमान्डे बने इतिहासकै सबैभन्दा महँगा अफ्रिकी फुटबल खेलाडी
विश्वकप फाइनलमा विवादमा परेका अजेन्टिनाका ३ खेलाडीलाई पिफाको कारबाही
एक लाखको फिल्मले पायो अप्रत्याशित सफलता,कमाइ २ अर्ब नजिक
जापानमा ५ हजार खेलाडीलाई खेल अवधिभर पानीजहाजमै राखिने
फिफा बिजेता स्पेनिस कप्तान रोड्री ६.८४ करोड डलरमा बार्सिलोनामा
चीनले विकास गर्यो धुलोभन्दा सानो चिप्स,पानीमुनी रहेका जहाज (पनडुब्बी) पत्ता लगाउन सक्ने दाबी
ट्रेन्डिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

