कस्तो छ फिल्म होस्टेल-३ को ट्रेलर ?
काठमाडौँ । फिल्म ‘होस्टेल’ फ्रेन्चाइजको तेस्रो श्रृंखलाको रुपमा निर्माण भएको फिल्म ‘होस्टेल ३’को ट्रेलर सार्वजनिक गरिएको छ ।
शुक्रबार काठमाडौंमा एक कार्यक्रमका बीच सार्वजनिक ट्रेलरले फिल्मको कथावस्तुबारे जानकारी गराएको छ । ट्रेलरले कलेज र होस्टेल जीवनको रमाइलो पक्ष देखाउँदै प्रेम, द्वन्द्व, त्याग, सङ्घर्ष र षड्यन्त्रको कथा देखाएको छ ।
सशान कँडेलको निर्देशनमा बनेको फिल्ममा पारससहित रिहान गिरि, आशिष घिमिरे, पदम तामाङ, सिम्रन पन्त, हेना नगरकोटी, समा पराजुली, उमर खान, सन्तोष बानियाँ, रोहन श्रेष्ठ, आशिष पुरुष लगायतको अभिनय छ । यही फागुन २३ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्ममा निर्देशक कँडेलकै कथा र माधव शर्माको पटकथा तथा संवाद छ ।
सम्मान इन्टरटेनमेन्ट र आरोन कन फिल्म्सले निर्माणमा सहकार्य गरेको फिल्मका निर्माताहरु सुरेश कँडेल, कर्ण कार्की र गोविन्द अधिकारी हुन् भने कार्यकारी निर्मातामा शङ्कर कोइराला छन् । सह-निर्माताहरु शिशिर ज्ञवाली, कुन्दन गुप्ता र अनीश सिग्देल हुन् । अर्जुन तिवारीको डिओपी, बुद्ध थापा र मनोज खत्रीको सिनेमाटोग्राफी, हिमाल केसीको द्वन्द्व र विकास दाहालको सम्पादन छ ।
ट्रेलरको लिंक: https://youtu.be/9WTiSuyNq1Y
सम्बन्धित समाचार
जुनु प्रसाईको ‘झगडा पर्यो पोइसित’ सार्वजनिक, प्रकाश सपुतसँगै देखिइन् भिडियोमा
एक लाखको फिल्मले पायो अप्रत्याशित सफलता,कमाइ २ अर्ब नजिक
रेखा थापाको ‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक, भदौ २६ मा प्रदर्शन
‘स्पाइडर म्यान’लाई पछि पार्दै तमिल चलचित्र तीन दिनमै मच्चायो तहल्का
महानायक राजेश हमाल बने प्रेसिडेन्ट, सुपर कमेडी लिगको औपचारिक घोषणा
रणवीरको ‘रामायण’ भारतीयले भन्दा पहिला अन्तर्राष्ट्रिय दर्शकले हेर्न पाउने
ट्रेन्डिङ
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३१ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
बजाजको निःशुल्क चेकअप क्याम्प; लेबरदेखि स्पेयर पाट्र्ससम्म छुटै छुट
आज देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना

