हमासले रिहा गर्यो थप ६ इजरायली बन्धक
काठमाडौँ । हमासले युद्धविरामको सम्झौता अनुसार आज छ जना इजरायली नागरिकको रिहाइ गरेको छ ।
अक्टोबर ७ मा भएको आक्रमणको क्रममा सबैलाई बन्धक बनाएर लागिएको थियो । रिहा हुनेमा २७ वर्षीया एलिया कोहेन, २२ वर्षीया ओमर शेम टोभ, २३ वर्षीय ओमर वेन्कर्ट, ४० वर्षीय ताल शोहम, ३९ वर्षीय अवेरी मेंगिस्टु र ३६ वर्षीय हिशाम अल-सयदलाई हमासले रिहा गरेको हो ।
हमासले आज तीन चरणमा गरेर ६ जनालाई रेडक्रसको जिम्मा लगाएको थियो भने रेडक्रसले इजरायली सेनालाई हस्तान्तरण गरेको थियो ।
बदलामा, इजरायलले ६०० भन्दा बढी प्यालेस्टिनी कैदीहरूलाई रिहा गरेको बताइएको छ । यी मध्ये ५० जना आजीवन कारावास भोगिरहेका छन्, ६० जना लामो समयदेखि जेल सजाय भोगिरहेका छन् र ४४५ जना गाजाका बासिन्दा हुन् जसलाई युद्धको समयमा पक्राउ गरिएको थियो।
गत जनवरी १९ मा युद्धविराम भएदेखि हमासले लगातार बन्धक रिहा गरिरहेको छ । अहिलेसम्म हमासले यो सहित ३० बन्धक रिहा गरेको छ भने ४ जनाको शव पनि फिर्ता गरेको छ ।
हमासकै नियन्त्रणमा रहेका नेपाली युवा विपिन जोशी भने अहिलेसम्म रिहा हुन सकेका छैनन् ।
सम्बन्धित समाचार
डिओमान्डे बने इतिहासकै सबैभन्दा महँगा अफ्रिकी फुटबल खेलाडी
विश्वकप फाइनलमा विवादमा परेका अजेन्टिनाका ३ खेलाडीलाई पिफाको कारबाही
एक लाखको फिल्मले पायो अप्रत्याशित सफलता,कमाइ २ अर्ब नजिक
जापानमा ५ हजार खेलाडीलाई खेल अवधिभर पानीजहाजमै राखिने
फिफा बिजेता स्पेनिस कप्तान रोड्री ६.८४ करोड डलरमा बार्सिलोनामा
चीनले विकास गर्यो धुलोभन्दा सानो चिप्स,पानीमुनी रहेका जहाज (पनडुब्बी) पत्ता लगाउन सक्ने दाबी
ट्रेन्डिङ
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ८ गते सोमबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नेपाल बैंकको आकर्षक अटो लोन अफर : नाडा अटो शोमा आधार दरमा ०.४९ प्रतिशत प्रिमियममै कर्जा

