हमासले रिहा गर्यो थप ६ इजरायली बन्धक
काठमाडौँ । हमासले युद्धविरामको सम्झौता अनुसार आज छ जना इजरायली नागरिकको रिहाइ गरेको छ ।
अक्टोबर ७ मा भएको आक्रमणको क्रममा सबैलाई बन्धक बनाएर लागिएको थियो । रिहा हुनेमा २७ वर्षीया एलिया कोहेन, २२ वर्षीया ओमर शेम टोभ, २३ वर्षीय ओमर वेन्कर्ट, ४० वर्षीय ताल शोहम, ३९ वर्षीय अवेरी मेंगिस्टु र ३६ वर्षीय हिशाम अल-सयदलाई हमासले रिहा गरेको हो ।
हमासले आज तीन चरणमा गरेर ६ जनालाई रेडक्रसको जिम्मा लगाएको थियो भने रेडक्रसले इजरायली सेनालाई हस्तान्तरण गरेको थियो ।
बदलामा, इजरायलले ६०० भन्दा बढी प्यालेस्टिनी कैदीहरूलाई रिहा गरेको बताइएको छ । यी मध्ये ५० जना आजीवन कारावास भोगिरहेका छन्, ६० जना लामो समयदेखि जेल सजाय भोगिरहेका छन् र ४४५ जना गाजाका बासिन्दा हुन् जसलाई युद्धको समयमा पक्राउ गरिएको थियो।
गत जनवरी १९ मा युद्धविराम भएदेखि हमासले लगातार बन्धक रिहा गरिरहेको छ । अहिलेसम्म हमासले यो सहित ३० बन्धक रिहा गरेको छ भने ४ जनाको शव पनि फिर्ता गरेको छ ।
हमासकै नियन्त्रणमा रहेका नेपाली युवा विपिन जोशी भने अहिलेसम्म रिहा हुन सकेका छैनन् ।
सम्बन्धित समाचार
गोदरेज एप्लायन्सेसले ल्यायो उत्सव योजना ‘मनैदेखि वाउ !’
यस्तो छ आजको विदेशी मुद्रा विनिमयदर
यामालले पूरा गरे ५०औँ गोल, हालान्डको रेकर्ड भने कायमै
भारतले राख्याे नेपालका बाढी पीडितलाई उच्च प्राथमिकतामा, थप सहयोग पठाउने
नेपाललाई आपतकालीन सहयोग दिने चीनको निर्णय
डिओमान्डे बने इतिहासकै सबैभन्दा महँगा अफ्रिकी फुटबल खेलाडी
ट्रेन्डिङ
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
ब्ल्याक+डेकरको ”दशैं विथ ब्ल्याक+डेकर” योजना सार्वजनिकः बम्परमा भियतनाम भ्रमणको अवसर
बेनेलीको दशैं अफरः एक्सचेन्ज बोनस ४० हजारसम्म, सहज फाइनान्सिङ सुविधा
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
भृकुटीमण्डपमा बजाजको ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल सुरु
