आजदेखि नेपाल माइक्रो इन्सुरेन्सको आइपीओ खुला
काठमाडौ । नेपाल माइक्रो इन्स्योरेन्स लिमिटेडले सर्वसाधारणका लागि आज आइतबार आइपीओ निष्कासन गरेको छ । कम्पनीले सर्वसाधारण लगानीकर्ताका लागि निष्काशन गरेको आइपीओ प्रतिकित्ता १०० रुपैयाँका दरमा १८ करोड ४५ लाख रुपैयाँ बराबरको १८ लाख ४५ हजार कित्ता सेयर जारी गरेको हो । यसले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा २२ लाख ५० हजार कित्ता आइपीओ जारी गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो ।
जसमध्ये वैदेशिक रोजगारीमा रहेका नेपालीलाई प्रतिकित्ता १०० रुपैयाँका दरमा २ लाख २५ हजार कित्ता आइपीओ बिक्री गरिसकेको छ । त्यस्तै, ६७ हजार ५०० कित्ता सेयर कर्मचारी र १ लाख १२ हजार ५०० कित्ता सेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरेको छ ।
सर्वसाधारणले बाँकी रहेको १८ लाख ४५ हजार कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् । यसमा फागुन १५ गतेसम्म आवेदन दिन सकिनेछ । सो अवधिमा सबै नबिकेमा भने फागुन २५ गतेसम्म आवेदन दिन सकिने व्यवस्था छ । यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्ताका लागि आवेदन दिन पाइनेछ ।
यो आइपीओमा एनआइएमबी एस क्यापिटल बिक्री प्रबन्धक रहेको छ । यसमा सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर मार्फत आवेदन दिन सकिनेछ ।
केयर रेटिङ नेपालले नेपाल माइक्रो इन्सुरेन्सको आइपीओलाई ‘केयरएनपी बीबी माइनस रेटिङ’ प्रदान गरेको छ । जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यमस्तरको जोखिम रहेको जनाउँछ । केयर नेपालले २०८१ भदौ ६ गते उक्त रेटिङ दिएको थियो । यो रेटिङ २०८२ भदौ ६ गतेसम्म बाहल रहनेछ ।
सम्बन्धित समाचार
सामान्य अंकले बढ्यो नेप्से,कारोबार रकमसमेत बढ्यो
एनएमबि बैंक र र्यापिड टेक बीच ’नेपाल फिनटेक एक्सपो २०२६’ मा डिजिटल बैंकिङ सेवा विस्तारका लागि सम्झौता
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
नेप्सेमा गिरावट, परिसूचक २६ सय विन्दुमा झर्यो
इसेवाद्वारा ‘बाइ नाउ, पे लेटर’ सेवा सार्वजनिक, इसेवाबाटै किस्ताबन्दीमा विद्युतीय स्कुटर खरिद गर्न सकिने
सुन-चाँदीको मूल्य घट्यो,कतिमा हुँदैछ कारोबार ?
ट्रेन्डिङ
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
यस दशैं, एलिकासँग भान्सामा भित्र्याऔँ ताजगी र खुसी
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
