३० माघ २०८२, बिहीबार
  • समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
    • Social Media

अमेरिका-युक्रेनबीच खनिज सम्बन्धि सम्झौता हुदै

काठमाडौँ । अमेरिका-युक्रेनबीच खनिज सम्बन्धि सम्झौता हुने भएको छ । युक्रेनका उपप्रधानमन्त्री ओल्हा स्टेफानिसिनाले युक्रेन र अमेरिका खनिज सम्झौताको वार्ताको अन्तिम चरणमा रहेको बताएका हुन् ।

यस महिनाको सुरुमा राष्ट्रपति भोलोडीमिर जेलेन्स्कीले अमेरिकी सैन्य सहयोगको बदलामा अमेरिकालाई युक्रेनी खनिजहरूमा पहुँच दिने सम्झौतालाई अस्वीकार गरेका थिए ।

तर स्टेफानिसिनाले युक्रेनी र अमेरिकी टोलीहरू खनिज सम्झौताको सम्बन्धमा वार्ताको अन्तिम चरणमा रहेको जानकारी गराएकी छन् । उनले वार्ताहरू धेरै रचनात्मक भएको र लगभग सबै प्रमुख विवरणहरू अन्तिम रूप दिइएको बताएकी छन् । साथै उनले युक्रेन यसको हस्ताक्षरको साथ अगाडि बढ्न र यसलाई छिटो पूरा गर्न प्रतिबद्ध रहेको समेत बताएकी छन् ।

उनले भनेकी छन्- ‘हामी आशा गर्छौं, अमेरिका र युक्रेन दुवै नेताहरूले आगामी दशकहरूको लागि हाम्रो प्रतिबद्धता प्रदर्शन गर्न चाँडो भन्दा चाँडो वाशिंगटनमा हस्ताक्षर र समर्थन गर्न सक्छन् ।’

राष्ट्रपति जेलेन्स्कीले खनिजसम्बन्धि सम्झौता गर्न अस्वीकार गरेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जेलेन्स्कीलाई व्यक्तिगत तहमै आक्रमण शुरु गर्दै उनलाई तानाशाहसम्म भनेका थिए । साथै ट्रम्पले युक्रेनमा चुनाव गराउने र जेलेन्स्कीलाई पदबाट हटाउनेसम्मको दबाब बढाएका थिए ।

यसैबीच जेलेन्स्कीले पनि अमेरिका आफ्नो विपक्षमा गइरहेको बुझेपछि युक्रेनमा शान्ति हुने शर्तमा पद छोड्न तयार रहेको अभिव्यक्ति समेत दिएका थिए । अमेरिकी राष्ट्रपति ट्रम्पले खुला रुपमा नै युरोपले युक्रेनलाई सित्तैमा सहयोग नगरेको र अमेरिकाले पनि नगर्ने भन्दै युक्रेन युद्धबाट पछि हट्ने बताएका थिए । ट्रम्पकै प्रयासमा पुटिनसँगको कुराकानीपछि अमेरिकी र रुसी वरिष्ठ कुटनीतिज्ञबीच साउदी अरेबिया पहिलो चरणको वार्ता समेत भइसकेको छ ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
जापान जाने नेपाली श्रमिकलाई ठगी र उच्च शुल्कबारे सचेत रहन आग्रह
अमेरिका डब्ल्यूएचओबाट किन पूर्ण रूपमा बाहिरियो ?
नेपालसहित ७५ देशका नागरिकका लागि अमेरिकी आप्रवासी भिसा प्रक्रिया स्थगित,कुन-कुन देश परे ?

लोकप्रिय

२०८२ माघ २७ गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल

२०८२ माघ २५ गते आइतबार, यस्तो छ तपाईको आजको राशिफल

२०८२ माघ २८ गते बुधबार, यस्तो छ तपाईको आजको राशिफल

२०८२ माघ २६ गते सोमबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

२०८२ माघ २९ गते बिहिबार, यस्तो छ तपाईको आजको राशिफल

ताजा

२०८२ फागुन ०२ गते शनिबार, यस्तो छ तपाईको आजको राशिफल

एन आई सी एशिया बैंकद्वारा ६.९९ प्रतिशत स्थिर ब्याजदरमा रू. १० करोडसम्मको ‘एन आई सी एशिया साथी घर कर्जा’ योजना सार्वजनिक

कस्तो छ आजको मौसम पूर्वानुमान ?

यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

Follow Us

Follow us on Facebook Subscribe us on Youtube Follow us on Instagram

Recent Posts

  • २०८२ फागुन ०२ गते शनिबार, यस्तो छ तपाईको आजको राशिफल
  • एन आई सी एशिया बैंकद्वारा ६.९९ प्रतिशत स्थिर ब्याजदरमा रू. १० करोडसम्मको ‘एन आई सी एशिया साथी घर कर्जा’ योजना सार्वजनिक
  • कस्तो छ आजको मौसम पूर्वानुमान ?
  • यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
  • निर्वाचन आयोगसँगको सहकार्यमा टिकटकले सुरु गर्यो इन-एप इलेक्सन सेन्टर

हाम्रो टिम

भिडियो सम्पादक : सुमन तिवारी
संवाददाता : माधव  प्रसाद भट्टराई
संवाददाता : शिवु धिताल

क्यामरा : सुनिल सिहं
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.