०४ फागुन २०८२, सोमबार
  • समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य

भारतका चार तेल कम्पनिमाथि अमेरिकाको प्रतिबन्ध, इरानसँग व्यापार गरेको आरोप

वासिंगटन डिसी, १४ फागुन । अमेरिकी सरकारले इरानी पेट्रोलियम पदार्थको बिक्री र ढुवानीमा मध्यस्थता गरेको भन्दै भारतमा रहेका ४ कम्पनीमाथि प्रतिबन्ध लगाएको छ ।

इन्डियन एक्सप्रेसका अनुसार अमेरिकी वित्त विभागले सोमबार एक प्रेस विज्ञप्ति जारी गरी यसबारे औपचारिक जानकारी दिएको हो । साथै, अमेरिकाले इरानको तेल निर्यात अवैध ढुवानी सञ्जालमार्फत हुने गरेको बताएको छ । डोनाल्ड ट्रम्पको अधिकतम दबाब नीति अन्तर्गत अमेरिकाले त्यस्ता नेटवर्कहरू माथि निरन्तर कारबाही जारी राखेको छ ताकि इरानको कमाइको माध्यमलाई रोक्न सकियोस् । सोही नीति अन्तर्गत भारतका ४ कम्पनि प्रतिबन्धमा परेका हुन् ।

अमेरिकी वित्त विभागले भन्यो, ‘आज प्रतिबन्ध लगाइएकाहरूमा युएई र हङकङका तेल दलालहरू, भारत र चीनका ट्याङ्कर सञ्चालक र प्रबन्धकहरू, इरानको नेसनल इरानी आयल कम्पनी र इरानी आयल टर्मिनल कम्पनीका प्रमुखहरू छन्। यिनै कम्पनिका कारणले इरानको अस्थिर गतिविधिलाई आर्थिक सहयोग प्राप्त भएको छ ।’

यूएस विदेशी सम्पत्ति नियन्त्रण र राज्य विभागका अनुसार यी ४ भारतीय कम्पनीहरूको नाम हो– फ्लक्स मेरिटाइम एलएलपी (नवी मुम्बई), बीएसएम मरीन एलएलपी (दिल्ली–एनसीआर), अस्टिनशिप म्यानेजमेन्ट प्रालि (दिल्ली–एनसीआर) र कोसमोस लाइन्स इंक (तंजावुर)।

यी चारमध्ये ३ कम्पनीलाई इरानी तेल र पेट्रोलियम पदार्थको ढुवानीमा संलग्न जहाजको व्यावसायिक तथा प्राविधिक व्यवस्थापनका कारण प्रतिबन्ध लगाइएको जनाइएको छ भने इरानी पेट्रोलियम ढुवानीमा संलग्नताका कारण कस्मोस लाइन्सलाई प्रतिबन्ध लगाइएको हो ।

प्रतिबन्ध लगाइएको कम्पनी वा देशको प्रतिबन्ध सीमित वा पूर्ण रूपमा समाप्त भएको देशसँगको आर्थिक सम्बन्ध हुन्छ। प्रतिबन्धहरूमा आयात–निर्यात रोक्न, सम्पत्ति फ्रिज (जफत) गर्ने, देश वा देशहरूको संगठनको बैंकिङ प्रणालीमा प्रतिबन्ध लगाउनेजस्ता गतिविधिहरू समावेश हुने गरेको छ ।

विदेश सम्बन्ध परिषद्का अनुसार प्रतिबन्धको दायरा निकै फराकिलो हुन सक्छ। यसमा प्रतिबन्धित देशसँगको कुनै पनि प्रकारको व्यापारिक गतिविधिमा प्रतिबन्ध लगाउन सकिने छ । यसबाहेक कुनै व्यक्ति वा कम्पनीलाई लक्षित गरेर पनि प्रतिबन्ध लगाउन सकिने प्रचलन रहेको छ ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
जापान जाने नेपाली श्रमिकलाई ठगी र उच्च शुल्कबारे सचेत रहन आग्रह
अमेरिका डब्ल्यूएचओबाट किन पूर्ण रूपमा बाहिरियो ?
नेपालसहित ७५ देशका नागरिकका लागि अमेरिकी आप्रवासी भिसा प्रक्रिया स्थगित,कुन-कुन देश परे ?

लोकप्रिय

मतदाता नामावलीमा आफ्नो नाम कसरी हेर्ने ?

२०८२ माघ २८ गते बुधबार, यस्तो छ तपाईको आजको राशिफल

२०८२ माघ २९ गते बिहिबार, यस्तो छ तपाईको आजको राशिफल

२०८२ फागुन ०३ गते आईतबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

२०८२ फागुन ०२ गते शनिबार, यस्तो छ तपाईको आजको राशिफल

ताजा

२०८२ फागुन ०५ गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल

नेप्से परिसूचक ८ अंकले घट्यो, करिब ८ अर्बको कारोबार

आउँदो बुधबार र बिहिबार सार्वजनिक बिदा दिने सरकारको निर्णय

घट्यो सुनचाँदीको मूल्य, कतिमा हुदैँछ कारोबार ?

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

Follow Us

Follow us on Facebook Subscribe us on Youtube Follow us on Instagram

Recent Posts

  • २०८२ फागुन ०५ गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल
  • नेप्से परिसूचक ८ अंकले घट्यो, करिब ८ अर्बको कारोबार
  • आउँदो बुधबार र बिहिबार सार्वजनिक बिदा दिने सरकारको निर्णय
  • घट्यो सुनचाँदीको मूल्य, कतिमा हुदैँछ कारोबार ?
  • राष्ट्रिय चरणतर्फ प्रवेश गर्दै ग्लोबल म्याथ डिबेट लिग

हाम्रो टिम

भिडियो सम्पादक : सुमन तिवारी
संवाददाता : माधव  प्रसाद भट्टराई
संवाददाता : शिवु धिताल

क्यामरा : सुनिल सिहं
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.