रश्मिका मन्दनाका तीन फिल्मले कमायो तीन हजार एक सय ६५ करोड
हैदाराबाद । पछिल्लो समय भारतीय सिनेमाको ‘पोष्टर गर्ल’ बनेकी अभिनेत्री रश्मिका मन्दनाको डिमाण्ड निकै बढिरहेको छ । किनभने उनले अभिनय गरेका फिल्मले अब पाँच सय करोड कमाउनु सामान्य भइसकेको छ । पछिल्लो समयमा आएका उनका तीन फिल्मले मात्रै तीन हजार एक सय ६५ करोड कमाउन सफल भएका छन ।
विक्की कौशलसँग ‘छावा’ मा समेत देखिएकी रश्मिकाले सो फिल्मले पनि पाँच सय करोड नघाएपछि उनी थप चर्चाको केन्द्रमा रहेकी छिन् । उनका हालै रिलिज भएका तीन फिल्ममध्ये सबैभन्दा बढी कमाउने फिल्मको सूचीमासमेत पर्न सफल भएको छ । उनका पछिल्ला तीनै फिल्मले पाँच सय करोड नघाएका छन् ।
‘नेशनल क्रस’ बनेकी रश्मिका अल्लु अर्जुन पुष्पाः २ द रूलमा देखिएकी थिइन्, सो फिल्म १७४० करोड कमाउन सफल भएको थियो, जुन फिल्म भारतीय सिनेमामा सबैभन्दा बढी कमाउने दोस्रो फिल्म हो ।
त्यसअघि रणवीर कपुरकी श्रीमतीको भूमिकामा देखिएकी रश्मिकाको ‘एनिमल’ ले ९१५० करोड कमाएको थियो भने अहिले तेस्रो फिल्म छावाले पनि ५०० करोड ग्रस कलेक्सन कटाइसकेको छ ।
रश्मिकासँगै अक्षय खन्ना र निर्देशक लक्ष्मण उतेकरले पनि यस प्रतिष्ठित बक्स अफिस क्लबमा आफ्नो खाता खोलिसकेका छन्। ‘छावा’ को बक्स अफिस प्रदर्शनले म्याडक फिल्म्सको निर्माणको बढ्दो लोकप्रियतालाई रेखांकित गरेको छ। सो स्टुडियोले हालैका दुई ठूला भारतीय ब्लकबस्टरहरू मध्ये ‘छावा’ र ‘स्त्रीः २’ ले रेकर्ड तोड बक्स अफिस रेकर्ड बनाएका थिए । सो स्टुडियाका थप फिल्म पनि आउदैँछन, जो ब्लकब्लस्टर हुने अहिले नै अनुमान गर्न सकिनेछ ।
सम्बन्धित समाचार
चितवनको राप्ती नदीको किनारमा ‘द पोस्टकार्ड’ लक्जरी रिसोर्ट खुल्दै
टिकटकको एआई कन्टेन्टमा कडाइ: ८ करोड ६० लाख नक्कली अकाउन्ट हटाइयो, ३ अर्ब भिडियोमा एआई लेबल
रामाडा बाइ विन्डह्यामको गन्तव्य प्रवर्द्धन यात्रा, पूर्वी नेपाललाई पर्यटनको नयाँ केन्द्र बनाउने लक्ष्य
‘तुना फुकेछ’ सार्वजनिक, ‘निःशब्द’ चलचित्रको गीतले दर्शकको ध्यान तान्दै
जुनु प्रसाईको ‘झगडा पर्यो पोइसित’ सार्वजनिक, प्रकाश सपुतसँगै देखिइन् भिडियोमा
एक लाखको फिल्मले पायो अप्रत्याशित सफलता,कमाइ २ अर्ब नजिक
ट्रेन्डिङ
लिपमोटर बी०३ एक्सको डेलिभरी सुरु,एकपटकको चार्जमा ५०५ किलोमिटरसम्म रेन्ज
२०८३ कार्तिक १५ गते आइतवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
फोटोनका १४ वटा विद्युतीय सवारी साधन (टीएम १ पीकअप) भाटभटेनी सुपरमार्केटलाई हस्तान्तरण
सरकारको निःशुल्क एआई तालिम कार्यक्रम,दुई हजार युवाले घरबाटै सीप सिक्न पाउने
एकै दिन तोलामा ८ हजार ३०० रुपैयाँले घट्यो सुनको भाउ
