• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
१६ चैत २०८२, सोमबार
१६ चैत २०८२, सोमबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

२०८२ चैत १७ गते मंगलबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
  • १० घण्टा 

नेपालमा एमजी एस ५ इभीः यस्ता छन् फिचरहरु
  • २२ घण्टा 

निजामती कर्मचारी अस्पताल र ट्रक व्यवसायी महासंघबिच सम्झौता
  • १ दिन 

यामाहाको एफजेडएस एफआई हाइब्रिड मोटरसाइकल एक हप्तामै सोल्ड आउट : प्रि-बुकिङ खुला
  • १ दिन 

सरकारले लगायो ब्रिज कोर्स कक्षा सञ्चालनमा पूर्ण प्रतिबन्ध
  • १ दिन 

घट्यो सुनचाँदीको मुल्य, कतिमा हुँदैछ कारोबार ?
  • १ दिन 

यमाहा नेपालद्वारा ”नाउ आइ एम ७१.३३ केएमपिएल” अभियान सार्वजनिक
  • २ दिन 

२०८२ चैत १६ गते सोमबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
  • २ दिन 

फोर्ड नेपालले ल्यायो विशेष अफरः फोर्ड एसयूभी वा पिकअप किन्दा एउटा इभी गाडी सित्तैमा
  • २ दिन 

लोकप्रिय समाचार

  • १. मंगलबार नेपाली बजारमा घट्यो सुनको मूल्य,चाँदिको मूल्य भने महँगियो

  • २. २०८२ चैत १२ गते बिहीबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ३. विशेष अफरसहित साओमी १७ अल्ट्राको प्रि–अर्डर नेपालमा सुरु

  • ४. २०८२ चैत १३ गते शुक्रबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ५. ग्लोबल मनि विकमा नबिल बैंकद्वारा ११ हजारभन्दा बढी विद्यार्थीलाई वित्तीय साक्षरता प्रदान

  • ६. वाडा अटो शो २०२६ मा बीवाईडी गाडी किन्दा विशेष अफर सार्वजनिक

  • ७. प्यासेन्जर कार सेगमेन्टमा टोटल इनर्जिजले नेपालमा भित्र्यायो पहिलो नयाँ लुब्रिकेन्ट प्रविधि

  • ८. पोखरामा आयोन र एक्सपेंग सहित सीजि मोटसको मेगा सेल्स एण्ड एक्सचेन्ज कार्भीनल क्याम्प आयोजना

  • ९. बालेन शाहले लिए प्रधानमन्त्रीको सपथ

  • १०. २०८२ चैत १४ गते शनिबार यस्तो रहेको छ तपाई भाग्य, हेर्नुहोस् राशिफल

नयाँ फोटोन शोरूम र माउन्टेन ईभीको सुरुवातका साथ आफ्नो उपस्थिति विस्तार गर्दै एमएडब्लू वृद्धि

जानकारी केन्द्र २०८१, फाल्गुन, १९

काठमाडौं । नेपालका लागि फोटोन ईभीको आधिकारिक वितरक एमएडब्लू वृद्धि कमर्सियलले चितवनमा आफ्नो नयाँ, विश्वस्तरीय फोटोन शोरूमको शुभारम्भ गरेको छ। यसलाई कम्पनीको विश्वस्तरीय व्यावसायिक सवारी साधन र सेवाहरूतर्फ अगाडि बढ्ने एक प्रमुख कदमका रुपमा हेरिएको जनाइएको छ। यस कदमले यस क्षेत्रमा “गुणस्तरीय, कुशल र भरपर्दो गतिशीलता समाधान” को बढ्दो मागलाई पूरा गर्ने विश्वास लिएको कम्पनीले बताएको छ ।

नयाँ शोरूम कुनै पनि व्यवसायका आवश्यकतालाई पूरा गर्न सक्ने फोटोनका उच्चस्तरीय व्यावसायिक ट्रकहरूको विस्तृत दयाराले सुसज्जित छ। नवप्रवर्तन र प्रदर्शनका लागि निर्मित यस शोरुमले नेपालको व्यावसायिक सवारी साधनको क्षेत्रमा उन्नत प्रविधि, स्थायित्व र यातायात अर्थतन्त्रलाई मद्दत गर्दछ। शोरूमको स्थापना रणनीतिक रुपमा चितवन र आसपासका क्षेत्रका ग्राहकहरूको पहुँच र गुणस्तरीय सेवालाई ध्यानमा राखेर गरिएको हो। यस सुविधाले ग्राहकको समग्र यात्रा अनुभवको लागि विशेष परामर्श, आफ्टर सेल्स सर्भिस र मर्मतसम्भारका सेवाहरू प्रदान गर्दै फोटोनका नविनतम सवारी साधनहरू समेत प्रदर्शनमा राख्नेछ।

नेपालका लागि फोटोन मोटरको आधिकारिक वितरक एमएडब्ल्यू वृद्धि कमर्सियल भेहिकलले नेपालमा यातायातको क्षेत्रमा वास्तविक गेम चेन्जरको रूपमा आफ्नो विद्युतीय सवारी साधन फोटोन माउन्टेन ईभी भ्यान औपचारिक रूपमा सुरु गरेको बताइएको छ। आरामदायी हेडस्पेसको सुविधा दिने हेतुले माउन्टेन ईभी भ्यानलाई अग्लो छत सहितको फराकिलो भित्री भागमा १४ देखि १६ जना यात्रुहरू बस्न मिल्ने गरी कन्फिगर गरिएको जनाइएको छ। ५०.२३ किलोवाट प्रति घण्टाको ब्याट्रीले एक पटक चार्ज गर्दा २३५ किलोमिटरसम्मको रेन्ज प्रदान गर्दछ जसले यसलाई नेपालको कठिन भूभागको लागि उपयुक्त बनाउँछ।

यस कार्यक्रममा सरोकारवाला, ग्राहक र प्रतिष्ठित व्यक्तिहरूको बाक्लो उपस्थिति रहेको थियो जसले एमएडब्ल्यू वृद्धि कमर्सियलको उत्कृष्ट ग्राहक सन्तुष्टिप्रतिको गम्भीरता प्रकट गर्दछ। व्यवसायहरूको लागि राम्रो यातायात सिर्जना गरेर आर्थिक उन्नतिलाई प्रवर्द्धन गर्ने कम्पनीको प्रयास अनुरुप यस शोरुमको उद्घाटन गरिएको कम्पनीले बताएको छ ।

यो विस्तार सँगै नेपालको व्यावसायिक सवारी साधन बजारमा एमएडब्ल्यू वृद्धि कमर्सियलले आफ्नो जरा अझै मजबुत बनाएको कम्पनीको दाबी छ । देशभर व्यवसाय र उद्योगहरू निर्माण र विकास गर्न गुणस्तरीय सवारी साधन र उत्कृष्ट सेवा प्रदान गरेर उनीहरूले यसलाई पुष्टि गरेका छन्।

एमडी विवेक सिकरियाका अनुसार कम्पनी दिगो गतिशीलताप्रति सधैं प्रतिबद्ध रहेको बताए । एमएडब्लू वृद्धि कमर्सियलका सीईओ तुषार गुप्ताले भने – अन्तर्राष्ट्रिय स्तरमा समेत बलियो सफलता हासिल गरिसकेको व्यावसायिक ईभीको अग्रणी ब्राण्ड फोटोनले नेपालमा हरित यातायातको व्यापकतालाई सक्षम बनाउने छ।

माउन्टेन ईभीको उद्घाटन र चितवनमा एमएडब्लू वृद्धिको नयाँ शोरूमको एकसाथ सुरुवात नेपालमा दिगो गतिशीलताको विस्तारतर्फको एक महत्त्वपूर्ण कदम हो। यो कोसेढुङ्गाले ब्रान्डको उपस्थिति बढाउँदै यस क्षेत्रका टाढा-टाढाका ग्राहकहरूका लागि नवीन ईभी समाधानहरू प्राप्त गर्न सहज बनाउने छ। यसरी एमएडब्लू वृद्धिले नेपाललाई हरियाली अटोमोटिभ भविष्यतर्फ डोऱ्याउँदै छ।

एमएडब्लू वृद्धि कमर्सियलको बारेमा

उत्कृष्ट गतिशीलता समाधानहरू विकास गर्न र उपलब्ध गराउन प्रतिबद्ध एमएडब्लू वृद्धि कमर्सियल नेपालको एक व्यावसायिक सवारी साधन आपूर्तिकर्ता कम्पनी रहेको बताइएको छ। फोटोन सवारी साधनहरूको अधिकृत वितरक समेत रहेको यस कम्पनी ग्राहक सन्तुष्टि पूरा गर्दै आफ्नो विश्वसनीयता र प्रदर्शनमा गर्व गरिरहेको कम्पनीले जनाएको छ । देशभरका शोरूम र सेवा केन्द्रहरूको बढ्दो सञ्जाल मार्फत् कम्पनीले व्यावसायिक उद्यमहरूलाई उच्च गुणस्तरका सवारी साधन र विश्वस्तरीय आफ्टर सेल्स सर्भिस प्रदान गर्दछ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
नेपालमा एमजी एस ५ इभीः यस्ता छन् फिचरहरु
निजामती कर्मचारी अस्पताल र ट्रक व्यवसायी महासंघबिच सम्झौता
यामाहाको एफजेडएस एफआई हाइब्रिड मोटरसाइकल एक हप्तामै सोल्ड आउट : प्रि-बुकिङ खुला

ताजा

२०८२ चैत १७ गते मंगलबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

नेपालमा एमजी एस ५ इभीः यस्ता छन् फिचरहरु

निजामती कर्मचारी अस्पताल र ट्रक व्यवसायी महासंघबिच सम्झौता

यामाहाको एफजेडएस एफआई हाइब्रिड मोटरसाइकल एक हप्तामै सोल्ड आउट : प्रि-बुकिङ खुला

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.