अमेरिकाले युक्रेनलाई सैन्य सहयोग रोकेपछि रुसको प्रतिक्रिया- शान्तिको लागि सबैभन्दा ठूलो योगदान
काठमाडौँ । युक्रेनलाई अमेरिकी सैन्य सहयोग रोकिएपछि रुसले प्रतिक्रिया जनाएको छ ।
बीबीसीसँग कुरा गर्दै रूसी राष्ट्रपति भ्लादिमिर पुटिनका प्रवक्ता दिमित्री पेस्कोभले युक्रेनी सरकारलाई शान्ति प्रक्रियामा सामेल गराउन दबाब दिने बताएका छन् । उनले भने- ‘यदि यो (अमेरिकी सैन्य सहायताको निलम्बन) सत्य हो भने, यसले निश्चित रूपमा युक्रेनी सरकारलाई शान्ति प्रक्रियामा सामेल हुन दबाब दिनेछ ।’
पेस्कोभका अनुसार अमेरिका युक्रेनलाई हतियार आपूर्ति गर्ने प्रमुख देश रहेको छ । उनले भने, ‘यदि अमेरिकाले यो (सैन्य सहायता) रोक्छ भने सायद यो शान्तिको लागि सबैभन्दा ठूलो योगदान हुनेछ ।’
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनलाई दिइँदै आएको सैन्य सहयोग रोकेका छन् । अमेरिकाको यो कदम युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्की र डोनाल्ड ट्रम्प र अमेरिकी उपराष्ट्रपति जेडी भान्सबीच ह्वाइट हाउसमा भएको चर्को बहसको केही दिनपछि आएको हो ।
सम्बन्धित समाचार
गोदरेज एप्लायन्सेसले ल्यायो उत्सव योजना ‘मनैदेखि वाउ !’
यस्तो छ आजको विदेशी मुद्रा विनिमयदर
यामालले पूरा गरे ५०औँ गोल, हालान्डको रेकर्ड भने कायमै
भारतले राख्याे नेपालका बाढी पीडितलाई उच्च प्राथमिकतामा, थप सहयोग पठाउने
नेपाललाई आपतकालीन सहयोग दिने चीनको निर्णय
डिओमान्डे बने इतिहासकै सबैभन्दा महँगा अफ्रिकी फुटबल खेलाडी
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
वीरगंजमा नयाँ शोरूम संचालनमा ल्याउँदै कजारिया रमेश टायल्सको बजार विस्तार
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
टिकटकको एआई कन्टेन्टमा कडाइ: ८ करोड ६० लाख नक्कली अकाउन्ट हटाइयो, ३ अर्ब भिडियोमा एआई लेबल
कोका–कोलाको ‘भरौँ खुसी’ अभियान, हवाई र बस टिकट जित्ने मौका
