ट्रम्पले मस्कको प्रशंसा गरेपछि तालीले गुन्जियो अमेरिकी संसद
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी संसदको संयुक्त बैठकलाई सम्बोधन गर्दै सरकार दक्षता विभागको नेतृत्व गरिरहेका एलन मस्कको प्रशंसा गरेका छन् ।
सम्बोधनका क्रममा ट्रम्पले मस्कका लागि यो गर्न आवश्यक नरहेको भन्दै अमेरिकी जनताको लागि उनले ठुलो काम गरिरहेको बताएका थिए । उनले मस्कको नेतृत्वमा करदाता डलरको स्पष्ट बर्बादीको अन्त्य गरिरहेको बताउदा उपस्थित सांसदहरु र अन्य अतिथिहरुले मस्कको सम्मानमा बजेको तालीले संसद गुन्जिएको थियो ।
ट्रम्पले मस्कको नाम उल्लेख गर्दा चेम्बरमा उपस्थित मस्कले उभिएर हात हल्लाउदै राष्ट्रपतिलाई सलाम गरेका थिए । ट्रम्पले भने- ‘मस्कलाई यसको आवश्यकता थिएन, धेरै धेरै धन्यवाद, हामी यसको कदर गर्छौं । मस्कको कामको डेमोक्रेटिक पार्टी पक्षले पनि प्रशंसा गर्छ, मलाई विश्वास छ, तिनीहरू त्यो स्वीकार गर्न चाहँदैनन् ।’
सम्बोधनको क्रममा ट्रम्पले मस्क नेतृत्वको दक्षता विभागले विभिन्न देशलाई दिइएको अनावश्यक सहयोगको सूची पढेर समेत सुनाएका थिए ।
ट्रम्पले आफ्नो सम्बोधनको क्रममा लगातार डेमोक्रेटिक पार्टीमाथि आक्रमण गरेका थिए । उनले आफ्नो प्रशासनले विभिन्न क्षेत्रमा कर कटौती गर्ने समेत घोषणा गरेका छन् ।
सम्बन्धित समाचार
गोदरेज एप्लायन्सेसले ल्यायो उत्सव योजना ‘मनैदेखि वाउ !’
यस्तो छ आजको विदेशी मुद्रा विनिमयदर
यामालले पूरा गरे ५०औँ गोल, हालान्डको रेकर्ड भने कायमै
भारतले राख्याे नेपालका बाढी पीडितलाई उच्च प्राथमिकतामा, थप सहयोग पठाउने
नेपाललाई आपतकालीन सहयोग दिने चीनको निर्णय
डिओमान्डे बने इतिहासकै सबैभन्दा महँगा अफ्रिकी फुटबल खेलाडी
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
वीरगंजमा नयाँ शोरूम संचालनमा ल्याउँदै कजारिया रमेश टायल्सको बजार विस्तार
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
टिकटकको एआई कन्टेन्टमा कडाइ: ८ करोड ६० लाख नक्कली अकाउन्ट हटाइयो, ३ अर्ब भिडियोमा एआई लेबल
कोका–कोलाको ‘भरौँ खुसी’ अभियान, हवाई र बस टिकट जित्ने मौका
