दक्षिण कोरियाली लडाकु विमानले गल्तिले ८ बम खसाल्यो, ७ जना घाइते
जानकारी केन्द्र
२०८१, फाल्गुन, २२
काठमाडौँ । दक्षिण कोरियाली वायुसेनाले सैन्य अभ्यासका क्रममा एउटा लडाकु विमानले गल्तिले सर्वसाधारणमाथि आठ बम खसालेको बताएको छ । घटनामा सात जना घाइते भएका छन्, जसमध्ये चार जना गम्भीर घाइते छन्।
दक्षिण कोरियाली वायुसेना केएफ-१६ विमानसँग सम्बन्धित घटना स्थानीय समय अनुसार बिहान उत्तर कोरियाली सीमा नजिकैको पोचियोन शहरमा भएको थियो । गल्तीले खसालिएका आठ बममध्ये एउटा मात्र बम विस्फोट भएको बिबिसीले उल्लेख गरेको छ ।
पोचियानका अधिकारीहरूले बम डिस्पोजल टोलीले अन्य सात बमहरूलाई सुरक्षित रूपमा नष्ट गर्न काम गरिरहेको बताएका छन् । बम खसेको क्षेत्र वरपर बस्ने मानिसहरूलाई सुरक्षित स्थानमा लगिएको बताइएको छ ।
स्थानीय सञ्चारमाध्यमका अनुसार यस घटनामा दुई जनाको घाँटी र काँधमा भाँचिएको छ ।
सम्बन्धित समाचार
डिओमान्डे बने इतिहासकै सबैभन्दा महँगा अफ्रिकी फुटबल खेलाडी
विश्वकप फाइनलमा विवादमा परेका अजेन्टिनाका ३ खेलाडीलाई पिफाको कारबाही
एक लाखको फिल्मले पायो अप्रत्याशित सफलता,कमाइ २ अर्ब नजिक
जापानमा ५ हजार खेलाडीलाई खेल अवधिभर पानीजहाजमै राखिने
फिफा बिजेता स्पेनिस कप्तान रोड्री ६.८४ करोड डलरमा बार्सिलोनामा
चीनले विकास गर्यो धुलोभन्दा सानो चिप्स,पानीमुनी रहेका जहाज (पनडुब्बी) पत्ता लगाउन सक्ने दाबी
ट्रेन्डिङ
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नेपाल बैंकको आकर्षक अटो लोन अफर : नाडा अटो शोमा आधार दरमा ०.४९ प्रतिशत प्रिमियममै कर्जा

