केपी ओलीलाई मोरङमा धक्का, विद्या भण्डारीको जितमा विनोद ढकाल ‘नायक’
काठमाडौं । नेकपा एमाले मोरङको राजनीतिमा तरंग आएको छ। एमाले मोरङमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीनिकट समूहले जित हासिल गरेको छ।
भर्खरै आएको चुनावी परिणाम अनुसार मोरङमा भण्डारीनिकट अजम्बर राई जिल्ला अध्यक्षमा निर्वाचित भएका छन्। राईसहित प्रमुख पदमा भण्डारीनिकटले जित हासिल गरेको छ।
राईले ओलीनिकट राजकुमार ओझालाई ३९ मतले पराजित गरेका छन्। उपाध्यक्षमा भण्डारीनिकट सागर थापा विजयी भएका छन्। सचिवमा भण्डारीनिकट सन्तोष वान्तवा विजयी भएका छन्।
उपसचिव पदमा विराटनगर महानगरपालिकाकी उपमेयरलाई पराजित गर्दै भण्डारीनिकट उषा झा निर्वाचित भएकी छन्। नेकपा एमाले मोरङमा सदियौंदेखि ओलीको बर्चस्व थियो। तर अहिले मोरङको राजनीतिमा ओली समूह पराजित भएको छ।
कुनै बेला ओली समूहमा रहेका मोरङका प्रभावशाली नेता विनोद ढकालले उक्त समूह छोडेसँगै त्यहाँको राजनीतिमा नयाँ परिस्थिति देखिएको छ।
पूर्वराष्ट्रपति भण्डारी पुन: राजनीतिमा आएसँगै मोरङमा ओलीको बर्चस्व धानेका नेता ढकालले ओली समूह त्यागेका थिए।
मोरङको एमाले राजनीतिमा ढकाल जुन दिशामा जान्छन्, त्यसैले मोरङको राजनीति सम्हालेको इतिहास छ। एमालेबाट छुट्टिएर समाजवादीमा गएका महेश रेग्मी एक पटक एमालेको मोरङ अध्यक्ष भएका थिए।
सम्बन्धित समाचार
बिटुमिन र असफाल्टबाट सडक निर्माणमा रोक लगाउने सरकारको निर्णय
अन्तिम मतदाता नामावली सार्वजनिक, देशभर १ करोड ९० लाखभन्दा बढी मतदाता
सर्वदलीय बैठक सुरु, सहभागी नेताहरू को-को ?
नेपालको जलवायु संकटबारे विश्वको ध्यानाकर्षण गराउँछौँ: प्रधानमन्त्री शाह
प्रधानमन्त्रीले गरे मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौता
५० प्रतिशत प्रगति भएका अधुरा आयोजना अब म्याद थप्न पाइने, सरकारले ल्यायो नयाँ व्यवस्था
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
