• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        आइतबार, भदौ २९, २०८२
आइतबार, भदौ २९, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

पूर्वमन्त्री सुमना श्रेष्ठद्वारा रास्वपा परित्याग

सुनको मूल्य तोलामा सात सय रुपैयाँले घट्यो, कतिमा हुँदैछ कारोबार ?

दशैंका लागि अग्रिम टिकट बुकिङ खोल्ने विषयमा आज छलफल

राष्ट्र बैंकले एक अर्ब २० करोड रुपैयाँ मुद्दती निक्षेपमा लगानी गर्ने

यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर,कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

२०८२ साल भदौं २९ गते आइतवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

रवि लामिछाने आजै कारागार फर्किने

२०८२ साल भाद्र २८ गतेदेखि असोज ०३ गतेसम्म कस्तो रहला त तपाईको भाग्य, हेर्नुहोस् राशिफल

काठमाडौं महानगरपालिकाको निर्णय : शिक्षकहरू भोलि विद्यालय हाजिर हुने, पर्सिबाट पटनपाठन सुरु

लोकप्रिय समाचार

  • १. २०८२ साल भदौं २४ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • २. २०८२ साल भदौं २५ गते बुधवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

  • ३. २०८२ साल भदौं २६ गते बिहिबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

  • ४. सेवा सुरु गर्न बैङ्क तथा वित्तीय संस्थालाई राष्ट्र बैङ्कको आग्रह

  • ५. २०८२ साल भदौं २७ गते शुक्रवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

  • ६. २०८२ साल भदौं २८ गते शनिबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

  • ७. सुशीला कार्कीप्रति पूर्ण समर्थन छ : बालेन शाह

  • ८. त्रिभुवन विश्वविद्यालयको पढाइ छठसम्म बन्द

  • ९. स्वास्थ्यमन्त्री पौडेलले पनि दिए राजीनामा

  • १०. २०८२ साल भाद्र २८ गतेदेखि असोज ०३ गतेसम्म कस्तो रहला त तपाईको भाग्य, हेर्नुहोस् राशिफल

च्याम्पियन्स ट्रफीको फाइनल आज भारत र न्युजिल्याण्डबीच भिडन्त

काठमाडौँ । आइसीसी च्याम्पियन्स ट्रफीको फाइनल खेल आज भारत र न्युजिल्याण्डबीच हुदै छ । दुबईस्थित दुबई इन्टरनेसनल क्रिकेट स्टेडियममा हुने यो फाइनल नेपाली समय अनुसार अपराह्न २: ४५ बजेदेखि शुरु हुदै छ ।

सेमिफाइनलमा भारतले अष्ट्रेलियालाई हराएको थियो भने न्यूजिल्याण्डले दक्षिण अफ्रिकालाई हराउँदै फाइनलमा प्रवेश गरेको थियो । २५ वर्षपछि, यी दुई टोली फेरि एक पटक आईसीसीको सीमित ओभर ढाँचाको उपाधि खेलमा आमनेसामने हुदै छन् ।

च्याम्पियन्स ट्रफीमा भारत र न्युजिल्याण्ड समूह ए मा थिए । भारतले समूह चरणको अन्तिम खेलमा न्युजील्याण्डलाई पराजित गरेको थियो र अब आठ दिनको अन्तरालपछि दुवै टोली फेरि एकपटक आमनेसामने हुनेछन् ।

मार्च २ मा, भारत र न्यूजील्याण्ड बीच दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा खेलिएको थियो जसमा भारतले न्यूजील्याण्डलाई २५० रनको लक्ष्य दिएको थियो । यस खेलमा वरुण चक्रवर्तीको नेतृत्वमा रहेका भारतीय स्पिनरहरूको बलियो प्रदर्शनका कारण भारतले जित हासिल गरेको थियो । च्याम्पियन्स ट्रफीको आफ्नो पहिलो खेल खेल्दै, वरुणले पाँच विकेट लिए र न्यूजील्याण्डको ब्याटिंग लाइन ध्वस्त पारेका थिए ।

२५ वर्षपछि उपाधि भिडन्तमा आमनेसामने

भारत र न्युजील्याण्ड दुई पटक आईसीसी प्रतियोगिताको फाइनलमा भिडेका छन् । दुई टोलीले अन्तिम पटक २०२१ मा विश्व टेस्ट च्याम्पियनसिपको फाइनलमा एकअर्कासँग खेलेका थिए । वर्षाका कारण छ दिनसम्म चलेको सो खेलमा न्युजील्याण्डले भारतलाई पराजित गरेको थियो ।

रोचक कुरा के छ भने, यी दुई टोलीले अन्तिम पटक सन् २००० मा आईसीसी नकआउट ट्रफी (अहिले च्याम्पियन्स ट्रफी) मा आईसीसी सीमित ओभरको ढाँचाको फाइनल खेलेका थिए । त्यतिबेला न्युजील्याण्डले भारतलाई चार विकेटले हराएर उपाधि जितेको थियो । त्यो खेलमा, सौरभ गांगुलीको नेतृत्वमा रहेको भारतीय टोलीले गांगुलीको ११७ रन र सचिन तेन्दुलकरको ६९ रनको मद्दतले ५० ओभरमा ६ विकेट गुमाएर २६४ रन बनाएको थियो । जवाफमा, स्टीफन फ्लेमिङको कप्तानीमा रहेको न्युजील्याण्डले लक्ष्य सफलतापूर्वक हासिल गर्यो । न्यूजील्याण्डका लागि सो खेलमा क्रिस केर्न्सले ११३ बलमा अविजित १०२ रन बनाए र भारतबाट जित खोसेका थिए ।

न्युजील्याण्डले लामो समयदेखि आईसीसी उपाधिको प्रतिक्षा गरिरहेको छ । त्यसबेलादेखि, न्युजील्याण्डले अहिलेसम्म आईसीसीको ह्वाइट बल प्रतियोगिता जितेको छैन । न्युजील्याण्ड २०१५ र २०१९ को एकदिवसीय विश्वकपको फाइनलमा पुगेको थियो तर दुवै पटक पराजित भएको थियो । अब, उनीहरूले अर्को फाइनलमा रोहित शर्माको नेतृत्वमा रहेको भारतीय टोलीसँग सामना गर्नेछन्, जुन प्रतियोगितामा अपराजित रहँदै उपाधि खेलमा पुगेको छ ।

भारत आईसीसी प्रतियोगिताको १४औ फाइनल खेल्दै

पछिल्ला केही वर्षहरूमा आईसीसी प्रतियोगिताहरूमा भारतको प्रदर्शन उत्कृष्ट रहेको छ । रोहितको कप्तानीमा रहेको भारतीय टोलीले गत वर्ष टी-२० विश्वकपमा दक्षिण अफ्रिकालाई हराएर उपाधि जितेको थियो, जुन ११ वर्षमा पहिलो पटक आइसीसी उपाधि थियो । अब, आठ महिना पछि, टोली दोस्रो आईसीसी प्रतियोगिताको फाइनलमा पुगेको छ र उपाधिको धेरै नजिक छ । यद्यपि, भारतको लागि न्युजील्याण्डको चुनौती सजिलो हुनेवाला भने छैन ।

२५ वर्षपछि, यी दुई टोली फेरि एक पटक आईसीसीको सीमित ओभर ढाँचाको उपाधि खेलमा आमनेसामने हुनेछन् । रोचक कुरा के छ भने, यी दुई टोलीले अन्तिम पटक सन् २००० मा आईसीसी नकआउट ट्रफी (अहिले च्याम्पियन्स ट्रफी) मा आईसीसी सीमित ओभरको ढाँचाको फाइनल खेलेका थिए । त्यतिबेला न्युजील्याण्डले भारतलाई चार विकेटले हराएर उपाधि जितेको थियो ।

पछिल्ला केही वर्षहरूमा भारतले आईसीसी प्रतियोगिताहरूमा प्रभुत्व जमाएको छ । भारतले उपाधि जित्ने अवसरहरू गुमाइरहेको भए पनि, लगातार नकआउट खेलहरूमा पुग्न सफल भएको छ । अन्तिम पटक च्याम्पियन्स ट्रफी २०१७ मा आयोजना भएको थियो, त्यतिबेला पनि भारत फाइनलमा पुगेको थियो तर उपाधि जित्नबाट चुकेको थियो । त्यसपछि टोली २०१९ एकदिवसीय विश्वकपको सेमिफाइनलमा पुग्यो जहाँ उनीहरू न्यूजील्याण्डसँग पराजित भए र प्रतियोगिताबाट बाहिरिएको थियो ।

भारत २०२१ मा भएको पहिलो विश्व टेस्ट च्याम्पियनसिपको फाइनलमा पनि हारेको थियो। त्यसपछि भारत २०२३ को विश्व टेस्ट च्याम्पियनसिप फाइनल र २०२३ को एकदिवसीय विश्वकप फाइनलमा अष्ट्रेलियासँग पराजित भयो ।

भारतको आईसीसी उपाधि जित्ने खडेरी २०२४ मा रोहितको कप्तानीमा टी-२० विश्वकप जितेपछि समाप्त भयो । भारतले पहिलो पटक १९८३ मा कपिल देवको नेतृत्वमा विश्वकपको उपाधि जितेको थियो, जुन भारतको पहिलो आईसीसी उपाधि थियो । त्यसपछि टोली २००० मा च्याम्पियन्स ट्रफीको फाइनलमा पुगेको थियो तर न्युजिल्याण्डसँग हारेको थियो ।

२००२ मा, यो सोही प्रतियोगितामा श्रीलंकासँग संयुक्त विजेता बन्यो । त्यसको अर्को बर्ष, भारतीय टिम सौरभ गांगुलीको नेतृत्वमा २००३ मा एकदिवसीय विश्वकपको फाइनलमा पुगेको थियो, तर देशको सपना फेरि एक पटक चकनाचुर भयो र टोलीले अष्ट्रेलियाको हातबाट हार बेहोर्नु पर्यो । २००७ मा, महेन्द्र सिंह धोनीको नेतृत्वमा, भारतले पहिलो टी-२० विश्वकपको फाइनलमा पाकिस्तानलाई पराजित गर्‍यो ।

ठीक चार वर्षपछि, धोनीको कप्तानीमा, भारतले मुम्बईको वानखेडे स्टेडियममा खेलिएको २०११ को एकदिवसीय विश्वकपको फाइनलमा श्रीलंकालाई हराएर उपाधि जित्यो । धोनीको नेतृत्वमा भारतले २०१३ मा च्याम्पियन्स ट्रफीमा फेरि इङ्गल्याण्डलाई पराजित गर्‍यो । धोनीको कप्तानीमा यो भारतको तेस्रो आईसीसी उपाधि थियो । यसपछि भारतीय टिम उपाधिको लागि आतुर थियो । २०१४ को टी-२० विश्वकपको फाइनलमा भारत श्रीलंकासँग पराजित भएको थियो । जबकि, २०१७ मा, उनीहरू च्याम्पियन्स ट्रफीको फाइनलमा पाकिस्तानसँग पराजित भएका थिए । भारतले २०२१ र २०२३ को विश्व टेस्ट च्याम्पियनसिप फाइनल हारेको थियो भने टोलीले घरेलु मैदानमा २०२३ को एकदिवसीय विश्वकपको फाइनलमा हार बेहोरेको थियो । यद्यपि, २०२४ मा बार्बाडोसमा भारतको उपाधि खडेरी गत वर्ष समाप्त भयो र भारत अब अर्को आईसीसी उपाधिको आशामा छ ।

च्याम्पियन्स ट्रफी २०२५ को फाइनल अघि भारत सबै ढाँचामा कुल १३ पटक आईसीसी प्रतियोगिताको फाइनलमा पुगेको छ । यसमध्ये भारतले छ पटक उपाधि जित्न सफल भएको छ । भारतले १९८३, २००२, २००७, २०११, २०१३ र २०२४ मा आईसीसी उपाधि जितेको छ । यदि भारतले आइतबार न्युजील्याण्डलाई हराउन सफल भयो भने, यो सातौं आईसीसी उपाधि हुनेछ, जबकि यो रोहितको कप्तानीमा लगातार दोस्रो आईसीसी ट्रफी हुनेछ ।

एकदिवसीय खेलमा हेड टू हेड  

एकदिवसीय खेलमा भारत र न्यूजील्याण्डको हेड टू हेडको कुरा गर्ने हो भने दुवै देश अहिलेसम्म ११९ पटक एकदिवसीय खेलमा आमने सामने भएका छन् । जसमा भारतले ६१ खेल जितेको छ भने न्यूजील्याण्डले ५० खेल जितेको छ । त्यस्तै दुवै देशबीचका ७ खेलको नतिजा आएको छैन भने एक खेल बराबरीमा सकिएको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    आज विराटनगर किङ्सको आयोजनामा भव्य सांगीतिक कार्यक्रम हुँदै
    कर्णाली यशभिसबाट ‘एभरेस्ट महिला भलिबल लिग’ खेल्ने ३ महिला खेलाडी नेपाल आइपुगे
    ग्रिसका महिला भलिबल खेलाडी इभान्जेलिया चान्टाभा नेपालमा, कर्णाली यशभिसबाट खेल्ने

    लोकप्रिय

    २०८२ साल भदौं २४ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    २०८२ साल भदौं २५ गते बुधवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

    २०८२ साल भदौं २६ गते बिहिबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

    सेवा सुरु गर्न बैङ्क तथा वित्तीय संस्थालाई राष्ट्र बैङ्कको आग्रह

    २०८२ साल भदौं २७ गते शुक्रवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

    ताजा

    पूर्वमन्त्री सुमना श्रेष्ठद्वारा रास्वपा परित्याग

    सुनको मूल्य तोलामा सात सय रुपैयाँले घट्यो, कतिमा हुँदैछ कारोबार ?

    दशैंका लागि अग्रिम टिकट बुकिङ खोल्ने विषयमा आज छलफल

    राष्ट्र बैंकले एक अर्ब २० करोड रुपैयाँ मुद्दती निक्षेपमा लगानी गर्ने

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    Recent Posts

    • पूर्वमन्त्री सुमना श्रेष्ठद्वारा रास्वपा परित्याग
    • सुनको मूल्य तोलामा सात सय रुपैयाँले घट्यो, कतिमा हुँदैछ कारोबार ?
    • दशैंका लागि अग्रिम टिकट बुकिङ खोल्ने विषयमा आज छलफल
    • राष्ट्र बैंकले एक अर्ब २० करोड रुपैयाँ मुद्दती निक्षेपमा लगानी गर्ने
    • यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर,कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2025 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.