Jankari Kendra
१० भाद्र २०८३, बुधबार
Worldlink

तीन घन्टादेखि इसेवा अवरुद्ध, ग्राहकलाई सास्ती

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८१, फाल्गुन, २६
तीन घन्टादेखि इसेवा अवरुद्ध, ग्राहकलाई सास्ती

काठमाडौं । तीन घन्टायता इसेवा (वालेट)मा समस्या देखिएको छ।

छिटो, सजिलो र आकस्मिक रूपमा कारोबार गर्न सकिने भनिए पनि इसेवाले आफ्नो सेवा तीन घन्टादेखि अवरुद्ध हुँदासमेत खुलाउन सकेको छैन। इसेवाका हजारौं ग्राहक सेवाविहीन भएर बस्नुपरेको छ। इसेवा अवरूद्ध भएसँगै कारोबार असफल हुँदा पीडित बनेको एक ग्राहकले बताए।

इसेवामा फोन गर्दा वालेट एपमा समस्या आएको, मर्मत भइरहेको जवाफ आइरहेको छ। इसेवा ग्राहक वालेट नचले पनि प्रतिनिधिले वेबसाइटमा गएर आकस्मिक रूपमा कारोबार गर्न सकिने बताउने गरेका छन्। तर, उक्त सेवासमेत अवरूद्ध रहेको छ। नेपालमा इसेवाजस्तै २७ वटा डिजिटल वालेटका एप्स रहेका छन्। यी मध्ये धेरैजसो इसेवाका ग्राहक छन्।

 

Top Changing Nepal

सम्बन्धित समाचार

युट्युब सट्स