आलिया भट्टको कान्स फिल्म फेस्टिभलमा डेभ्यु हुने
काठमाडौँ । बलिवुड अभिनेत्री आलिया भट्टको कान्स फिल्म फेस्टिभलमा डेभ्यु हुने भएको छ । आलिया भट्ट आफैंले कान्समा आफ्नो डेब्यूको पुष्टि गरेकी हुन् । आलियाले लगभग दुई वर्षअघि मेट गालामा डेब्यू गरेकी थिइन् । अब उनी आफ्नो सुन्दर लुकले कान्समा लाइमलाइट चोर्नेछिन् । उनी एक सौन्दर्य ब्रान्डको लागि रातो कार्पेटमा उपस्थित हुनेछिन् ।
बलिउडमा आफ्नो अभिनयबाट लोकप्रियता कमाइसकेकी आलियाले अन्तर्राष्ट्रिय स्तरमा पनि धेरै ख्याति कमाइसकेकी छिन् । मुम्बईमा मिडियासँग कुरा गर्दै आलियाले भनेकी छन्- ‘म यसको लागि उत्सुक छु । हो, म कान्समा डेब्यू गर्दैछु । म धेरै उत्साहित छु ।’
७८औं कान्स फिल्म फेस्टिभल मे १३ देखि मे २४, २०२५ सम्म आयोजना हुनेछ ।
आलियाले हाल यशराज फिल्म्सको अल्फा र संजय लिला भन्सालीको लभ एण्ड वारमा काम गरिरहेकी छन् । उनको अल्फा यसै बर्ष रिलिज हुने छ भने लभ एण्ड वार २०२६ मा रिलिज हुने छ ।
सम्बन्धित समाचार
‘तुना फुकेछ’ सार्वजनिक, ‘निःशब्द’ चलचित्रको गीतले दर्शकको ध्यान तान्दै
जुनु प्रसाईको ‘झगडा पर्यो पोइसित’ सार्वजनिक, प्रकाश सपुतसँगै देखिइन् भिडियोमा
एक लाखको फिल्मले पायो अप्रत्याशित सफलता,कमाइ २ अर्ब नजिक
रेखा थापाको ‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक, भदौ २६ मा प्रदर्शन
‘स्पाइडर म्यान’लाई पछि पार्दै तमिल चलचित्र तीन दिनमै मच्चायो तहल्का
महानायक राजेश हमाल बने प्रेसिडेन्ट, सुपर कमेडी लिगको औपचारिक घोषणा
ट्रेन्डिङ
२०८३ असोज ८ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु
एजेन्सी दर्तासम्बन्धी नियम व्यवसायमैत्री बनाउन नाइमाको आग्रह
२०८३ असोज ११ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

