• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
१७ असार २०८३, बुधबार
१७ असार २०८३, बुधबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

नेपालमा ल्यान्ड क्रुजरको दबदबा : अफ-रोड क्षमता, विश्सनीयता र प्रतिष्ठाको बलियो पहिचान
  • ६ घण्टा 

मेटाले बनायो नबोले पनि मष्तिष्कमा खेलिरहेको बुझ्ने मेसिन्
  • ७ घण्टा 

नेपाली उपभोक्तालाई लक्षित एलजीको ‘इसेनसियल सिरिज’ सार्वजनिक, घरपरिवारका आवश्यकताअनुसार नयाँ घरेलु उपकरण
  • ९ घण्टा 

चट्याङ लागेर १२ वर्षीया बालिकाको मृत्यु, एक महिला घाइते
  • १० घण्टा 

जुनमा ९१ हजारभन्दा बढी विदेशी पर्यटक नेपाल आए
  • १० घण्टा 

फ्लप तेलुगु चलचित्रले रच्यो इतिहास, युट्युवमा १ अर्ब भ्युज पाउने बन्यो विश्वको पहिलो चलचित्र
  • १२ घण्टा 

एप्पलले पहिलो पटक फोल्डेबल आईफोन बजारमा ल्याउँदै
  • १३ घण्टा 

मौलापुरमा तत्काल विजुली, पानीको भुक्तानी गर्न सरकारको नाममा सर्वोच्च अदालतको अन्तरिम आदेश
  • १४ घण्टा 

एकैदिन प्रतितोला ६ हजार २ सय रुपैयाँले उकालो लाग्यो सुनको मुल्य, चाँदीमा पनि उच्च वृद्धि
  • १४ घण्टा 

लोकप्रिय समाचार

  • १. सांग्रिला डेभलपमेन्ट बैंकको १५ हजार बढी संस्थापक सेयर बिक्रीमा

  • २. नेपाली उपभोक्तालाई लक्षित एलजीको ‘इसेनसियल सिरिज’ सार्वजनिक, घरपरिवारका आवश्यकताअनुसार नयाँ घरेलु उपकरण

  • ३. एल निनोको प्रभाव र बढ्दो तापक्रमको सामना गर्न सिजी ब्रान्डका उच्च कार्यक्षमताका एयर कुलरहरू बजारमा उपलब्ध

  • ४. आज यी स्थानमा भारी वर्षाको सम्भावना

  • ५. यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

  • ६. इन्धन सस्तिएसँगै सार्वजनिक यातायातको भाडा घटाउने तयारी

  • ७. २०८३ असार १२ गते शुक्रबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ८. धनगढीबाट काठमाडौं आउँदै गरेको बस दुर्घटना हुँदा २२ जना घाइते

  • ९. मेटाले बनायो नबोले पनि मष्तिष्कमा खेलिरहेको बुझ्ने मेसिन्

  • १०. महाराजगञ्जमा दिपलको नयाँ शोरुम उद्घाटन, काठमाडौंमा बजार उपस्थिति थप मजबुत

५ लाख शरणार्थीलाई अमेरिकाबाट निष्कासन गरिने, ट्रम्प प्रशासनले अप्रिल २४ सम्म दियो म्याद

जानकारी केन्द्र २०८१, चैत्र, ९

वासिंगटन डिसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सत्तामा आएदेखि नै आफ्नो देशबाट बाहिरी देशका मानिसलाई निष्कासन गर्ने अभियानमा तिब्र रूपमा जुटेका छन् । अमेरिकामा गैरकानुनी रुपमा बस्ने मानिसहरु विरुद्ध अभियान सुरु गरिसकेका उनले फेरी नयाँ कदम चालेका छन् ।

यस्तो अवस्थामा ट्रम्पले भारत र नेपाललगायत विश्वका सबै देशका हजारौं मानिसलाई पक्राउ गरी आफ्नो देशमा फिर्ता पठाइसकेका छन् । उनको सरकारले ‘अमेरिकालाई फेरि महान् बनाउने’ रणनीतिका लागि यी सबै कार्यहरू आवश्यक रहेको बताउँदै आएको छ। उनी भन्छन्, ‘बाहिरी देशका मानिसले अमेरिकीहरूको अधिकार खोसेको छ, जसका कारण अमेरिकामा अमेरिकीका लागि रोजगारीको अवसर घटेको छ ।’

यसैबिच,  पछिल्लो निर्णयमा अमेरिकाको होमल्याण्ड सेक्युरिटी विभागले क्युबा, हाइटी, निकारागुआ र भेनेजुएलाका लाखौं मानिसबाट कानुनी सुरक्षा खोस्ने बताएको छ। यसबाट करिब ५ लाख ३२ हजार मानिस प्रभावित हुने र एक महिनामा देश छाड्नु पर्ने हुन पनि सक्छ । यो निर्णय अक्टोबर २०२२ पछि अमेरिका आएकाहरूको हकमा लागू हुनेछ।

यी मानिसहरू आर्थिक सहयोगीहरू लिएर आएका थिए र उनीहरूलाई दुई वर्षसम्म अमेरिकामा बस्न र काम गर्न अनुमतिसमेत दिइएको थियो। होमल्यान्ड सेक्युरिटी सेक्रेटरी क्रिस्टी नोएमले भने, ‘अब यी व्यक्तिहरूको कानूनी स्थिति अप्रिल २४ मा समाप्त हुनेछ वा संघीय दर्तामा यो सूचना प्रकाशित भएको ३० दिन पछि उनीहरूले अमेरिका छोड्नु पर्नेछ।’

यो नयाँ नीतिले ती मानिसहरूलाई असर गर्नेछ, जो पहिले नै अमेरिकामा छन् र मानवीय प्यारोल कार्यक्रम अन्तर्गत आएका छन्। यो कार्यक्रमलाई ट्रम्प प्रशासनले पहिले नै अन्त्य गरेको थियो किनभने तिनीहरू विश्वास गर्छन् कि यसको ‘ब्यापक दुरुपयोग’ भइरहेको छ।

यो कानुनी विधिले लामो समयदेखि युद्ध वा राजनीतिक अस्थिरता भएका देशहरूलाई अस्थायी रूपमा संयुक्त राज्य अमेरिकामा बस्न अनुमति दिने गरेको थियो । राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो चुनावी अभियानमा गैरकानूनी रूपमा अमेरिकामा रहेका लाखौं मानिसलाई देश निकाला गर्ने वाचा गरे अनुसार उनी यतिखेर धमाधम काम गरिरहेका छन् । राष्ट्रपति बने पछि उनले आप्रवासीका लागि कानुनी बाटो पनि बन्द गर्न थालेका छन् ।

यो नयाँ आदेश पछि भने यस अघिका कार्यक्रमका लाभार्थीहरू उनीहरूको प्यारोल अवधिको लागि अमेरिकामा रहन सक्ने छन्। तर प्रशासनले उनीहरूको शरण, भिसा वा अन्य अनुरोधहरू प्रशोधन गर्न रोकेको थियो, यद्दपी उनीहरूलाई लामो समयसम्म बस्न अनुमति दिन्छ।

तर, यो निर्णयलाई संघीय अदालतमा चुनौती दिइसकेको छ। केही अमेरिकी नागरिक र आप्रवासी समूहले ट्रम्प प्रशासनविरुद्ध मुद्दा दायर गरेका छन् । र, उनीहरुले मानवीय पेरोल सुचारु गर्न माग गरिरहेका छन् । खासमा, बाइडेन प्रशासनले यी चार देशका ३० हजार मानिसलाई २ वर्षसम्म प्रत्येक महिना अमेरिका आउन अनुमति दिँदै काम गर्ने अधिकार दिएको थियो ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
अमेरिकालाई पछि पार्दै चीनले बनाएको सुपरकम्प्युटर बन्यो नम्बर वान
करोडौं खर्च गरेर पोखरीमा अमेरिका झन्डा देखाउने ट्रम्पको सपना असफल
सिंगो युरोप इतिहासकै सबैभन्दा गर्मीको चपेटामा, फ्रान्समा गर्मीले १८ को मृत्यु

ताजा

नेपालमा ल्यान्ड क्रुजरको दबदबा : अफ-रोड क्षमता, विश्सनीयता र प्रतिष्ठाको बलियो पहिचान

मेटाले बनायो नबोले पनि मष्तिष्कमा खेलिरहेको बुझ्ने मेसिन्

नेपाली उपभोक्तालाई लक्षित एलजीको ‘इसेनसियल सिरिज’ सार्वजनिक, घरपरिवारका आवश्यकताअनुसार नयाँ घरेलु उपकरण

चट्याङ लागेर १२ वर्षीया बालिकाको मृत्यु, एक महिला घाइते

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.