Jankari Kendra
१८ श्रावण २०८३, सोमबार
Worldlink

इटाली क्वार्टरफाइनलबाटै बाहिरियो

जानकारी केन्द्र Logo
जानकारी केन्द्र
२०८१, चैत्र, १०
इटाली क्वार्टरफाइनलबाटै बाहिरियो

काठमाडौं । इटाली युरोपियन नेसन्स लिगको क्वार्टरफाइनलबाट बाहिरिएको छ । दोस्रो लेगमा जर्मनीसँग ३–३ को बराबरी खेलेपनि इटाली बाहिरिनु परेको हो ।

पहिलो लेगमै टोली जर्मनीसँग घरेलु मैदानमा २–१ ले पराजित भएको थियो । आइतबार भएको खेलपछि समग्रमा इटाली ५–४ ले पछि परेको थियो ।

जर्मनीको सिंगल इदुना पार्कमा ६५ हजार समर्थकमाझ घरेलु टिमले पहिलो हाफमै  ३–० को अग्रता लिएको थियो । जर्मनीको लागि जोसुआ किमिच, जमल मुसियला र टिम क्लेइन्डेन्सटले गोल गरेका हुन् ।

दोस्रो हाफमा इटालीले तीनै गोल फर्काएको थियो ।  मोइस केनले दुई गोल गरे । जिआकोमो रासपाडोरीले इन्जुरी समयमा एक गोल फर्काए पनि टोली सेमिफाइनल पुग्न असफल भएको थियो ।

Top Changing Nepal

युट्युब सट्स